मौलाउँदै यौन व्यवसाय

हरेक वर्ष पाँच सय यौनकर्मी बढ्ने गरेको पाइएको छ ।
उपत्यकामा मात्र आठ हजार यौनकर्मी सक्रिय छन् । यस क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी निकायहरूका अनुसार देशभर यो संख्या तीस हजारभन्दा बढी छ ।

यौनकर्मीहरूमा चेतना जगाउने उद्देश्यले स्थापित कम्युनिटी एक्सन सेन्टर (सिएसी नेपाल) ले सार्वजनिक गरेको तथ्यांकमा काठमाडौंमा पाँच हजार ५५ यौनकर्मी रहेको पाइएको हो । ती यौनकर्मीका आठ हजार तीन सय ८९ नियमित ग्राहक रहेका छन् । यस्तै भक्तपुरमा एक हजार ७९ यौनकर्मी र तिनका ग्राहकहरू एक हजार नौ सय ४४ रहेका छन् । हरेक वर्ष पाँच सय यौनकर्मी बढ्ने गरेको पाइएको छ ।
एक यौनकर्मीबराबर २० जना ग्राहक सम्पर्कमा आउने गरेको अनुमानका आधारमा ग्राहकको संख्या निर्धारण गरिएको हो । सिएसी नेपालका क्लिनिकहरूमा नियमित आउने गरेका र सिएसीका फिल्ड मोबिलाइजरसँग गरिएको सम्पर्कका आधारमा सक्रिय यौनकर्मीको संख्या अनुमान गरिएको सो संस्थाले जनाएको छ ।

राष्ट्रिय यौन रोग तथा एड्स नियन्त्रण केन्द्रले अक्टुबर २०१० मा सार्वजनिक गरेको रिपोर्टमा हालसम्म आठ सय ८१ यौनकर्मीलाई एड्स लागेको र तीमध्ये आठ सय ७४ महिला र सातजना पुरुषसमेत रहेको दाबी गरिएको छ । पतिबाट हेपिएका, युद्धबाट विस्थापित भई काठमाडौंमा आई शरणार्थीझैँ जीवन बिताएका, गरिबीले थलिएका, बालबच्चा पढाउन नसकी समस्यामा परेका महिला यस क्षेत्रमा बाध्य भएर संलग्न हुने गरको पनि सिएसी नेपालले जनाएको छ । यौन क्षेत्रमा लाग्नेहरू १६ वर्षदेखि ६० वर्षसम्मका पाइएको छ । यस्ता यौनकर्मीलाई सिएसीले निःशुल्क कन्डम वितरण, रक्तपरीक्षण र निःशुल्क औषधि प्रदान गर्ने गरेको छ ।

यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरूको अनुमानमा यौन क्षेत्रमा लागेका महिलामध्ये ८० देखि ९० प्रतिशत महिलामा यौनरोग लागेको हुन्छ । कन्डम प्रयोग गर्दा एड्स सर्ने सम्भावना नभए पनि यौनांगमा रहने गरेका मुसा र जनैखटिराजस्ता यौनरोग भने कन्डम प्रयोगबाट पनि सर्ने सम्भावना रहन्छ । 'हामीले यौनकर्मीलाई सुरक्षित यौनसम्पर्कका लागि प्रोत्साहित गर्ने गरेका छौँ । यसका लागि हामीले विभिन्न किसिमका चेतनाका कार्यक्रम सुरु गरेका छौँ,' सिएसी नेपालकी कार्यकारी निर्देशक तुलसालता अमात्य भन्छिन्, 'यौनकर्मी महिला दिदी-बहिनीको बाध्यता पनि बुभ\mनुपर्छ । उनीहरूलाई घृणा गरेर, दुःख दिएर यो समस्याको समाधान हुँदैन । उनीहरूलाई वैकल्पिक आयआर्जनको काम दिन सक्यौँ भने उनीहरू यो पेसा छोड्न तयार हुन्छन् ।'

यौनकर्मीलाई चेतना नजगाई यस क्षेत्रलाई वैधता दिन नहुने तर्क पनि अमात्य गर्छिन् । 'म यो क्षेत्रलाई वैधता दिनुभन्दा पनि यस क्षेत्रमा संलग्न यौनकर्मीलाई जागरुक बनाउनुपर्छ भन्ने पक्षमा छु,' अमात्य भन्छिन् । उता, यौनकर्मीहरू भने आफूहरू राज्यबाटै हपिएको बताउँछन् । आप\mना कुराहरू कसैले नसुन्ने र सबैले घृणा गर्ने गरेको गुनासो उनीहरूको छ । 'हामीसँग सम्पर्क गर्दा उनीहरूले हामीलाई रानी ठान्छन्, तर बाहिर गएर भने घृणा गर्छन् । के हामी मान्छे होइनौँ ?' सिएसीको सम्पर्कमा आएकी एक यौनकर्मी यसरी दुखेसो पोख्छिन् ।

छोराछोरी पाल्न ग्राहक नखोजी हुँदैन

रिमा नेपाली (नाम परिवर्तन) सिन्धुपाल्चोक

श्रीमान्ले सौता ल्याएपछि यो पेसामा लाग्नु मेरो बाध्यता भयो । गाउँमा बस्न सकिनँ । गाउँकै एकजना दाजुसँग म काठमाडांै आएँ । ती दाजुले नै सुरुमा मेरो सतित्व लुटे । त्यसपछि उनले मलाई एउटा गलैँचा कारखानामा काम गर्न राखिदिए । त्यहाँको मालिकले ममाथि शोषण गर्न थाल्यो । साथीहरूसँगको संगतमा लागेँ । साथीहरू पनि त्यस्तै रहेछन् ।

पहिलोपटक म सय रुपैयाँमा बिक्री भएँ । त्यो रुपैयाँ पनि मेरो लागि धेरै थियो । मेरा दुईजना छोराछोरी छन् । ती छोराछोरीलाई पाल्न पनि म यो क्षेत्रमा नलागी हुँदैन । मलाई थाहा छ, मैले गरेको काम राम्रो होइन, तर छोराछोरीलाई पाल्न मैले ग्राहक नखोजी हुँदैन ।

म एड्सदेखि सचेत छु । तीन-तीन महिना रगत चेक गराउँछु र कन्डमविना मरिकाटे पनि सम्पर्क गर्दिनँ । अब त मेरो उमेर पनि बित्न थालिसक्यो । ४० नाघिसकेँ । अब कति समयसम्म यो काम गर्ने ? एकजना ग्राहकसँग पाँच सय रुपैयाँसम्म लिने गरेकी छु । म आफैँ ग्राहक त खोज्दिनँ । होटेलवालाहरूले ग्राहकसँग सम्पर्क गरेर बोलाएपछि जाने गर्छु । मैले गरेको यो कामबारे मेरा साथी, परिवार र श्रीमान्ले थाहा पाउँछन् कि भनेर सधैँ डर लाग्छ ।



अब हामी पनि संगठित हुनुपर्छ

मन्दिरा शर्मा (नाम परिवर्तन) नुवाकोट

प्रहरीले बर्दीमै हामीलाई शोषण गर्छन् । तर, तिनै प्रहरीले वेश्यावृत्ति भयो भनेर हामीलाई पक्राउ गर्छन् । हाम्रो अधिकार खोई ? के हामी मान्छे हाइनौँ ? प्रहरीले बर्दीमै एकजना साथीलाई शोषण गरिरहेको दृश्य मैले मेरो मोबाइलमा खिचेर राखेकी छु ।

हामी आफ्नै इच्छाले बिक्री हुँदा अपराध गरेको ठहर हुने, तर प्रहरीले जबर्जस्ती हामीलाई गर्दा केही नहुने ? हामीले कसैको केही बिगारेका छैनौँ । कसैको श्रीमान् खोसेका छैनौँ र कसैको घरबार बिगारेका पनि छैनौँ । कसैले हामीलाई प्रयोग गरेर पनि पैसा दिँदैन । त्यो पनि सहन्छौँ । रत्नपार्कमा एकजना महिला यौनकर्मीलाई त्यहाँका स्थानीय बासिन्दाले नांगै बनाएर कुटपिट गरे । त्यस्तो अत्याचार पनि हामीले सहनुपर्छ ।

त्यसकारण यौनकर्मी महिलाहरू अब संगठित हुनुपर्छ र आप\mनो अधिकार खोज्नुपर्छ भन्ने हामीलाई लागेको छ । सरकारी अधिकृतहरू हाम्रा ग्राहक हुन्छन्, तर उनीहरू बाहिर गएर आफैँ विकृत भयो पनि भन्छन् । यस्तो दोहोरो चरित्र देखाउँदा मलाई घृणा लाग्छ ।



बिए पास गरिसकेकी छु

सिर्जना मगर (नाम परिवर्तन) बुटवल

हुन त म क्याम्पसमा पढ्छु । बिए पास गरिसकेकी छु । यस्तो काम गर्नुहुँदैन भन्ने थाहा छ । तैपनि पैसाका लागि यस्तो गर्नुपर्छ । अरूले झैँ पैसा पाउनेबित्तिकै आफूलाई सुम्पन्न । केटा मन पर्‍यो भने र पैसामा पनि चित्त बुभ\mयो मात्र भने उसले भनेको गर्छु । मलाई यस्तो गर्न सिकाउने एकजना केटा साथी हो । त्यसलाई म कहिल्यै बिर्सन्नँ । उसले मलाई धोका दियो । अहिले त मैले गरेको फोनसमेत उठाउँदैन । मलाई बिहे गर्छु भनेर जे पनि गर्‍यो, तर बिहे गरेन ।

त्यो केटासाथीको संगतले यस्तो बानी पर्‍यो । पछि यस्तै-यस्तै काममा लाग्न थालेँ । कहिलेकाहीँ त रातभर रुन्छु । मेरा बुबाआमाले थाहा पाए भने के गर्लान् भनेर निकै डर लाग्ने गर्छ । केटाहरूले मलाई देख्नेबित्तिकै कति राम्री भन्छन्, मरिहत्ते पनि गर्छन् । तर, उनीहरूको चाहना भने उही हो । बिहेको कुरा गर्ने हो भने भाग्न खोज्छन् ।

अब कसले गर्छ होला मलाई बिहे ? यदि बिहे गरे पनि म यस्तो केटी हुँ भन्ने थाहा पाएपछि उसले मलाई छोड्छ होला । तर, मेरो चाहना भने बिहे गरी घरजम गर्ने र यो पेसा छोड्ने हो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out