आफ्नै बर्थ डे पार्टीबाट भागिन् युवती

जीवनमा सानोतिनो गल्ती त भइहाल्छ । कतिले यसलाई मनन गरी भावि दिनमा सुधार्छन् भने कोहि तुच्छ कुरा भन्दै वेवास्ता गर्छन । कहिलेकाही यहि सानो भूल ठूलो दुर्घटना निम्त्याउने कारण बन्न पुग्दछ । यस्तै भएको छ जर्मनीकी एक १६ वर्षे युवतीलाई । आफ्नो जन्म दिन धुमधामसाग मनाउने योजना बनाएकी थेसाले विश्वभर चर्चित सामाजिक सञ्जाल फेसबुकद्वारा साथीहरुलाई निमन्त्रणा पठाउने सोच बनाइन् । उनले फेसबुकमार्फत निमन्त्रणा त दिइन्, तर त्यसमा ‘प्राइभेट’ लेख्न भुलिन् । अब भएन बर्बाद ! निमन्त्रणा त संसारभरका लाखौ फेसबुक प्रयोगकर्ताहरु सबैलाई गएछ ।

थेसा दिन गन्दै थिइन आफ्नो जन्म दिनको प्रतिक्षामा ।
हानबर्गस्थित आफ्नै घरमा उनले पार्टीको आयोजना समेत गरेकी थिइन् । तर जब फूलको गुच्छा, वाइन, केक, पोष्टकार्डलगायत अन्य उपहार लिएर १५ सय भन्दा बढी आमन्त्रित नगरिएका पाहुनाहरुको लामालस्कर घरभित्र छिर्‍यो, थेसाको होसहवास उड्यो । परिस्थितीलाई नियन्त्रण गर्नु आफ्नो काबुबाहिर देखेपछि उनी पार्टी छोडी सुटुक्क घर बाहिर भागिन् । पछि स्थितीलाई काबुमा राख्न घर वरपर प्रहरी तैनाख गरिएको थियो ।
प्रहरी प्रवत्ता मिर्को स्ट्राइवरले बताएअनुसार भीड तितरवितर हुादा दर्जनौ युवतीहरुको खुट्टा मर्कियो भने सिसाका गिलास फुटी कैयौ रक्त्ताम्य भए । दुई ठाउामा आगलागी पनि भयो । जसलाई निभाउन अग्नि नियन्त्रकलाई बोलाउनु परेको थियो । दुःखी र आक्रोसित बनेका पाहुनाहरुले एक पोस्टरमा लेखेका थिए-’थेसा तिमी कहा छौ ? जन्म दिन मनाउनु कुनै गल्ती होइन ।’
फरार थेसा कहाँ गइन् भन्ने निकै हल्लाखल्ला भयो । पछि पो थाहा भयो- उनले टाढा बस्ने हजुरबुबा/आमासाग आफ्नो जन्म दिन रमाइलोसाग मनाएछिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out