बुढेसकालको बिहे माया र यौनको परिपक्व संगम

केश फुल्यो मन अझ तरुन लै लै

यो जोवनलाई सलाम, यो बैँसलाई सलाम !
एक समय खूब चलेको यो लोकगीत नेपालका अगुवा कम्युनिस्ट नेता तथा हाल नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र उनीभन्दा करबि ३० वर्ष कान्छी उनकी श्रीमती दुर्गा पोखरेल -सिर्जना)सँग ठ्याक्कै मिल्छ।

११ वर्षअघि अर्थात् ०५७ सालमा मोहनविक्रमले दुर्गासँग विवाह गर्दा उनी ६५ भन्दा माथि उक्लिँदै थिए भने दुर्गा मात्र ३० को युवाउमेरमा दौड्दै थिइन्। उनी त्यसबेला नेकपा एकताकेन्द्रका महामन्त्री थिए, दुर्गा त्यस पार्टीसम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन -छैटौँ)की जुझारु कार्यकर्ता। यस अर्थमा प्रौढ नेता र युवा कार्यकर्ताबीच एकता थियो। केही कालपछि यो एकता झाँगिँदै प्रेममा परिणत भयो र पछि विवाहमा।


मायाको प्रस्ताव पहिला कसले राख्यो होला ? जिज्ञासा हुनु स्वाभाविकै हो। तर, दुर्गालाई थाहा छैन। बरु मोहनविक्रमले पनि थाहा नपाई विस्तारै आफूलाई माया गर्न थालेको सुइँको चाहिँ चलाख दुर्गाले पाइसकेकी थिइन्। त्यसैले तेस्रो पक्षले प्रस्ताव लिएर जाँदा मोहनविक्रमले भनेछन्, "दुर्गाको मञ्जुरी छ भने मलाई स्वीकार छ।"

माथिको लोकभाकाले भनेझैँ मोहनविक्रम र दुर्गाको यो विवाह जोवन हो कि बैँस ? मोहनविक्रम सहज उत्तर दिन्छन्, "मानवजीवनका लागि सेक्स अपरहिार्य छ र जीवनको निरन्तरताका लागि पनि आवश्यक छ।" दोस्री पत्नी दुर्गाका तर्फबाट अहिले उनका दुई सन्तान छन्। दुर्गा पनि भन्छिन्, "जहाँ माया हुन्छ, त्यसको उच्चतम रूप नै सेक्स हुन्छ। आपसी विचार र माया मिलिसकेपछि सेक्स पनि एकदमै उच्च रूपको हुन पुग्दो रहेछ।" सेक्स सन्तुष्टिका अर्थमा उनको अनुभव र उमेरबारेको प्रश्नमा दुर्गा प्रस्टै भन्छिन्, "एकदमै सन्तुष्ट र सन्तोषप्रद।"

पुरुष र स्त्रीलाई एउटा निश्चित उमेरसम्म बाँधिरहने मूल कडी सेक्स नै हो तर एउटा उमेर पार गरसिकेेपछि मायासँग आबद्ध भएर आउँदा जीवनको एक कालखण्डमा यो गौण हुन पुग्दो रहेछ महिलाका हकमा। तर, पुरुषलाई सेक्सका लागि उमेर बाधा हुँदैन, विज्ञानले यस्तै भन्छ ।

सामान्यतया १५ देखि ५९ वर्षसम्म महिलाहरूको यौनोत्कर्षकाल हो। महिलाको महिनावारी रोकिएपछि उनीहरूको यौनेच्छा समाप्त हुँदै जान्छ तर पुरुषको हकमा यो लागू हुँदैन। अध्ययनहरूका आधारमा भन्न सकिन्छ कि पौरुषत्व ८० वर्षसम्म पनि कायम रहन सक्छ।

यो मात्र एउटा उदाहरण हो। यौन जीवनको एउटा पाटो हो। तर, यस प्रसंगमा भेटिएका अधिकांश व्यक्तिहरूका अनुभवका आधारमा भन्दा विवाह सेक्सभन्दा पनि बुढ्यौलीको परपिक्व र असल जीवनसाथीको रोजाइ हो। त्यसैले विवाहपछि सेक्स गौण हुनपुग्छ।

मोहनविक्रमले आफ्नी पहिली पत्नीसँग सम्बन्धविच्छेद भएपछिका ११ वर्ष कहालीलाग्दो जीवन बिताए। दुर्गासँग प्रणयसूत्रमा बाँधिएपछि मात्र उनलाई थाहा भयो, कसैको मायालु साथले जीवनलाई मरूभूमिबाट कसरी हरयिो वसन्ततिर डोर्‍याउँदो रहेछ।

उमेरले जति नै पाको भए पनि पुरुष पत्नीवियोगको पीडा एक्लै झेल्न सक्तैन। महिलाजस्तो परिवारसँग घुलमिल हुने गुण पुरुषमा हुँदैन। त्यसैले पत्नीवियोगलाई लामो समयसम्म पुरुषले बेहोर्न सक्तैन। त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रका प्राध्यापक डिल्लीराम दाहालका भनाइमा मोहनविक्रमको एकाकीपनमा दुर्गाको आगमन यसको एउटा उदाहरण हो। "एकल महिला छ भने छोराबुहारी, नातिनातिनासँग घुलमिल भएर समय बिताउन सक्छन्," दाहाल भन्छन्, "तर, लोग्नेमानिस महिलाले जस्तो परिवारसँग सुमधुर सम्बन्ध बनाउन सक्तैन र अर्को विवाह गर्छ।"

१६ वर्षअगाडिको कुरा हो। जुनोटिक रोगका विज्ञ दुर्गादत्त जोशीकी पत्नीको देहावसान भयो। केही समय त व्यतीत भयो। छोराछोरी ठूल्ठूला भइसकेका थिए। जिम्मेवारी पनि त्यति थिएन। तर, समय बित्दै जाँदा उनलाई एक्लोपनले गाँज्न थाल्यो। उनले नाम पनि कमाए, अन्तर्राष्ट्रिय जगत्मा नेपालीको एउटा छवि निर्माण गरे र पैसा पनि कमाए। तर पनि, उनी एउटा अभावले अत्यन्त पीडाबोध गर्न थाले। र, उनले ६५ वर्षको उमेरमा आफूभन्दा ४० वर्ष कान्छी पूर्णमायासँग ०५३ सालमा पुन: लगनगाँठो कसे। उमेरका हिसाबले नभए पनि अवस्थाले उनीहरू एउटै पीडाबाट गुजि्ररहेका थिए। दुर्गादत्तले पत्नी गुमाएका थिए भने पूर्णमायाले पति। त्यसैले उनीहरूको संवेदना र परििस्थति समान हुन पुग्यो। तर, उनीहरूको वैवाहिक जीवनमा यौनले खासै प्रश्रय पाएन। हुन त पूर्णमायाको कोख रत्तिोचाहिँ भएन, एउटी छोरी छन्।

यस जोडीको प्रेम उल्लेखनीय छ। उनीहरू देहसँग छायाजस्ता हुन पुगेका छन्। दुर्गादत्तले विश्वका धेरै मुलुकहरू घुमे तर पूर्णमायालाई कहिल्यै एक्लो छाड्ेनन्। बुढेसकालको गहिरो माया यसैबाट पनि व्यक्त हुन्छ। उनका कुरामा पूर्णमायाप्रतिको आशक्ति अनुभव हुन्छ। तर, आशक्तिमा सेक्सभन्दा जिम्मेवारी र दायित्वबोधले प्रखर भूमिका निर्वाह गरेको छ। मानिसको जीवनमा एउटा उमेरमा सेक्स आवश्यकता हो भने त्यो उमेर पार गरेपछि गौण बनिदिन्छ। पूर्णमाया भन्छिन्, "मैले उहाँको खुसी र उहाँले मेरो खुसी बुझिदिनसक्नु नै साँचो माया हो। एउटा उमेरमा सेक्स चाहिन्छ तर त्यो नभई नहुने पनि हामीले ठानेनौँ।"

समझदारी र सम्झौता भनेकै जीवनको मूल तत्त्व हो। हो, उनीहरूबीच उमेरको ठूलो खाडल  उभिएको छ तर अब प्राय: उनीहरू यस खाडललाई नछोई नै अर्को बाटो हिँडिदिन्छन्। "एकअर्काप्रति हामी यति नजिक र भावनात्मक छौँ, मलाई अथ्र्याउन मुस्िकल छ," दुर्गादत्तले यसो भन्दा छेउमा बसेकी पूर्णमाया रातो नङपालिस लगाएका आफ्ना औँला चलाउँदै थिइन्। उनले भन्न खोजेको उनीहरूको सम्बन्ध नङ र मासुजस्तै हो। उनलाई पूर्णमायाले एउटा आमाले बच्चालाई जस्तै स्याहारेकी छन्। उनलाई बुढ्यौलीमा हुने रोगहरू छन्, दिनहुँ औषधी सेवन गर्नुपर्छ। यसमा पूर्णमाया कहिल्यै चुक्तिनन्। "मेराबारेमा चिन्ता लिने पनि कोही छ भन्ने लाग्दो रहेछ। यसले जीवन बाँच्ने उत्कण्ठा अझ बढ्दो रहेछ," दुर्गादत्त भन्छन्।

नेपाली विषयका प्राध्यापक कुमारबहादुर जोशीले आफ्नी पहिली पत्नी कोशलाको असामयिक निधनपछि ०५३ सालमा सरस्वतीसँग विवाह गरे। तर, उनले हेरेका थिए, सरस्वतीकी दिदी सुलोचना प्रधानलाई। सुलोचना पद्मकन्या क्याम्पसमा प्राध्यापन गर्थिन् र पीएचडीको तयारीमा थिइन्। कोशलाको निधनको केहीपछि कुमारबहादुरले एक्लो जीवन काट्न कठिन हुने अनुभव गरे। त्यसबेला उनी ५० का र सुलोचना यस्तै ४८ वर्षकी हुँदी हुन्। एकदिन पद्मकन्या क्याम्पसमा पुगेर घुमाउरो पारामा प्रस्ताव राखे। भने, "सुलोचना पीएचडी गर्ने भन्या होइन, हिँड मसँगै बनारस, उतै बसेर पीएचडी गरौली।" त्यसताका कुमारबहादुर बनारस हिन्दु विश्वविद्यालयमा अतिथि प्राध्यापक थिए। सुलोचनाले उनको घुमाउरो कुरा सोझै बुझिन् र भनिन्, "मेरी बहिनी छ, विवाह भएको छैन, ऊ पनि पीएचडी गर्न चाहन्छे, तपाईं ऊसँग विवाह गर्नूस्। म यो उमेरमा तपाईंलाई साथ दिन सक्तिनँ।" यसरी कुमारबहादुरको  ५२ वर्षमा दोस्रो विवाह भयो, ४१ वर्षकी सरस्वती प्रधानसँग।

त्यसबेला कुमारबहादुर स्वस्थ थिए तर केही वर्षपछि नै मिर्गौला रोगले थलिएर दुई-दुईपटक प्रत्यारोपण गर्नुपर्‍यो। सरस्वतीले खर्च जुटाउनेदेखि पतिको उपचारमा वर्णनै गर्न नसकिने सेवा गरनि्। "मेरो माया त उहाँको सेवामा नै समर्पित छ," सरस्वती भन्छिन्, "बिहे भएको केही समयपछि नै उहाँ थलिनुभयो, मैले उहाँको उपचार र सेवाबाहेक अर्को माया देखिनँ।" कुमारबहादुर पनि यो कुरा स्वीकार्छन्। खासमा उनी अलि आध्यात्मिक सोचका छन्। त्यसैले उनको माया मनसँग मात्र कायम रहन्छ भन्ने विश्वास छ। तर, सरस्वतीका हकमा अलिक फरक छ। उनलाई जीवनमा बैँस नै आएन। माइती अलि बढी नै अनुशासित थियो। उनलाई गीत गाउन खूब मन लाग्थ्यो, गाउँथिन् पनि तर लुकीलुकी। "मेरो बैँस त्यही गीतमा रूपान्तरति भयो।" उनीहरूको जीवनमा सहवास हुँदै नभएको पनि होइन तर सरस्वतीको महिलासम्बन्धी रोगका कारण सन्तान हुन सकेनन्।

समाजशास्त्रका प्राध्यापक दाहाल बुढ्यौली विवाहको प्रसंगमा आफ्नै वंशावली पल्टाउँछन्। दाहालहरू दुई किसिमका हुन्छन्, रूपाखेती र बूढा दाहाल हुन्। उनी बूढा दाहाल। उनीहरू बूढा दाहाल कहलिनुको पनि अर्थ छ रे ! उनका पुर्खाले ७० वर्षको उमेरमा १३ वर्षकी किशोरीसँग विवाह गरेर सन्तान जन्माएकाले उनीहरू बूढा दाहाल भएका रहेछन्। भन्छन्, "यसैबाट पुष्टि हुन्छ, सेक्सप्रति लोग्नेमान्छे कति ऊर्जाशील हुन्छ।"

प्रौढावस्थाका कारण अनेक छन् तर तिनको समीकरण भने त्यस अवस्थाको सुख-दु:ख साटासाट गर्ने साथीको खोजी नै हो। जस्तो : त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक विश्वम्भर प्याकुर्‍याल र ज्योति भण्डारीको विवाह पनि परपिक्वताको खोजीभित्रकै एउटा उदाहरण हो। विवाह गर्ने सामान्यभन्दा उमेर गुजि्रसकेको अवस्थामा ०५२ सालमा ४९ वर्षमा विश्वम्भरले सेक्सभन्दा पनि एक सहचरीका रूपमा ३३ वर्षकी ज्योतिसँग विवाह गरेका हुन्। भनिन्छ, जुन घरमा नारीका चुराको झङ्कार सुनिँदैन, त्यस घरमा बाँकी सम्पूर्ण सुविधा भएर पनि जीवन अव्यवस्थित र अव्यावहारकि हुन्छ। यस उमेरमा आफ्नो स्तरको कुरा बुझ्ने र त्यस्ता कुरामाथि विचारविमर्श गर्ने साथीको पनि आवश्यकता पर्दो रहेछ। विश्वम्भरले संकेत गरेको सबैभन्दा प्रमुख कुरा के हो भने उमेर बढ्दै गएपछि एक्लो मान्छेको आत्मविश्वास क्षीण हुँदै जाँदो रहेछ। त्यसबेला बौद्धिक जीवनसाथीको अपेक्षा हुन्छ। विश्वम्भरको त्यही अपेक्षाकी राजकुमारी हुन्, ज्योति। विश्वम्भरको जीवनमा ज्योति आएपछि एकअर्काप्रतिको सद्भाव र सहयोग एकदमै स्नेहपूर्ण छ, जो उनी एक्लो जीवनमा कल्पना गर्थे।

ज्योति गृहणी भएर भित्रिएपछि विश्वम्भरले लामो उमेरसम्म एक्लै बस्नुको अभाव पूरा भएको अनुभव गरे। जीवन सम्झौता हो। आफ्नो खुसीसँग अर्काको खुसी नमिल्न पनि सक्छ र अर्कोको इच्छा आफ्नो इच्छासँग एकाकार नहुन पनि सक्छ। यस्तो अवस्थामा सम्झौता गर्नु जीवनको सबैभन्दा बुद्धिमानी निर्णय ठहर्छ। हो, यस्तो अवस्थामा हिजोसम्म आफूले गररिहेको मनखुसीमा केही नियन्त्रण पनि लाग्न सक्छ। तर, साँचो जीवन त्यही हो, भलै विश्वम्भरले यी यावत् कुराहरूमा ज्योतिसँग सम्झौता नै गरे होलान्। तर, त्यो सम्झौता सम्झौता मात्र थिएन, यसको पछि कसैको खुसी पनि थियो र कसैको त्याग पनि। उनी सानो त्यागले जीवनको विशाल विश्व जितिरहेका थिए। उनले यसलाई गुमाएको भन्दा पनि बढी प्राप्त गररिहेको अर्थमा बुझे।

जहाँसम्म सेक्सको कुरा छ, यिनीहरू दुवै यसमा अनभिज्ञ थिएनन्। विवाह भएर आउँदा ज्योतिसँग दुई छोराहरू पनि थिए। तर, विश्वम्भरलाई दुवैले पहिल्यै आत्मसात् गरसिकेका थिए। आज ती छोराहरू ज्योतिका भन्दा विश्वम्भरका लागि बढी पि्रय भएका छन्। उनी कानुनी अड्चनले नछेकेको भए ती सन्तानलाई आफ्नै थर दिनसम्म राजी थिए।

विवाहपछि दिनचर्यामा पनि आमूल परविर्तन आउँदो रहेछ। उनी पहिलाजस्तो घर आउन प्राय: अबेर गर्दैनन्। कदाचित कामविशेषले राती आए भने छोराहरूले उनलाई हात समातेर आदरका साथ माथि लान्छन्। र, मध्यरातमै भए पनि जेठो छोराले बुबालाई इच्छाभोजन नगराई सुत्नै दिँदैनन्। "यी मेरा छोरा होइनन् भन्ने कुरा मैले कहिल्यै सम्झिनँ," विश्वम्भर भन्छन्, "उनीहरूको व्यवहारले मलाई कहीँकतै शङ्का गर्ने ठाउँ नै छोड्दैन।" विश्वम्भरलाई आफूलाई बुझ्न सक्ने एउटा साथी चाहिएको थियो। त्यो चाहना ज्योतिलाई पाएपछि सकियो।

तर, ज्योतिको चाहना अलि बेग्लै थियो। सायद यो या अन्य कुनै कारणले उनले यो दोस्रो विवाह गर्नुपर्‍यो। ज्योति प्रसिद्ध सितारवादक स्वर्गीय गणेशबहादुर भण्डारीकी छोरी हुन्। पिताजीसँग सितारवादन सिकेकी र सानैदेखि पिताजीकै काखमा खेल्दै हुर्केकीले पिताजीबाट उनलाई व्यावहारकि अभिभावकत्व प्राप्त भयो। उनी विद्यार्थी जीवनमा आफ्ना समकालीनहरूसँग भन्दा पनि अलि पाको, उनकै भनाइमा 'अलिकति मात्र होइन, निकै नै पाको' व्यक्तिसँग गफिन मन गर्थिन्। त्यसैले किशोरी मनमा आफूलाई पूर्ण रूपमा अभिभावकत्व दिनसक्ने परपिक्व व्यक्तिसँग विवाह गर्छु भन्ने सपना थियो।

विश्वम्भर र ज्योतिका विचारलाई समाजशास्त्री दाहालचाहिँ यसरी बुझ्छन्, "उमेरको अन्तर हुनेबित्तिकै लोग्नेमान्छेको कामना यौनेच्छापूर्ति पनि होला तर महिलाको हकमा चाहिँ गतिलो अभिभावकत्वको खोजी नै हो।" यही वर्गीकरणमा पर्छ दुर्गाको रोजाइ पनि। त्यसबेला उनलाई मोहनविक्रमको निरन्तर परश्रिम, लगन र कामप्रतिको समर्पणले त तानेकै थियो, साथसाथै उनको जस्तोसुकै प्रतिकूलतालाई पनि सहज रूपले स्वीकार्न सक्ने क्षमताले झन् प्रभावित पार्‍यो। एक परपिक्व अभिभावकका रूपमा मोहनविक्रमसँग उनले माया साटिन्। "उहाँ अहोरात्र खटेको देखेर मलाई सहयोग गर्न मन लाग्थ्यो," दुर्गा भन्छिन्, "पहिला त उहाँलाई सहयोग गर्ने कोही महिला भइदिए हुन्थ्योजस्तो लाग्थ्यो। तर, उहाँलाई सघाउँदा सघाउँदै म आफैँ त्यस्तो पात्रा हुन पुगेछु, थाहै नपाई माया बसिसकेछ। तर, यो माया एकोहोरो थिएन।"

विश्वम्भर र ज्योतिको उमेरका बीच झन्डै डेढ दशकको अन्तर छ। तर, उनीहरूबीचमा उमेरको यो दूरीले कहिल्यै भाँजो हालेन। किनभने, ज्योतिले आफूले खोजेजस्तै अभिभावक पति पाइन्। विश्वम्भरको अस्तव्यस्त जिन्दगी पनि ड्राइक्लिनमा सिनित्त धोएर स्त्री गरेको लुगा लगाएजस्तो भयो। हो, जिम्मेवारी बढेको थियो तर जिम्मेवारी साझेदारी गरििदने साथी पनि प्राप्त भएको थियो। विश्वम्भर भन्छन्, "हाम्रो विवाहको चुरो कुरै यही हो।" यसबाहेक उनीहरूको केही समान रुचि र भावनाले पनि एउटै डोरीमा बाँध्ने काम गरेको छ। जस्तो : ज्योति सितारवादक, सङ्गीत शिक्षक हुन्, विश्वम्भर नाम चलेका गीतकार, साहित्यकार तथा प्राध्यापक हुन्। ज्योति पनि प्राध्यापन गर्छिन्, साहित्यमा रुचि राख्छिन्।

अर्का कवि-गीतकार रत्नशमशेर थापाले जीवनका ४६औँ हिँउदमा टेकेपछि आफूभन्दा १९ वर्ष कान्छी भैरवीसँग ०४२ सालमा बिहे गरे। भोलिपल्ट विवाह छ, उनी राती ११ बजे न्युरोडबाट विवाहमा लगाउने सुट बोकेर लखरलखर एक्लै घर आउँदै थिए। व्यावहारकिता र विवाहले एकअर्कामा अर्थ राख्ने हो भने रत्नशमशेरको सायद विवाह नै हुँदैनथ्यो। भन्छन्, "म पटक्कै व्यावहारकि थिइनँ।" विवाहको टुङ्गो भएपछि बिहे भइखाएका साथीहरूले उनलाई यौनकलाको सानोतिनो क्लास नै लिए। कसैले भनिदिएछ "उमेर घर्केपछि विवाह गर्दैछौ, बच्चा नहुन सक्छ, राम्रो डाक्टरलाई जँचाइहाल।" यी कुराहरू अनुभवहीन अनुभवीहरूको फोस्रो अनुमान निस्क्यो। विवाह भएको १० महिनामै भैरवीले काखभरकिो छोरो पाइन्।

रत्नशमशेरले भैरवीसँगको सहवास र संगतपछि थाहा पाए, जीवनलाई जोड्ने त माया पोे रहेछ। यौन भनेको क्षणिक आशक्ति रहेछ, जो पछि क्षीण भएर जान पनि सक्छ तर माया अन्त्यसम्म पनि यथावत् रहन्छ। भन्छन्, "हामी हरेक हिसाबले एकअर्काप्रति सन्तुष्ट छौँ, यसमा सेक्स पनि पर्छ।" भैरवी पनि थप्छिन्, "यस पक्षमा हामीलाई कहिल्यै समस्या भएन।" भैरवीले बुझेको माया भनेको अँगालो हालेर गाईले बाछा चाटेजस्तो म्वाइँ खानु मात्र होइन। साँचो माया भनेको एकले अर्काको इच्छा बुझेर समर्पित हुनु हो। भन्छिन्, "मेरो सुख-दु:ख उहाँले र उहाँको सुख-दु:ख मैले बुझेपछि हाम्रो मायालाई जाबो सेक्सले कहाँ रोक्न सक्थ्यो र ?" कुनै जमानामा नारायणगोपालले गाएको रत्नशमशेरको 'विछोडको पीडा नसकी खप्न, दसैँको बेलामा' गीतमा नाच्ने भैरवी आखिर त्यही गीतका सर्जकको जीवन-रंगमञ्चको सहयात्री हुन पुगेकी छन्।

एक समय नेपालका नेल्सन मन्डेला भनेर चिनिने नेकपा एमालेका नेता मोहनचन्द्र अधिकारीसँग ०४७ सालमा शिक्षिका बालकुमारी खनालको विवाहको रोचक प्रसंग छ। उनीहरूको विवाह पार्टीले नै गराइदिएको हो। हालका प्रधानमन्त्री झलनाथ खनालले बालकुमारीको कन्यादान गरेका थिए। जसको साक्षी बसेका थिए, तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, एमालेका नेता मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रति, माधव नेपाल आदि।

एकपटक भैरहवामा, एउटै जेलमा मोहनचन्द्र र बालकुमारी बसेका थिए। त्यसबखत मोहनचन्द्रले बालकुमारीलाई अभिभावकत्वपूर्ण व्यवहार गरेका थिए। आफ्नो मेसबाट पकाएर उनलाई खाना पठाउँथे। तर, बालकुमारीले यसलाई मोहनचन्द्रको मायाजाल भन्ने बुझेकी थिइनन्। लामो जेलयात्रापछि ०४६ सालमा मोहनचन्द्र मुक्त भएपछि पार्टीले उनलाई विवाह गर्ने प्रस्ताव राख्यो। अनि, मोहनचन्द्रले पनि भनिदिएछन्, "लौ मेरो विवाह पार्टीले गरििदन्छ भने मैले कन्या खोजिसकेको छु !" मोहनचन्द्रजस्तो कठोर मानिसका मुखबाट यस्ता शृंगारकि शब्दहरू सुनेपछि पार्टीका मान्छेहरू पहिला त छक्क परेछन् र यसबारेमा सोधेछन् पनि। त्यतिखेर कठोर भनिएका मोहनचन्द्रका ओठबाट कोमल आवाजमा आफूले खोजेकी कन्याको नामोच्च्ाारण भयो, "बालकुमारी खनाल।" अनि, रातारात कुरा चलाइयो। यसरी मोहनचन्द्र र बालकुमारीको पार्टी-विवाह गराइयो।

मोहनचन्द्र र बालकुमारीको उमेरमा ३० वर्षको फरक छ। ५४ वर्षको उमेरमा बिहे गर्दा रत्नशमशेर थापाका साथीहरूले भनेझैँ उनलाई कुनै समस्या त परेन ? यस प्रश्नमा मोहनचन्द्र पुरानै शैलीमा प्रस्तुत भए तर विनम्र वाणीमा। भने, "सेक्सलाई बहिष्कार नै गरेको भए दुई-दुईवटा छोरा कसरी हुन्थे ? यो प्राकृतिक कुरा हो, अनुभूतिपूर्ण कुरा हो र आवश्यक कुरा पनि हो। यस्ता कुरा भन्नलाई लाज मान्नु, धक मान्नु पर्दैन।"

बालकुमारी मायामा सबथोक देख्छिन्। "कठोर मोहनचन्द्रलाई यतिसम्म बनाउन सकेँ, दाम्पत्यजीवनको सबैभन्दा सकारात्मक कुरा नै यही हो," उनी अलि भावुक पनि हुन्छिन्, "म आफ्ना कारणले मात्र उहाँमा परविर्तन आयो भन्दिन् तर उहाँ राजनीतिको निरस जीवनबाट सजिलै सामाजिक जीवनमा प्रवेश गर्नुभयो।" जैविक पक्षमा उनको अनुभवले भन्छ, दिनभरिका कामको थकानले बरु कहिलेकाहीँ उनलाई शिथिल बनाउँछ तर मोहनचन्द्रमा आजसम्म कुनै कमी-कमजोरी उनले अनुभव गरेकी छैनन्। भन्छिन्, "बुढेसकालमा विवाह गर्दा यौनिक अभाव हुन्छ भन्ने कथन हाम्रो हकमा गलत छ।"

उनी मायाका लोलेपोते कुरा जान्दैनन्। भन्छन् नै, "म विशुद्ध राजनीतिक मान्छे हुँ, म सामाजिक पनि छैन।" पतिपत्नी भएपछि माया नहुने कुरा पनि त होइन। तर, उनको नैसर्गिक माया हो, देखावटी गर्न जान्दैनन्। भन्छन्, "हाम्रो दाम्पत्य सुखद छ। उहाँ -उनी पत्नीलाई तपाइर्ं सम्बोधन गर्छन्)ले मलाई बढी हेरविचार गर्नुहुन्छ, म त्यति गर्दिनँ।" यस कुरामा बालकुमारी अलिक संवेदनशील बन्छिन्, "मलाई उहाँको नाम नै प्रशस्त छ। मैले जहाँ गए पनि उहाँको पत्नीका रूपमा मनग्य सम्मान पाएकी छु। तैपनि, उहाँ मलाई सुख दिन सकिन भनेर पीर गररिहनु हुन्छ। मलाई उहाँका यी शब्दले मुटुमा काँडा बिझेझैँ घोचिरहन्छन्।"

सामान्यतया विवाहपछि परिवार चलाउने जिम्मेवारी पतिले नै लिन्छ। तर, कुमारबहादुर जोशी र मोहनचन्द्र अधिकारीका सन्दर्भमा यो अपवाद भएको छ। सरस्वती जोशी कुमारबहादुर जोशीकी दुलही भएर भित्रिएको केही वर्षमै पति मिर्गौला रोगले थलिए। आर्थिक अवस्था पनि अनुकूल थिएन। पहिलो प्रत्यारोपण गरेर आएपछि दिनको दुई हजार रुपियाँको औषधी चाहिन्थ्यो। यसको सम्पूर्ण व्यवस्था सरस्वती एक्लैले गर्नुपथ्र्यो। त्यही बीचमा जोशीको अर्को मिर्गौलाको पनि प्रत्यारोपण गर्नुपर्‍यो। यसका लागि घरमा एक सुका दाम थिएन। कसरी जुटाइन् होला, सरस्वती एक्लैले। त्यतिबेला एक रुपियाँ पनि उनका लागि ठूलो सहयोग हुन्थ्यो। एउटा प्रसंग सुनाउँछिन्, सरस्वती। दोस्रो प्रत्यारोपणका लागि कुमारबहादुरलाई लिएर उनी मद्रास पुगेकी थिइन्। बाटामा डुल्दै हिँड्दा कुमारले एउटा कम्मरपेटी मन पराए। सरस्वतीले दाम सोधिन्, ४० भारु रहेछ। अनि, सम्झाउँदै भनिछन्, "पहिला अपरेसन सकौँ अनि किनौँला नि !" यतिसम्मको आर्थिक विपन्नता थियो। सरस्वती भन्छिन्, "मैले कसरी व्यवहार मिलाएँ होला, आज सम्झिँदा पनि कहाली लाग्छ।"

यस्तै विवाह गरेर बालकुमारीलाई भित्र्याउँदा मोहनचन्द्रसँग सम्पत्तिका नाममा एककञ्चो दाम पनि थिएन। लामो समय जेल बसेर बाहिर आएका उनको कुनै व्यवसाय हुने कुरा पनि भएन। तर, पत्नी बालकुमारी कत्ति पनि विचलित भइनन्। उनलाई पहिल्यै थाहा थियो कि उनी कुनै सम्पत्तिवालसँग होइन, राजनेतासँग विवाह गर्दैछिन्। राजनेता पनि यस्तो, जो १८ वर्ष जेल जीवन बिताएर बाहिर आउँदा दुनियाँमा आमूल परविर्तन भइसकेको थियो। त्यसबेला उनी शिक्षिका थिइन्, जेनतेन घर धान्दै आइन्। एमालेले मोहनचन्द्रलाई प्रतिमहिना पाँच हजार रुपियाँ दिन्थ्यो, त्यो पैसाले आज त उनलाई औषधी किन्न पनि पुग्दैन। किनभने, मोहनचन्द्रलाई १७ थरी रोग छन्। जेलले दिएको उपहार हो यो उनलाई। तर, उनकै पार्टी आज सत्तामा छ, अझ बालकुमारीलाई कन्यादान दिने व्यक्ति नै प्रधानमन्त्री छन्। तर, मोहनचन्द्रको पार्टी सहुलियत बढेको छैन।

यति हुँदाहुँदै पनि बालकुमारीले आफूलाई एक निडर र अविचलित नारीका रूपमा खडा गरनि् र जस्तै प्रतिकूलतामा पनि नम्रता र शालीनतापूर्वक पतिलाई साथ दिइरहिन्, दिइरहेकी छन्। अहिले ऋण काढेरै भए पनि एकतले सानो घर बनाएकी छन्, आमासँग मिलेर। भन्छिन्, "जीवन भनेकै उतारचढाव हो, त्यसैले यसको सामना गर्न सक्नुपर्छ।"


मानिसको जीवनको आवश्यकता प्रेम नै हो, सेक्स त त्यसको एउटा पाटो मात्र हो ।

मोहनविक्रम सिंह


माया र विचार मिलिसकेपछि सेक्स पनि एकदमै उच्चस्तरको र पूर्ण सन्तोषदायी हुन पुग्दो रहेछ ।

दुर्गा सिंह



पतिपत्नी भएपछि सेक्स नहुने कुरै छैन तर म नैसर्गिक मायामा जोड दिन्छु, देखावटी र कृत्रिम माया गर्न म जान्दिनँ ।

मोहनचन्द्र अधिकारी


माया भनेको दाम्पत्य जीवनमा एकअर्काको न्यायो सहयोग हो । साँचो मायामा उमेरको अन्तरले

बाधा गर्दैन ।

बालकुमारी अधिकारी


सेक्स जैविक आवश्यकता  

मोहनविक्रम सिंह

मानवजीवनका लागि सेक्स अपरहिार्य छ। सामाजिक दृष्टिकोणबाट या जैविक दृष्टिकोणबाट होस्, सेक्स नितान्त आवश्यक कुरा हो। यसबिना सृष्टि नै चल्दैन, जीवनको गति अघि बढ्नै सक्तैन। यस अर्थमा यसको महत्त्व स्वयंसिद्ध छ। जीवनको निरन्तरताका लागि पनि सेक्स अनिवार्य छ।

मैले ६५ वर्षको उमेरमा ३० वर्षकी दुर्गासँग विवाह गरेँ। भनिरहनु पर्दैन, माया, विवाह र सेक्स एकअर्कामा अन्योन्याश्रति छन् मानव जीवनका लागि। तर, यसको महत्त्वपूर्ण पक्षचाहिँ प्रेम नै हो। जब मान्छे प्रेममा पर्छ, अनि सेक्स पवित्र र सुखमा रूपान्तरति हुन्छ।

वृद्धावस्थामा सेक्सको ऊर्जा क्षीण हुन्छ र पनि पतिपत्नीबीचको प्रेम सुमधुर नै रहन्छ। हामीले ९० वर्षका बूढाबूढीको सुखद दाम्पत्य जीवन पनि देखेका छौँ। आफ्नो अनुभव र भोगाइको कुरा गर्ने हो भने प्रेमको सम्बन्ध सेक्सभन्दा धेरै माथि छ। हो, प्रेम सेक्ससँगै गाँसिएर आउँछ। यसरी गाँसिएर आउने सेक्स सधैँ पवित्र र चोखो हुन्छ। यो जैविक आवश्यकता पनि हो। त्यसैले म र दुर्गाबीच ३५ वर्षको अन्तर छ तर सेक्सको पाटोमा हामीबीच आजसम्म कुनै समस्या आएन। तर जीवनको आवश्यकता भनेको प्रेम नै हो। 'सेक्स' त यसको एउटा अंश मात्र हो।

मैले दुर्गासँग विवाह गर्दा मेरी पहिली पत्नीसँग सम्बन्धविच्छेद भएको ११ वर्ष बितिसकेको थियो। ती ११ वर्ष मेरा लागि नितान्त एकाकी, रुखो, कहालीलाग्दा थिए। शारीरकि र मानसिक रूपमा पनि पीडादायी थिए। यस अवस्थामा मलाई सेक्सभन्दा प्रेम र अपनत्वको खाँचो थियो। दुर्गासँगको सानिध्यले ममा आमूल परविर्तन आयो। मलाई मानसिक रूपमा सन्तुलित बनायो, एउटा सन्तुष्टि प्राप्त भयो। यसकारण मेरो राजनीतिबाहेकका सिर्जनात्मक लेखनकार्यमा समेत म एकाग्र हुनसकेँ। मेरो दिनचर्या सन्तुलित र नियमित हुनपुग्यो। वामपन्थी विचारधाराबाट हेर्दा पनि माया र सेक्स सँगसँगै जोडिएर आउनुपर्छ। दुर्गासँगको विवाहपछि मैले सम्पूर्ण पारिवारकि सुख प्राप्त गरेँ। मैले उनीसँग विवाह नगरेको भए मेरा ती ११ वर्षहरू कति कष्टकर रूपमा व्यतीत भएछन्, सायद अनुभव गर्न पाउने थिइनँ।

प्रेमको अभावमा सेक्सले मानसिक र शारीरकि दुवैखाले सन्तुष्टि दिन सक्तैन। लेनिनले लेखेका छन् कि प्रेमबिनाको सेक्स बलात्कार हो। प्रेम र सेक्स आपसमा एकाकार हुँदा जीवनले पूर्णता प्राप्त गर्छ। तर, सेक्सबिनाको जीवनले समस्या पार्छजस्तो लाग्दैन।

राजनीतिबाहेकको सिर्जनात्मक काममा पनि म आनन्द प्राप्त गर्छु। यसले रुखो जीवनबाट छुटकारा दिन्छ। मैले सिर्जनामा हात नहाली खालि निरस राजनीति गररिहेको भए सायद सिर्जनासँग विवाह पनि गर्दिन थिएँ कि !

म आफू ११ वर्ष उभिएको ठाउँबाट नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको अवस्थालाई विचार गर्छु। उहाँको जीवन कति रुखो र सुक्खा होला ! उहाँ एकोहोरो राजनीतिमा लाग्नुभएको छ। त्यसैले उहाँको जीवनमा सौन्दर्य र सन्तुलनजस्ता पक्षहरूको अभाव छ कि जस्तो लाग्छ। उहाँ मेरो तुलनामा धेरै निरस र दु:खी हुनुहुन्छ।

जो मानिसले सिर्जना र कलात्मक पक्ष बुझेको हुन्छ, उसमा कोमल र सौन्दर्य पक्ष पनि निहित छ भने उसले अर्को साथी पनि खोज्छ, जुन मैले खोजेँ। सामाजिक कुरा बुझ्न परिवारमा बस्नैपर्छ। समाज भनेको विवाह पनि हो र विवाह भनेको प्रेम पनि हो। यही बु्झेर मैले दुर्गासँग विवाह गरेँ।

म आफू ११ वर्ष उभिएको ठाउँबाट नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको अवस्थालाई विचार गर्छु । उहाँको जीवन कति रुखो र सुक्खा होला ! उहाँ एकोहोरो राजनीतिमा लाग्नुभएको छ । उहाँको जीवनमा सौन्दर्य र सन्तुलनजस्ता पक्षहरूको अभाव छ कि जस्तो लाग्छ । उहाँ मेरो तुलनामा धेरै निरस र दु:खी हुनुहुन्छ ।

हनिमुन पनि

बुढेसकालमै विवाह गरेका भए पनि मोहनविक्रम सिंह र दुर्गा घुम्नै भनेर दार्जीलिङ गए र छ दिन बिताएर फर्के। हनिमुनका लागि जानुभएको थियो या पार्टीको कामले ? दुर्गा भन्छिन्, "हामी घुम्न गएका थियौँ, अब यसलाई हनिमुनकै संज्ञा दिए पनि फरक पर्दैन।"

दुर्गादत्त जोशी र पूर्णमायाले चाहिँ महँगो ठाउँमा मनाए हनिमुन। विवाहलगत्तै कार्यालयको कामले जोशी स्वीट्जरल्यान्ड जानुपर्ने भयो, उनले पूर्णमायालाई पनि सँगै लिएर गए। भन्छन्, "एक किसिमले हनिमुन हामीले त्यतै मनायौँ।"

संयोगले विश्वम्भर प्याकुर्‍यालले पनि विवाहको केही दिनपछि नै छात्रवृत्ति पाएर युरोप भ्रमणको निम्तो पाए र ज्योतिलाई पनि सँगै लिएर गए। विश्वम्भर भन्छन्, "यो एउटा संयोग थियो तर सदाकाललाई अविस्मरणीय बन्यो।"

विवाहताका कुमारबहादुर बनारस हिन्दु विश्वविद्यालयमा अध्यापन गर्थे। त्यसैले विवाहलगत्तै सरस्वतीलाई लिएर बनारस फर्के। "यसलाई हनिमुन मान्दा हुन्छ भने यो हनिमुन नै थियो," कुमार भन्छन्, "तर, हामी लामो समय त्यहाँ बस्यौँ।"

जैविक, मानसिक, प्राज्ञिक सबै किसिमले रुचि मिल्यो भने त्यो सच्चा माया हुन्छ, त्यो हामीमा छ ।

विश्वम्भर प्याकुर्‍याल


गतिलो अभिभावकत्व र

एउटा बौद्धिक सन्तुष्टि पूर्ण गर्ने साथीसँगको सम्बन्ध नै सच्चा माया हो ।

ज्योति प्याकुरेल



साँचो माया मनले मात्र जान्दछ, जो जुनीजुनीदेखि गाँसिएर आएको हुन्छ।

कुमारबहादुर जोशी



दाम्पत्य एउटा ठूलो जिम्मेवारी हो र त्यसका लागि आफूलाई नि:स्वार्थ समर्पित गर्नु माया हो ।

सरस्वती जोशी



माया भनेको आपसी सम्झौता र व्यवहार हो ।

रत्नशमशेर थापा


सेक्स आवश्यक छ तर अँगालो हालेर गरिनेभन्दा एकअर्काको सुखदु:ख बुझेर त्यही अनुसार काम गर्नु साँचो माया हो ।

भैरवी थापा



एकअर्काको रुचि-अरूचि बुझेर व्यवहार गर्नु माया हो ।

दुर्गादत्त जोशी

उहाँ जेमा खुसी हुनुहुन्छ, त्यसमा समर्पित भएर काम गर्नु नै मेरो अर्थमा वास्तविक माया हो ।

पूर्णमाया जोशी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out