अवैध यौन कार्यमा संलग्न रहेको अरोपमा आठ जोडी पक्राउ

मोरङ। नगरमा हुँदै आएको यौन विकृतिलाई नियन्त्रण गर्न मोरङ प्रहरीले विराटनगर उपमहानगरपालिकाभित्रका शङ्कास्पद होटल, रेष्टुरेन्ट र लजहरुमा छापा मारी अवैध यौन कार्यमा संलग्न रहेको अरोपमा आठ जोडीलाई पक्राउ गरेको छ ।
मोरङमा यसैहप्ता सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी)  प्रद्युम्न कार्कीको निर्देशनमा तीनजना प्रहरी अधिकृतहरुको टोलीले एकैचोटि अलगअलग स्थानमा रहेका होटल, लज, रेष्टुरेन्ट र गेस्टहाउसहरुमा छापा मारेर ती जोडीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।
पक्राउ गरिएका जोडीमध्ये दुई जोडीलाई छाडिएको र बाँकीलाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
नगरमा लामो समयदेखि देह व्यापार हुने गरेको गुनासो रहिआएपनि प्रहरीले नियन्त्रण गर्न खासै चासो देखाएको थिएन । यहाँ प्रहरीको मिलेमतोमा होटल, लज र रेष्टुरेन्टहरुमा यौनधन्दा हुने गरेको गुनासो बढ्दो छ ।
तर नयाँ आएका एसपी कार्कीले नगरलाई सबैखाले अपराधबाट मुक्त बनाउन पहिलो अभियान स्वरुप यो कदम थालेका हुन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out