धेरै हट भएपछि ‘मडर २’ को गीत रिशुट

मल्लिका शेरावत र इमरान हाशमीको जोडी ‘मडर’ फिल्ममा निकै जमेको थियो । फलस्वरुप भारतीय बक्स अफिसमा उक्त फिल्म निकै हिट पनि भयो । यसबाट हौसिएका निर्माताले यसै फिल्मको अर्को सिक्वेल अर्थात ‘मडर २’ मात्र बनाएनन्, अझ हट देखाउने कोशिस पनि गरे । आइटम डान्सको लहर चलेको बलिउडमा त्यसैको सिको गर्दै फिल्मको ‘हाले दिल…’ नामक गीत हट सिनमा सुट गरिएको थियो । तर धेरैको सुझावमा यो सिन दर्शकलाईर् अपच हुने प्रतिक्रिया आएपछि पुनः छायाङ्कन गरिएको भारतीय मिडियाहरुले जनाएका छन् ।
फिल्म रिलिज हुने बेला टेलिभिजनमार्फत लाखौ दर्शकसामू उक्त गितको भिडियो देखाउन सकियोस् भनेर रिशुट गरिएको निर्माताले बताए । गीतमा इमरान र ज्याकलिन फर्नान्डिजलाई देख्न सकिनेछ । रिशुटबारे सोधिएको प्रश्नको जवाफमा महेश भट्टले भने, ‘हामीले पुरै गीत रिशुट गरेका छैनौ । सेन्सर बोर्डलाई मध्यनजर गरी केहि दुश्यहरु पुनः छायाङ्कन गरेका हौ ।’
यसै फिल्मका निर्देशक मोहित सुरीले भने रिशुट नगरिएको र गीतको बोल्डनेसमा कुनै कमी नआएको बताएका छन् । ‘गीत जती हट थियो, त्यसमा कुनै कमी ल्याइएको छैन,’ मोहितले भने, ‘दर्शकले हेरेर भन्न सक्छन् कि गीत हट छ कि छैन भनेर ।’ मोहितले आखिर जे भने पनि यो सत्य हो कि केहि पाउन केहि गुमाउनु पर्छ । टेलिभिजन दर्शक पाउन र फिल्मको प्रोमोसनका लागि केहि दृश्य रिशुट गर्नु परेको थियो । सेन्सर बोर्डबाट बिना काटछाट ‘ए’ सर्टिफिकेट पाइसकेको यो फिल्म चाँडै प्रर्दशन हुनेछ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out