७६ कमरेडले प्रचण्डलाई पछारे

काठमाडौं,। एमाओवादीका क्रान्ति पक्षधर नेताहरुको पाँच वर्ष लामो प्रयासपछि २०६८ साउन १ गतेदेखि अध्यक्ष प्रचण्ड पहिलो पटक पार्टीका सबै कमिटीहरुमा स्पष्टरुपमा अल्पमतमा परेका छन्। प्रचण्डको मनपरीतन्त्र, बिधिबिधान मिच्ने अधिनायकवाद र अवसरवादविरुद्ध निरन्तर संघर्षपछि क्रान्ति पक्षधर र शान्ति पक्षधर नेताहरु बहुमतमा पुगेका हुन्। प्रचण्डलाई अल्पमतमा पार्ने क्रम सबैभन्दा पहिले संसदीय दलबाट शुरु भएको थियो।
उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईले आ–आफ्नै ढंगले शुरु गरेको प्रचण्डको एक्लौटीविरुद्धको अभियानमा अन्ततः पार्टीको मूलधार सामेल भएपछि बहुमत पुगेको हो। पदाधिकारी, स्थायी समिति र पोलिटव्यूरो सबैतिर अल्पमतमा परेका अध्यक्ष प्रचण्डले भरोसा गरेको केन्द्रीय कमिटी समेत आफ्नो अनुकूल नहुने देखिएपछि साउन १ गते बसेको बैठक पनि १५ मिनेटमै स्थगित गरी सबै पक्ष मिलाएर ल्याउँछु भनेका छन्। एमाओवादी स्रोतले दिएका जानकारी अनुसार किरण, बाबुराम, बादलहरुले हस्ताक्षर अभियान सुरु गरेपछि पहिलो दिन ६३ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए। त्यही हस्ताक्षरलाई लिएर प्रचण्ड पक्षले आफूसँग बहुमत रहेको दाबी गरिरहेका बेला अहिले त्यो संख्या बढेर ७६ पुगेको छ। १ सय ४८ सदस्यीय केन्द्रीय समितिमा ७४ जना भए सामान्य बहुमत पुग्छ। त्यसमा एकता प्रक्रियाबाट आएकाहरुको संख्या भने कम छ। उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारमा जान नपाएपछि प्रचण्डसँग रुष्ट थिए। त्यही असन्तोषलाई आफ्नो पक्षमा पार्न खोज्दा किरण बाबुराम क्याम्पबाट लिलामणि पोखरेल र अमिक शेरचन टाढिएको बताइएको छ।
धोवीघाटको सिद्धार्थ कटेजमा भएको किरण–बाबुराम भेलामा नारायणकाजी मिलेपछि टाढिएका पोखरेल, शेरचन अहिले भने नजिक भएको बताइएको छ। अहिले नारायणकाजी श्रेष्ठ टाढिएका छन्। एकताका नाममा आएका ३३ जना केन्द्रीय सदस्य छन्। त्यसमध्ये अधिकांश प्रचण्डको पक्षमा छन्। एमाओवादी स्रोतका अनुसार किरण–बाबुरामको अभियानलाई ठीक छ, हाम्रो पनि नैतिक समर्थन छ भन्नेहरुको संख्या २० थपिएर ९६ जना पुगेको किरण–बाबुराम पक्षको दाबी छ। प्रचण्ड पक्षले किरण–बाबुराम पक्ष पार्टी फुटाउँदैछन् भनेर तल्लो तहसम्म हल्ला फैलाएका छन्। तर बहुमत पक्ष कुनै पनि हालतमा पार्टी नफुटाउने, तर प्रचण्डलाई रुपान्तरण गर्ने अडानमा छ।
यदि प्रचण्ड रुपान्तरण हुन नमाने केन्द्रीय कमिटीले उनको सम्पूर्ण अधिकार लिएर अघि बढ्ने एक नेताले बताए। यता बहुमत पक्षले केही नेताहरुलाई सन्देहास्पद भूमिकामा रहेको भन्दै निगरानी गरेको छ। स्थायी समिति सदस्य लिलामणि पोखरेल र पोलिटव्यूरो सदस्य विश्वभक्त दुलाल आहुतीको भूमिका बहुमत पक्षविरुद्ध सन्देहास्पद र षडयन्त्रमूलक रहेको उजुरी परेको बहुमत पक्षधर एक नेताले बताए। उनीहरुले अवसर हेरेर कुनै पनि बेला धोखा दिन सक्ने भएकाले गणना नगरिएको पनि स्रोतले जनाएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out