नानोको नेपाल यात्रा

काठमाडौं, जेठ १९ (नागरिक) - वहुप्रतीक्षित सबैभन्दा सस्तो कार 'नानो' बुधबार राजधानीमा सार्वजनिक गरिएको छ। नानोको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले दुईवटा नानोलाई काठमाडौंका सडकमा कुदाएर सार्वजनिक गरेको हो। सिप्रदीका अध्यक्ष सिद्धार्थशमशेर जबरा र प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद दाहाल र टाटा मोटर्सको नेपालका लागि कन्ट्री म्यानेजर गुरिन्दर सिंहले झन्डा फहराएर नानो गाडी सार्वजनिक गरेका हुन्।


गाडी सार्वजनिक गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा सिप्रदीका अध्यक्ष जबराले केही समयपछि व्यावसायिक रूपमा नानोको बिक्री सुरु गर्ने बताए। 'तर, ठ्याक्कै यही मितिबाट बिक्री सुरु हुन्छ भन्न चाहँन्नौं,' उनले भने, 'बिक्री गर्ने उद्देश्यले नै नानोलाई नेपाली सडकमा ल्याएका हौं।'

भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले नानो उत्पादन गरेको हो। टाटासँग तीन दसकदेखि व्यापारिक सहकार्य भइरहेको जबराले बताए। यहाँ ल्याइएका दुई नानोलाई एक महिना मेचीदेखि महाकालीसम्म १० हजार किलोमिटर र त्यसपछि पुनः ३० हजार किलोमिटर कुदाइने उनले जानकारी दिए।
टाटाका कन्ट्री म्यानेजर सिंहले बुधबारको सार्वजनिकीकरणलाई नेपालमा नानोको 'प्रिलन्च' गरिएको बताए। कम्पनीका अनुसार तराई होस् वा पहाड, त्यहाँका हिलो, धुलो, कच्ची, ग्राभेल, पक्की जस्तोसुकै सडकमा नानो कुदाइनेछ। त्यसका लागि नेपालभित्रका ३० रुट बनाइएको छ। यसलाई 'नानो यात्रा नेपाल' नाम दिइएको छ।
बुधबार टेकुस्थित सोरुमबाट दुई नानोलाई त्रिपुरेश्वरबाट जमल, दरबारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, चक्रपथ, गौशाला, कोटेश्वर, बालकुमारी, बल्खु, कलंकी, बालाजु, सोह्रखुट्टे हुँदै जमलबाट पुनः टेकु ल्याइएको थियो।
संसारकै सबैभन्दा सस्तो दाबी गरिएको नानो कारलाई सिप्रदीले एक साताअघि काठमाडौं ल्याएको हो। कम्पनीले वीरगन्जसम्म कन्टेनरमा र त्यहाँबाट कुदाएर काठमाडौंको टेकुस्थित आफ्नो सोरुमसम्म ल्याएको थियो।
नानोका तीनथरी मोडल छन्। सबैभन्दा सस्तोलाई नानो, मध्यमलाई नानो सिएक्स र सबैभन्दा महँगोलाई नानो एलएक्स नाम दिइएको छ। भारतमा नानोको मूल्य १ लाख ५० हजार, नानो सिएक्सको १ लाख ८० हजार र नानो एलएक्सको २ लाख १० हजार भारु पर्छ।
नेपाली बजारमा आउँदा नानोको मूल्य ८ लाख १६ हजार, नानो सिएक्सको ९ लाख ७९ हजार २ सय र नानो एलएक्सको ११ लाख ४२ हजार ४ सय रुपैयाँ पर्छ। भारतीय मूल्यमा सबै किसिमका कर (२ सय ४० प्रतिशत) जोडेर नेपाली रुपैयाँमा निकालिएको हो। यी मूल्यमा नानो बिक्री गर्ने नेपालस्थित आधिकारिक बिक्रेताको नाफा जोडिएको छैन।
नानोमा चार सिट छन्। यसको इन्जिन क्षमता ६ सय २४ सिसी रहेको छ। दुई सिलिन्डर रहेको नानो अधिकतम १ सय ५ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ। यसमा पाँच गियर हुन्छ। नानो प्रतिलिटर इन्धनले २३ दशमलव ६ किलोमिटर कुद्छ।
भारतीय बजारमा सस्तो नानो आइभोरी ह्वाइट, रेसिङ रेड र समर ब्ल्यु रंगमा उपलब्ध छ। नानो सिएक्स आइभोरी ह्वाइट, रेसिङ रेड, समर ब्ल्यु, च्याम्पेन्ज गोल्ड र लुनार सिल्भर तथा नानो एलएएक्स सनसाइन येल्लो, च्याम्पेन्ज गोल्ड र लुनार सिल्भर रंगमा उपलब्ध छ।
हिटरसहितको एयर कन्डिसनर, फ्रन्ट पावर विन्डो, कप होल्डर, सबै ढोकामा म्यागाजिन र सिक्का राख्ने ठाउँ, सबै सिटमा टाउको अडेस लगाउने भाग, चालक र यात्रुका लागि सनभाइजर, हेड ल्याम्प लेभलिङ, लो फ्युल वार्निङ ल्याम्प, पछाडिको सिट फोल्ड गर्न मिल्नेलगायत विशेषता नानोमा छन्।
नानोमा सेन्ट्रल लक, सेन्टर हाइ माउन्ट स्टप ल्याम्प, लेमिनेटेड विन्डसिल्ड, बुस्टर एसिस्टेड ब्रेक, सबै सिटमा बेल्ट, इन्ट्र्युजन बिमलगायत सुरक्षा सुविधा छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out