माओवादी नेता अर्काकी पत्‍नी र पैसा लिएर फरार

महेश्वर चामलिङ राई, उदयपुर, जेठ २३ - मातृका यादव नेतृत्वको पुनर्गठित नेकपा माओवादीका जिल्लास्तरीय नेता अर्काकी पत्नी र सम्पत्ति लिएर फरार भएका छन्।
त्रियुगा नगरपालिका-७ चापमा बसोबास गर्दै आएका माओवादी जिल्ला कमिटी सदस्य टिकबहादुर तामाङ (टिके लामा) तीन दिनअघि तामाघरे भन्ने टुहुरमान दनुवारकी पत्नी बुद्धमायालाई ७ लाख रुपैयाँसहित लिएर भगाएका हुन्।

पाँच वर्षदेखि वैदेशिक रोजगारीमा मलेसिया रहेका ३६ वर्षीय दनुवारले भर्खरै स्वदेश फर्केर बुद्धमायालाई रकम राख्न दिएका थिए।

तीन छोराछोरीकी आमा ३४ वर्षीया बुद्धमायाले पति विदेश बसेकै बखत गत वर्ष नै भएको जग्गा पनि बेचिसकेको पत्ता लागेको छ। स्थानीयले बताएअनुसार घर फर्केपछि घरबारी चाहार्न जाँदा जग्गा बेचिसकेको खुलेको थियो।
माओवादी पार्टी उदयपुरले पनि तामाङ अर्काकी पत्नी र सम्पत्ति लिएर भागेको पुष्टि गरेको छ। सोही आरोपमा उनलाई पार्टीबाट निष्कासनसमेत गरिसकेको पार्टी सचिवालय सदस्य हिमालसिंह राईले बताए।
'पार्टी नीतिविपरीत कार्य गरेकाले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ,' राईले भने। आर्थिक अपारदर्शिताको आरोपमा यसअघि उनलाई एरिया इन्चार्जबाट हटाइएको थियो।
दनुवार परिवार भने गाउँलेले दिएको चामल, दाल र अन्नबाट गुजारा चलाइरहेको छ। जग्गा पनि बेचिसकेको तथा भएको पैसा पनि लिएर हिँडेकाले निकै समस्या परेको दनुवारले बताए।
दनुवार परिवारलाई मातृका माओवादीले शनिबार ५० किलो चामल उपलब्ध गराएको छ। पाटीकै सदस्यले बदमासी गरेका कारण विचल्लीमा परेको देखेर सहयोग गरेको सचिवालय सदस्य राईले बताए।
अर्का जिल्ला सदस्य छत्रमान राई र स्थानीय नेता मुक्तिनाथ घिमिरेसहितका पार्टी सदस्यहरुले राईको संयोजकत्वमा सहयोग समिति गठन गरेर दनुवार परिवारको उद्धारमा लागेको छ।
यसैबीच, पीडित दनुवार मातृका माओवादीमा प्रवेश गरेको छ। उनले प्रवेशसँगै आफूलाई न्याय दिलाइदिन पार्टीमा निवेदन चढाएका छन्। स्वयंसेवक लगाएर तामाङको खोजी गरिरहेको र भेटेपछि कडा कारबाही गर्ने पार्टीले जनाएको छ।
जिल्लाको इनामे गाविसका पूर्व उपाध्यक्ष रहिसकेका तामाङ तीन वर्षयता मातृका नेतृत्वको माओवादीमा लागेका थिए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out