फेसन फ्युजन

काठमाडौ, जेष्ठ २९ - 'फेसन सोमा धैर्यसाथ बस्नै सक्दिनँ,' सोल्टी क्राउन प्लाजामा नायिका रेखा थापाले भनिन्, 'यो साँझ भने निकै रमाइलो लागिरहेको छ ।' फिल्मको रंगीन दुनियाँमा पस्नुअघि कुनै बेला मोडल बनेर र्‍याम्प उत्रेकी रेखा बिहीबार साँझ एउटा फेसन सोको उद्घाटन गर्दै थिइन् । गुलाबी सेप दिइएको लामो र सेतो पहिरन लाएर नायिका र्‍याम्पमा उत्रेपछि सुरु भएको 'लिड अफ फ्युजन' नामक सो डिजाइनर विश्व गौतमको एकल प्रस्तुति थियो । रेखाले सोको प्रशंसा गर्नुमा चाहिँ प्रस्तुतिमा पस्किएको विविधता थियो । 'निकै क्रिएटिभ लाग्यो,' नायिकाले छोटो टिप्पणी गरिन्, 'सबै प्रस्तुति
राम्रा छन् ।'
साँझ ७ बजे सुरु सोमा विभिन्न सात चरण गरी २५ मोडलले गौतमको डिजाइनलाई प्रस्तुत गरेका थिए । डिजाइन कलेक्सनको प्रस्तुति रहेको सोको पहिलो राउन्ड थियो- साडी ।
नेपाली समाजमा साडी खासै नयाँ फेसन हैन, तर विश्वले पहेंलो, नीलो, पिंक, कलेजीलगायतको साडीमा रूख, पात र विभिन्न फूलमा बुट्टा समेटेर उतारिएको प्रस्तुतिले राम्रै ताली पायो । साडीहरू शरीरमै टाँसिएझैं थिए । प्रशंसकले उनको साडी राउन्डलाई 'क्रिएटिभ र एक्ट्रा सेक्सी लुक्स' को संज्ञा दिए ।
'भेरियसन अफ सिल्हुट्स' राउन्ड दुई चरणमा विभाजित थियो । ट्राउजर, टप्स, टयांक टप्सलगायत वान पिस लाएर र्‍याम्प उत्रेकी मोडलहरू पहिलो चरणमा पहिरनसँगै कपालको विभिन्न स्टाइलमा देखिएका थिए भने दोस्रो चरण सोही परिहनमा विभिन्न शैलीका हयाटसहित देखिए । डिजाइनर विश्वले यसमा डल कलरका ३० वटा पहिरनमा खेलेका थिए । तेस्रो राउन्ड 'गाउन पार्टी वेयर' मा नेट, साटन, सिफन र भिस्कसको वान पिस प्रस्तुति थियो । घुँडासम्म र कुर्कुच्चासम्म आउने वान पिसले पनि दर्शकको मन तान्यो ।
चौथो प्रस्तुति 'कलर क्रेज' मा भने डलदेखि चहकिलो कलरसम्म प्रयोग गरिएको थियो । टप्स, स्कर्ट टयाक टप्सजस्ता वान पिस पहिरन पस्किएको दुई चरणको यो प्रस्तुति केही स्टाइलिस लाग्थ्यो, फंकी स्टाइललाई धेरैले मन पराए । दोस्रो चरणमा हेड गियरसहित मोडलहरू देखिएका थिए । पाँचांै प्रस्तुति 'जर्नी अफ फेसन' केही रोचक थियो । फेसनको इतिहासदेखि अहिलेसम्मको विकास क्रमलाई उतारिएको यो राउन्डमा मोडलहरूले पातैपातको ढुंगेयुगीन पहिरनदेखि कटन फाइबर, धागोको मात्रै डे्रस, कफ्तान -ठूलो, खुकुलो र काखीसम्म फराकिलो), हेभी फ्लेयर, सन् साठी दशकको वेली वटन र सर्ट हुँदै घुँडा र तिघ्रासम्म आउने टु-पिससम्म पस्किएको थियो ।  
यसपछिको जम्प राउन्डमा क्याजुयल लुक्समा बेली बटम, अलादिन र अफगानी शैलीको पहिरनलाई स्थान दिइयो । अन्तिमको क्रिएटिभ राउन्डले पनि सुरुको साडी राउन्डले जस्तै प्रशंसा कमायो । मोडलहरू पहिरनमार्फत मुलुकको समसामयिक समस्याप्रति व्यंग्य गर्दै र्‍याम्ममा उत्रेका थिए । लोडसेडिङको समस्या झल्किने गरी कोही ठूलो बल्व सेपको परिहनमा थिए, कोही सिएफएल चिमजस्तै बेरिएको परिहनमा । जम्मा सातवटा पहिरन रहेको यो राउन्डमा लोटस सेपको ड्रेसमार्फत वातावरण संरक्षणको सन्देशसमेत दिन खोजिएझैं लाग्थ्यो ।
राति दस बजे बिट मारिएको सोको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए भने नायिका निशा अधिकारीले सञ्चालन गरेकी थिइन् । मोडल सिंगारेकी थिइन् पर्ल ब्युटिपार्लरकी ब्युटिसियन लक्ष्मी श्रेष्ठले । नमुना कलेज अफ फेसन टेक्नोलोजीबाट फेसन डिजाइनिङमा स्नातक विश्वले पहिलोपटक एकल प्रस्तुति दिएका हुन्, सोमा उनले पुराना र नयाँपनको पmयुजन गराएका थिए ।
मध्ययुरोप र अमेरिकी बजारमा उनको डिजाइन मन पराइने कार्यक्रममा दाबी गरिएको थियो ।
फेसन सोका धेरै पारखीले 'मोडलहरूको अनुहारमा चमक आएन,' भन्दै उनको कार्यक्रमको आलोचना गरेका थिए । 'नियतवश नै यस्तो गरिएको हो,' उनले प्रस्टीकरण दिए, 'मोडलहरुले अनुहारमा चमक ल्याउँदा पहिरनको डिजाइनिङ ओझेलमा पर्छ नि ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out