गर्भमै विवाह छिनोफानो

बाजुरा, जेष्ठ २८ - बच्चाबच्ची जन्मेकै हु'दैनन् तर विवाहको टुङ्गो लागिसक्छ । १० वर्ष उमेर नपुग्दै उनीहरूको औपचारिक विवाह हुन्छ । बाजुराको विकट बिच्छ्या' गाविसको गुम्बा गाउ'मा अझै पनि गर्भमा छ'दै विवाह छिनिन्छ । गाउ'मा कुनै महिलाको गर्भ रहेको केही महिनामै तिनका परिवारले त्यस्तै अर्की महिलाको गर्भमा रहेको शिशुबीच विवाहको छिनोफानो गर्छन् । त्यहा'का लागि अनिवार्य र स्वाभाविक मानिने यो चलन गुम्बावासीको मौलिक परम्परा हो ।
पेमा लामा भर्खर दस वर्षकी भइन् तर गएको मंसिर महिनामा उनको विवाह आफूभन्दा ६ वर्ष कान्छा गाउ'कै देवबहादुर लामास'ग भइसक्यो । पेमा र देवबहादुरको जस्तै उमेर समूहका चार जोडी यसै वर्ष विवाह बन्धनमा बा'धिए । दस वर्षअघि नै पेमा र देवबहादुरका बुबाले सम्धी साइनो गा'सिसकेका थिए । पेमाकी आमा पासाङले भनिन्, 'मेरो गर्भ रहेको केही महिनामै देवबहादुरका बुबास'ग कुरा पक्का गरेका थियौं ।'
सदरमुकाम मार्तडीदेखि ४० कोस टाढा रहेको यो गाउ'मा २४ परिवार छन् । अहिले यस गाउ'मा पा'च वर्षमुनिका बालबालिकाको संख्या ३५ छ । उनीहरूकोे कोस'ग बिहे हुने ? पक्का भइसकेको स्थानीय दोर्जे लामाले बताए ।
स्थानीयका अनुसार जनजाति समुदायका थापा, गुरुङ, लामा र कु'वरको बसोबास रहेको गुम्बामा फुपू र मामाका छोराछोरीबीचको विवाहलाई प्राथमिकता दिइन्छ ।
अभिभावकले नै नाबालक उमेरका बालबालिकाको विवाहलाई स्वाभाविक र अनिवार्य ठान्ने परम्परा भएपछि बालबालिकाहरूले त्यसमा नाइनास्ती गर्ने कुरै भएन । 'विवाह भएको कम्तीमा तीन वर्षसम्म बेहुलीले दुलहाको घरमा घरजम गर्नुपर्ने हुन्छ । त्यसपछि दुलही इच्छाअनुसार माइतीमा भेटघाट गर्न जान छुट पाउ'छिन््,', छिमेकी गाउ' देउसैनका धनबहादुर थापाले भने ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out