भारत महिलाका लागि असुरक्षित

शोधका अनुसार महिलाहरुका लागि सबैभन्दा असुरक्षित मानिने देशमा भारत चौथो नम्बरमा देखिएको छ। पहिलो नम्बरमा भने अफगानिस्तान रहेको छ।
टामसन-रायटर्स ट्रष्ट ल फाउण्डेशनको तर्फबाट गरिएको यो शोधका अनुसार अफगानिस्तान महिलाहरुका लागि सबैभन्दा खतरनाक स्थान हो, अफगानिस्तानपछि कङ्गो गणराज्य, पाकिस्तान, भारत र त्यसपछि सोमालियाको नम्बर छ। पाँचमध्ये तीन देश दक्षिण एसियामै रहेका छन् ।
शोध गर्ने संस्था महिला अधिकार र उनीहरुलाई कानुनी सहयोग उपलव्ध गराउने काम गर्दछ ।
फाउण्डेशनले पाँच महादेशका २१३ विशेषज्ञसँग स्वास्थ्य, यौन हिंसा, गैर यौन हिंसा, संस्कृतिसँग सम्बन्धित घातक प्रचलन, धर्म, मानव तस्करी र आर्थिक संशाधनको कमीको आधारमा सम्बन्धित देशमा महिलाहरुको अवस्था श्रेणीवद्ध गर्न लगाएको थियो ।
सर्भेका अनुसार ‘भारतलाई चौथो स्थानमा राख्नुको मुख्य कारण महिला भ्रुण हत्या, बालिका हत्या र मानव तस्करी हो । दिल्लीस्थित बीबीसी सम्वाददाताका अनुसार यो विषयमा धेरैले प्रश्न उठाएका छन् । सर्भेमा साउदी अरब, इरानजस्ता मुलुकको कुनै उल्लेख गरिएको छैन । त्यसकारण पनि शोधमाथि प्रश्न उठाइएको छ।
अफगानिस्तानमा जारी हिंसा, खराब स्वास्थ्य सेवा र धर्मसंग सम्बन्धित पारम्पारिक प्रथाका कारण महिलाका लागि सबैभन्दा खतरनाक मानिएको छ। पाकिस्तानलाई यो सूचीमा दाइजोसंग सम्बन्धित हत्या, इज्जतको नाममा हुने हत्या र कम उमेरमा जबरजस्ती विवाह गराउने गरेका कारण यो सूचीमा राखिएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out