कार्यालयमै कर्मचारीमाथि 'यौन शोषण'

महेश्वर चामलिङ राई, उदयपुर, असार १४- नेपाल खाद्य संस्थान ओखलढुंगाकी एक महिला कर्मचारीले कार्यालयभित्रै यौन शोषणको पीडा भोग्नुपरेको छ। उनले लेखापाल शम्भुप्रसाद रेग्मीद्वारा पटकपटक बलात्कार प्रयास गरेको उजुरी प्रमुख जिल्ला अधिकारीलाई दिएकी छन्।
कार्यालय सहयोगी सरस्वती (नाम परिवर्तन) दैनिक ज्यालादारीमा छन्। पटकपटक यौनोत्तेजक, अश्लील शब्द र हाउभाउले जिस्काउँदै यौन शोषण गर्दै आएकामा असार ३ गते जबर्जस्ती हातपात गरेपछि रुँदै भाग्न सफल भएको उनले बताइन्।
दुई छोराछोरीकी आमा ती महिलाले गत आइतबार न्यायका लागि प्रजिअ सागरमणि पराजुृलीसमक्ष मौखिक उजुरी दिएकी थिइन्। रेग्मीले भनेको नमाने 'जागीरबाट निकालिदिने' धम्की दिँदै कार्यकक्षमै बोलाएर जबर्जस्ती गर्न खोजेको पीडितको भनाइ छ।
रेग्मीले भने फाइल केरमेट भएको विषयमा भएको सामान्य विवादलाई बलात्कार गर्न खोजेको भनेर हल्ला गरिएको दाबी गरे। घटनालगत्तै प्रजिअको सिफारिसमा रेग्मीको काठमाडौंस्थित संस्थानको प्रधान कार्यालयमा सरुवा भएको कार्यालय प्रमुख रामकृष्ण पन्तले बताए। पीडित सात महिनाअघि मात्र दैनिक ज्यालादारीमा नियुक्त कर्मचारी हुन्।
प्रजिअ पराजुलीले मौखिक उजुरी दिए पनि लिखित निवेदन नपरेको बताए। दोषी ठहरिए रेग्मीमाथि कानुनी कारबाही गर्ने तर लिखित निवेदनपछि मात्र प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out