अनलाइन सामग्रीमा निगरानी गरिने

तपाईले आफ्नो मोबाइल तथा अनलाइनबाट जथाभावी कुनै पनि सामग्री (कन्टेन्ट) पठाउने तथा प्रसारण गर्नेगर्नु भएको छ ? यदि यस्तो हो भने तपाईले आफ्नो यो बानीलाई हटाउँदै गर्नु होला । मोबाइल तथा अनलाइनमार्फत जथाभावी सामग्री पठाउने क्रम बढिरहेको अवस्थामा सरकारले यसलाई सकेसम्म छिटो व्यवस्थित गर्न लागेको छ ।
नियामक निकाय दूरसञ्चार प्राधिकरणले परामर्शपत्र तयार गरी जथाभावी प्रयोग नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बारेमा सुझाव संकलन सुरु गरेको छ । प्राधिकरणको गत साता बसेको बोर्ड बैठकले मोबाइल तथा अनलाइनको विषयवस्तुको व्यवस्थापन गर्ने काम सुरु गर्ने निर्णय गरेको छ । 'मोबाइल तथा अनलाइनका विषयवस्तुलाई व्यवस्थित गर्न हामीले यो काम सुरु गर्न लागेका हौं,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने, 'विस्तृत अध्ययनपछि यसलाई कार्यविधिका रूपमा ल्याउने योजना छ ।'

मोबाइलबाट कस्ता कुरा पठाउन नपाइने र अनलाइनमा कस्ता सामग्री राख्न नपाउने जस्ता कुराको व्यवस्था कतै छैन । यस्तै अनलाइनबाट सामग्रीहरू कसरी उपलब्ध गराउनुपर्छ भन्ने व्यवस्था समेत कार्यविधिमा गरिने छ । यसले जथाभावी रूपमा यसको प्रयोग हुने गरेको अनलाइन र मोबाइलको विषयवस्तु नियन्त्रण गर्न सकिन्छ ।

मोबाइलका सामग्रीअन्तर्गत फोनमा प्रयोग हुने र देखिने जुनसुकै प्रकारका सामग्री पर्छन् । जस्तै रिङटोन, ग्राफिक्स, छुटको अफर, खेल, फिल्मलगायत विषय पर्छन् । अनलाइन सामग्रीअन्तर्गत श्रव्य, दृश्य, तस्बिर, एनिमेसन लगायत सामग्री पर्छन् । मोबाइल र अनलाइनको प्रयोग लगातार बढिरहेको अवस्थामा प्राधिकरणले यसलाई व्यवस्थित गर्न लागेका

हो । 'कस्ता विषयवस्तुलाई मोबाइल तथा अनलाइनमार्फत प्रसार तथा पठाउन पाइन्छ भन्ने निर्धारण गर्नु हाम्रो उद्देश्य हो,' उनले भने ।

उनले अनलाइनमा अश्लीलका साथै प्रयोगकर्तालाई फाइदा नपुग्ने सामग्रीहरू राख्ने प्रवृत्ति बढिरहेको छ । तर कस्ता विषयवस्तु राख्न पाइन्छ भन्नेमा कहीँ उल्लेख नभएको उनले बताए । 'अनलाइनमा प्रसारण हुने फोटा वा सामग्रीमा कतिसम्मलाई श्लील भन्ने पनि निक्र्योल गरिने छ,' उनले भने ।

मोबाइलबाट कस्ता सामग्री पठाउन पाइने, अनलाइनबाट गीत तथा भिडियो बिक्री वितरण गर्दा केके गर्नुपर्ने भन्ने व्यवस्था पनि प्राधिकरणले गर्ने उनले बताए । 'सुझाव संकलनपछि सरोकारवालासँग छलफल गरेर विस्तृत कुरा समेटिने छ,' उनले भने । अनलाइनबाट प्रतिलिपि अधिकार नलिई भिडियो तथा गीतहरू बिक्री वितरण गर्नेको संख्या पनि उच्च छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out