टेलिकममा माओवादीको करोडौं खेल

काठमाडौं जेठ २० । माओवादी नेताहरूको योजनामा टेलिकमलाई डुबाएर करोडौं भ्रष्टाचारको एउटा योजना अघि बढेको छ। विश्वबाट बिस्थापित भइसकेको एउटा प्रविधिलाई भित्राएर हाल गृहमन्त्री रहेका कृष्णबहादुर महराको योजनामा एक चिनिया कम्पनीलाई ठेक्का दिएर करोडौं हात पार्ने खेल भइरहेको हो।
सूचना तथा प्रविधिको क्षेत्रमा आएको नयाँ नयाँ प्रविधि आइरहेका बेला नेपाल टेलिकमले भने एउटा पुरानो प्रविधि ल्याएर सर्वसाधरणलाई ठग्न लागेको हो। विश्कै 'फेज आउट' हुन लागेको आइपी सिडिएमए नामको पुरानो प्रविधि भित्राएर टेलिकममा करोडौं कमिशन खाने खे भइरहेको हो देशभर सिडिएमए सेवा विस्तार गर्ने नाममा केही महिनाअगाडि आह्वान गरिएको करिब ७ अर्ब रुपैयाको उक्त टेन्डरमा चीनको हुवाई कम्पनीलाई ठेक्का दिइएको हो। टेलिकममा महराले नियुक्त गरेका प्रबन्ध निर्देशक विश्वनाथ गोयल र महराकै योजनाअनुरुप चिनिया कम्पनीलाई ठेक्का दिइएको हो। टेन्डर हाल्नेमध्ये चीनको हुवाई कम्पनीले नेपाल टेलिकमले प्रस्तावित गरेको मूल्यभन्दा करिब ६९ प्रतिशत रकम कम अंकित गरेपछि यो कम्पनीमाथि टेलिकमका प्राविधिकहरूले शंका गर्न थालेका छन्। उक्त मूल्यका गुणस्तरीय प्रविधि त्यस कम्पनीले दिनै नसक्ने टेलिकममा बरिष्ठ अधिकारीहरू बताउछन्। कम रकम अंकित गर्ने र कमसल खालको सामान भिडाउने कम्पनीका रूपमा चिनिएको हुवाई कम्पनीले यसभन्दा अगाडि सात लाख लाइन जिएसएम मोबाइल टेलिकमलाई भिडाएको थियो। त्यसै कारण टेलिकमको सेवामा ठूलो समस्या आएको थियो। सम्पर्क हुन नसक्ने, बोल्दा बोल्दै लाइन काटिने र बोलेको कुरा प्रष्ट सुन्न नसकिने समस्याबाट थुप्रै ग्राहकहरू हैरानीमा परेका थिए। नेपाल टेलिकमले आह्वान गरेको यति ठूलो धनराशीको टेन्डरमा न्यूनतम रकमलाई मात्र हेरेर निर्णय गर्नुभन्दा प्राविधिक पक्षमा कुनै खालको सम्झौता गर्न नहुने नहुने टेलिकमका प्राविधिकहरूको सुझाव छ। करिब सात अर्ब रुपैया147 बराबरको आइपी सिडिएमए मोबाइल फोनको टेन्डरमा चीनको हुवाई कम्पनीले जम्मा करिब तीन अर्ब रुपैया147 अंकित गरेको छ। टेन्डर हात पार्नकै लागि उक्त कम्पनीले सस्तोमा फेज आउट हुन लागेको प्रविधि सस्तोमा टेलिकमलाई भिडाउन खोजेको आरोप पनि ती प्राविधिकहरूको रहेको छ। अहिले प्राविधिक अध्ययनको क्रममा रहेको उक्त 'फेज आउट' हुन लागेको आईपी सिडिएमए टेक्नोलोजी खरिद गर्नुभन्दा अहिले विश्व बजारमा चलेको नयाँ प्रविधि 'डब्लु' सिडिएमए र 'एलटीई' सिडिएमए प्रविधि टेलिकमले भित्र्याउनु पर्ने सुझाव दिएका छन्। नयाँ प्रविधिमा हाइ इन्टरनेट सेवा, बढी कभरेज दिने सेवाहरू समावेश भएकाले भविष्यमा टेलिकमका ग्राहकहरूलाई पुराना प्रविधि भन्दा नयाँ प्रविधिबाट धेरै फाइदा दिन सकिने टेलिकमका इन्जिनियरहरू बताउँछन्। तर दुर्भाग्य, अख्तियार र सार्वजनिक खरिद ऐनलाई देखाएर ठूलो कमिसन खान पल्किएका टेलिकमका प्रबन्ध निर्देशक विश्वनाथ गोयलले भने मुखैमा आएको गाँस छाडेर टेलिकमलाई सुधारतर्फ लग्लान् भन्ने विश्वास कमैले गरेका छन्। तत्कालीन सूचना तथा संचार मन्त्री कृष्णबहादुर महरालाई दुई करोड बुझाएर टेलिकमको प्रबन्ध निर्देशक पड्काउन सफल गोयलले यस टेन्डरबाट गतिलै रकम हात पार्ने र सूचना तथा सञ्चारमन्त्री अग्नि सापकोटालाई समेत खरिद गर्न सक्ने कुरा टेलिकमका कर्मचारीहरूले दृष्टिलाई बताएका छन्। नेेपाल टेलिकमले संख्यात्मक रूपमा आफ्नो सेवा विस्तार गरे पनि गुणात्मक सेवा भने अझै प्रदान गर्न सकेको छैन। नेपाल टेलिकमको यही कमजोरीका कारण मोबाइल फोनका ग्राहकहरू निजी मोबाइल कम्पनीतर्फ आकर्षित हुन थालेका छन्। हाल राज्यलाई सबैभन्दा धेरै राजश्व तिर्ने कम्पनीका रुपमा चिनिएको टेलिकमको यस्तै हालत हुने हो भने केही वर्षभित्रै कम्पनी बायुसेवा निगमको बाटोतर्फ जाने कर्मचारीहरू बताउछन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out