सञ्चिताको गर्भमा जुम्ल्याहा

काठमाडौं, जेठ २६ (नागरिक)- रिलमा क्यामेस्ट्री खुब मल्छ भनेर नजिकका साथीभाइ र फिल्म पत्रकारले के फुर्क्याएका थिए, पहिलो श्रीमान आकाश शाहसँग डिभोर्स गरेर बसेकी नायिका सञ्चिताको मनमा विवाहित नायक निखिल उप्रेतीप्रति प्रेम टुसाउन थालिसकेछ।

केही फिल्ममा सँगै काम गरेपछि भने यो रिलको जोडी रियल जोडी बन्यो। फिल्मको कथाजस्तै विवाहलाई पनि सक्दो रहस्यमै राख्‍ने योजनाअनुसार उनीहरु भारतीय उद्योगलाई कर्मथलो बनाउने बहानामा मुम्बई पसे। तर, सत्यलाई कतिन्जेल लुकाउन सकिन्थ्यो र? सञ्चिता गर्भवती भएपछि उनीहरुको योजना असफल भयो।

बल्लबल्ल पाएको बुटिकको जागिर पनि सञ्चिताले गर्न नसक्ने र निखिलले जति धाए पनि फिल्म नपाएपछि छ महिनाजितको मुम्बई बसाइलाई अन्त गर्दै दुवै नेपाल फर्किए। अनि स्वीकारे, 'हामीले विवाह गरेको सत्य हो।'

हाल निखिलको पुर्ख्यौली घरमा रहेकी सञ्चिताको पेटमा जुम्ल्याहा बच्चा रहेको खुल्न आएको छ। स्रोतका अनुसार नियमित स्वास्थ्य जाँचका क्रममा नायिका सञ्चिताको पेटमा दुई बच्चा रहेको डाक्टरले उनलाई बताएका थिए।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out