किशोरीको विभत्स हत्या

परासी, जेष्ठ ३१ - सोमबार राति यहाँकी एक किशोरीको चक्कु प्रहार गरी हत्या भएको छ । माकर ४ वर्दघाटको थारुटोल स्थित कुमुदिनी बोर्डिग नजिकै घर भएका स्थानीय शिक्षक कृष्ण चापागाईका १७ बर्षीय सुवेक्षा चापागईको हत्या भएको हो ।
छतमा हत्या भएको बिहान मात्रै थाहा भएको पीडित परिवारले जनाएका छन् ।  परिवारिक श्रोतका अनुसार घरभित्र सुतिरहेको अवस्थामा केही युवाहरु झ्यालको ढोकामा रहेको ग्रिल झिकेर घरभित्र पसि किशोरीलाई छतमा लगि हत्या गरिएको हो । किशोरीको पिठ्युमा दर्जन बढि स्थानमा चाक्कुले घोचेको घाउ रहेको छ । ठाउँ-ठाउँमा नसा समेत काटेर अत्याधिक रक्तश्राव भएको पीडितका परिवारले जनाएका छन् । 
रगतले लतपत्तिएका किशोरीको बलत्कार गरी हत्या गरिएको अनुमान छिमेकीहरुले गरेका छन् ।  विभत्स हत्या भएको इन्सेक जिल्ला प्रतिनिधि समेत रहेका स्थानीय नारायण पराजुलीले बताए । किशोरी स्थानीय न्यु बोर्डिङ स्कुलबाट प्रवेशिका परिक्षा दिएर घर बस्दै आईरहेकी थिईन् ।
आमा विगत पाँच बर्ष देखि हङकङमा वैदेशिका रोजगारमा गएको र बुबा स्थानीय ज्ञानोदय प्रावि माकर ३ करमैयामा प्रधानाध्यपक भई काम गर्दै आएको स्थानीयबासीले जनाएका छन् । किशोरीसंग बढि हेलमेलमा रहेकी उनकी साथी स्थानीय प्रतिक्षा ज्ञावाली सहित पाँच जना केटाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out