केटाकेटी जोगाउनै मुस्किल

एक वर्षअघि अपहरणमा परेका दोलखाका १२ वर्षीय सञ्जय महरा भारतको सितामढीको मार्फामा मृत अवस्थामा फेला परे।

असोज १४, २०६७ मा अपहरित नेपालगन्जको बागेश्वरी उमाविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय कपिल द्विवेदी असोज २० मा र सोही  विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय लीलाधर भट्टको शव असोज १८ मा भेटियो।

कात्तिक ३, २०६७ मा अपहरित माढकेला ५, बर्दियाकी ५ वर्षीया बालिका जुना बूढाको एक अज्ञात समूहले अपहरणपछि बलात्कार गरी हत्या  गरे।

मंसिर २, २०६७ मा धरानका नौ वर्षीय बालक राज आचार्य धरान बजारनजिकैको जंगलमा हत्या गरिएको अवस्थामा भेटिए।
माथि उल्लेखित घटनाहरू सञ्चारमाध्यममा प्रकाशित प्रतिनिधि घटना मात्र हुन। यसबाहेक पनि कैयौं अबोध बालबालिका विभिन्न अपराधिक  समूहका सिकार भैरहेका छन्, जुन विविध कारणले सञ्चारमाध्यममा आउन सकेका छैनन्।
मृतअवस्थामा भेटिएका बाहेक हराएर फेला पर्न  नसकेका कैयौं बालबालिकाको अवस्था पनि लामो समयदेखि अज्ञात नै रहेको पाइन्छ। त्यस्तै फिरौती बुझाएर वा सुरक्षा निकायको  सक्रियतामा अपहरणकारीको पञ्जाबाट मुक्त गरिएका उदाहरण पनि उत्तिकै छन्।

भदौ २४, २०६३ मा कोटेश्वरबाट अपहरित ८ वर्षीय विवेक शर्मा लुइँटेलको हत्यापछि बालबालिकाको अपहरण तथा हत्याको क्रम निकै  बढेको छ। अपहरणको करिब डेढ महिनापछि मृत अवस्थामा फेला परेका विवेकदेखि हालसम्म अढाई दर्जनभन्दा बढी बालबालिकाले अकालमा  ज्यान गुमाएका छन्।

प्रहरीका अनुसार 'विभिन्न बहाना र प्रलोभन देखाएर बालबालिकाको अपहरण गरी फिरौती असुलिएको पाइन्छ।' रोहित गुप्ताको अपहरण र  हत्या प्रकरण पनि यस्तै प्रकृतिको रहेको प्रहरीको अनुसन्धानले देखाउँछ। रोहित आफ्नै मामा राजेश गुप्ताबाट जादु सिकाइदिने बाहनामा  अपहरित भै जीवन गुमाउन बाध्य भएका थिए। बढ्दो बालबालिका अपहरण र हत्याका घटनाले आमनागरिकमा भय र त्रासको वातावरण  सिर्जना गरेको छ। बिहान पढ्न हिडेका 'स्कुले नानी'हरू बेलुकी घर फर्किने हुन कि होइनन्, अथवा घरनजिकैको मैदानमा खेल्न गएका  छोराछोरी कहीँ उतैबाट हराउने पो हुन कि भन्ने त्रासले जरा गाड्दै गएको छ।

बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाको तथ्यांक अध्ययन गर्ने हो भने विगत केही वर्षयता नेपालमा बालबालिका हराउने, अपहरण गरिने तथा हत्या हुने क्रम बढ्दै गएको देखिन्छ। उदाहरणका लागि कोटेश्वरका विवेक शर्मा हत्या प्रकरणदेखि २०६४ असोज २५  गतेसम्म आइपुग्दा ८ वर्षीय धिरज राईलगायत ११ वर्षीय रोहित गुप्तासमेतले पनि त्यस्तै पाशविक तवरबाट मृत्युवरण गर्नुपर्‍यो।

आर्थिक प्रलोभन, आपसी रिसइवी एवं मनमुटावका कारण अवोध बालबालिकालाई  नै निशाना बनाइने घटनाक्रमले पुष्टि गर्छ। केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक धर्मराज श्रेष्ठ बालबालिका अपहरण एवं हत्याका घटना बढ्दै जानुमा गरिबी, बढ्दो बेरोजगारी,  बालअधिकारका बारेमा जानकारीको अभावजस्ता कारण प्रमुख भएको बताउँछन्। 'मुलुकको तरल राजनैतिक अवस्थासँगै आर्थिक प्रलोभन,  पारिवारिक रिसइवीका साथै व्यावसायिक एवं अपराधिक गिरोहहरूले यस्ता घटना घटाइरहेका छन्,' श्रेष्ठ भन्छन्। व्यावसायिक गिरोहसँगै  आर्थिक प्रलोभन र छिमेकीबीचको शत्रुतापूर्ण सम्बन्ध पनि बालबालिकाको जीवन जोखिममा पर्नुको कारण मानिएको छ ।

सामान्य किसिमबाट हराएका बालबालिका फेला पार्न सकिए पनि आपराधिक प्रवृत्तिका समूहबाट अपहरणमा पारिएका वा यस्तै अन्य कारणले  हराएका बालबालिका सकुशल फेला पार्नु भने सबैका लागि चुनौती नै बनेको छ।

बालबालिकालाई विभिन्न प्रलोभन देखाएर अपहरण गर्न सजिलो हुने अनुसन्धानकार्यमा संलग्न विज्ञहरू बताउँछन्, साथै उनीहरूलाई रिहाइ  गर्ने सर्तमा मनग्य फिरौती असुल्न सकिने हुँदा हाम्रो समाजमा यस्तो आपराधिक संस्कृति हावी हुँदै गएको छ।

२०६३ मा बालबालिका खोजतलास तथा समन्वय केन्द्र स्थापना भएदेखि हालसम्म ३१ भन्दा बढी बालबालिकाले विभिन्न आपराधिक  समूहबाट ज्यान गुमाउनुपरेको छ। उक्त केन्द्र स्थापनाको पहिलो वर्ष ५, दोस्रो वर्ष ७, तेस्रो वर्ष ७, चौथो वर्ष ६ र पाँचौ वर्ष ६ जना बालबालिकाको हत्या भैसकेको छ। ती कुल ३१ हत्यामध्ये ८ बालिका छन्। प्रायःजसो बालिकालाई बलात्कारपछि हत्या गरिएको प्रहरी अनुसन्धानमा देखिएको छ। अहिले दैनिक ७ बालबालिका हराउने गरेका छन्। पछिल्लो एक वर्षको अवधिमा ३ हजारभन्दा बढी बालबालिकाहरू  हराएका छन्। हराएकामध्ये २ हजार बालबालिका भेटिए पनि १ हजार जतिको अवस्था अझै थाहा हुन सकेको छैन।

यौन अपराधका लागि बालिकाको हत्या

२०६३/६४ मा हत्या गरिएका ९ बालबालिकामध्ये ६ बालक र ३ बालिका छन्। दोस्रो वर्ष हत्या गरिएका ७ बालबालिकामध्ये ६ बालक र २  बालिका छन्। यसअवधिमा हत्या गरिएका ५ वटै बालिकाको यौनजन्य अपराध गरी हत्या गरिएको थियो। यौन दुव्र्यवहार गर्दा कराएको भनी  मुख थुन्दा १ बालिकाको मृत्यु भएको थियो।

बढ्दो अपहरण

कात्तिक ६ २०६७ मा शिवालय, पर्वतकी १४ वर्षीया सुधा सुवेदी एकाएक बेपत्ता भइन्। मंसिर ४ मा चनई, कपिलबस्तुका दुई वर्षीय दीपेन्द्र  जीसी अपहरणमा परे भने मंसिर ९ मै कैलालीको धनगढीबाट दुईवर्षे बालिका मोनी मिश्रा पनि भारतीय नागरिकको अपहरणमा परिन्। मंसिर  १० मा सिलगढीस्थित मर्निङलाइट बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत गैरागाउँ ३, डोटीका १४ वर्षीय शंकर खड्का बेपत्ता भए भने १ ९-२० मंसिरमै अमरज्योति प्राविमा कक्षा ३ मा अध्ययनरत सुन्दरपुर, मोरङकी १३ वर्षीया सुजिता चौधरी पनि बेपत्ता भइन। त्यस्तै  फागुन  १० मा अज्ञात समूहबाट अपहरित राजविराजका ५ वर्षीय आयुष साह एक महिनापछि अपहरणकारीको पञ्जाबाट मुक्त भए।

भर्खरै जन्मिएका दूधे बालबालिकादेखि किशोरावस्थामा पुगेका बालबालिकासमेत विभिन्न आपराधिक समूहका निशाना बनिरहेका छन्। यसले  बालबालिका, अभिभावक, परिवार हुँदै सिंगो समाजमा त्रासदीपूर्ण अवस्था सिर्जना गरिदिएको छ। अपहरण गरी बेपत्ता पारिएका वा फिरौती  बुझाई, सुरक्षा निकायको सक्रियतामा अपहरणकारीको पञ्जाबाट फेला पारिएका वा मृत अवस्थामा फेला पारिएका यी सबै घटना हेर्दा  बालबालिकाको जीवन जोगाउन जटिल भएको देखिन्छ। यी घटना हेर्दा अपराधीहरू निरुत्साहित हुनुको साटो अझ उत्साहित हुँदै गएको दे खिन्छ।

कायरतापूर्ण बालअपराधका उदाहरण 

प्रहरीको सोधपुछ र अनुसन्धानबाट प्राप्त जानकारीअनुसार माघ १९, २०६३ मा हराएका ६ वर्षीय पि्रतम घिमिरेलाई धर्मदेव भट्टले फकाई  लगेकोमा केही समयपछि मनमोहन अस्पताल अगाडि मृत अवस्थामा फेला पारिएको थियो। त्यस्तै २०६३ फागुन ३ मा ७ वर्षीय साहिल खाँनलाई अभिभावकसँग रकम उठाउन नसकेको रिसमा अपहरण गरी मारिएको थियो। उनको शव फागुन ४ मा सूर्यविनायकमा फेला परेको  थियो।

२०६३ चैत २० मा हराएकी ५ वर्षीया भवानी राईलाई यौन दुव्र्यवहार गर्दा कराएको भनी मुख थुन्दा चैत २१ मा उनको मृत्यु भएको थियो।  उता, २०६३ चैत २१ मा ४ वर्षीया झरना केसी अभिभावकसँगै बाग्लुङ अस्पताल अस्पताल गएको अवस्थामा हराएको, हराएको दिन सोही  अस्पतालको सेफ्टीट्यांकीमा खोज्दा नभेटिए पनि भोलिपल्ट भने सोही सेफ्टीट्यांकीमा उनको शव फेला परेको थियो। अपराधी पत्ता लाग्न  नसक्दा यक्त घटना रहस्यमय रह्यो।

२०६४ वैशाख २६ मा हराएका ६ वषिर्य आशुतोष केसीलाई वैशाख २७ मा घर नजिकैको बंगुर र्फममा काम गर्ने कामदारले कानमा  लगाएको सुनको मुन्द्राका लागि आफ्नै घर कोठामा लगि मारेको तथ्य अभियुक्तले स्वीकार गर्‍यो। त्यस्तै, २०६४ साउन ३० मा ४ वर्षीय  शीतल थापा आमा कमला थापाका साथ आफ्नै घरको पानी ट्यांकीमा ९ दिनपछि भदौ ६ मा मृत फेला परिन्। घटनाका सम्बन्धमा छानबिन  हुँदा सुरुमा परिवारमाथि नै शंका गरिए पनि खासै तथ्य फेला पर्न सकेन।

२०६४ असोज १७ मा हराएका धीरज अधिकारीलाई बालकका बाबुले घर बनाउँदा निकालेको छानो र पाइपको विषयमा परेको झगडाका  कारण सैबुस्थित सिद्धिमार्गबाट अपहरण गरी बालकुमारीमा हत्या गरिएको थियो। विद्यालय पोसाकमा रहेका धीरजको शव मुखमा टेप टाँसिएको अवस्थामा कोटेश्वरस्थित मनहरा खोलामा २१ गते फेला परेको थियो।

२०६४ असोज २५ मा ११ वषिर्य रोहित गुप्तालाई आफ्नै मामा राजेश गुप्तासमेतले अपहरण गरी २ लाख ५० हजार माग गरेको, रकम  प्राप्त गरेपछि पनि असोज २६ मा बालकलाई मारी प्लास्टिकको बोरामा राखी कमलादी गणेश मन्दिर नजिक फालेका थिए। सुरेश सुनुवारको  शव १९ गते दिउँसो कपन गुम्बा पछाडि फेला परेको थियो। घर वरिपरिका साथीहरूसँग केही दिनअघि झगडा भएकाले उनीहरूमाथि शंका  गरिए पनि त्यसको पुष्टि हुन सकेन।

२०६५ कात्तिक ३० मा हराएका १५ वर्षीय आशिष मानन्धर तथा १४ वर्षीय रितेश रौनियारको मंसिर ११ मा थानकोटको जंगलमा वीभत्स  हत्या गरिएको थियो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out