गिरिजाप्रसादको रेकर्ड तोडे प्रचण्डले

काठमाडौँ । कुनै समय नातावादी नेताका रूपमा गिरिजाप्रसाद कोइरालाले कायम गर्नुभएको रेकर्ड माओवादी अध्यक्ष प्रचण्डले तोड्नुभएको चर्चा माओवादीभित्र चल्न थालेको छ। आफ्ना बहिनीज्वाइँ (जसलाई कफी र कफीको विकासबारे सामान्य जानकारीसमेत छैन) लाई कफी विकास बोर्डको अध्यक्ष बनाइएपछि प्रचण्डको नातामोहबारे पार्टीमा गम्भीर ढङ्गले चर्चा सुरु हुन थालेको हो। प्रचण्डले बहिनीज्वाइँ रमण पाठकलाई कफी विकास बोर्डको अध्यक्ष बनाइदिनुभएको छ, जसको युद्धकालमा पार्टीलाई कुनै प्रकारको सहयोग नरहेको बताइन्छ। तर, युद्धकालमा पार्टीलाई सहयोग नगरेका र कुनै पनि जोखिमयुक्त काम नगरी सुरक्षित निजी जीवन बाँचेका नातेदार या पारिवारिक सदस्यहरूमध्ये प्रचण्डबाट पुरस्कृत रमण पाठक पहिलो व्यक्ति भने होइनन्। यसअघि छोरी रेणु दाहाल (पाठक) सभासद् बनाइएकी छिन्। युद्धकालमा भारतको पञ्जावमा घर भएका टीबी पाठकका छोरा अर्जुन पाठकसँग विवाह गरी रेणु गृहिणीका रूपमा सुरक्षित र शान्त जीवन निर्वाह गर्दै थिइन्। अहिले प्रचण्डले रेणुलाई सभासद् र ज्वाइँ अर्जुन पाठकलाई माओवादी संसदीय दल कार्यालयको खजाञ्ची बनाइदिएका छन्। त्यस्तै, युद्धकालभरि भारतमा शान्त र सुरक्षित जीवन बिताउने छोरा प्रकाशलाई प्रचण्डले जिल्ला समितिभन्दा माथिल्ला तहको राज्य समिति सदस्य बनाएका छन्। प्रकाशलाई पार्टीमा शक्तिशाली व्यक्तिका रूपमा लिइन्छ। जेठी छोरी ज्ञानु दाहालका पति सागर केसीलाई पनि गणतान्त्रिक मञ्चमा सामेल गरी राज्य समिति सदस्य बनाइएको छ। निजको युद्धकालमा कुनै प्रकारको योगदान नरहेको बताइन्छ। कान्छी छोरी गंगा दाहाल जो भारतको सिलिगुडीमा नारायण प्रधानसँग विवाह गरी घरजम गरी बसेकी थिइन् उनलाई शान्तिप्रक्रियामा आएपछि नेपाल बोलाएर राज्य समितिको सदस्य बनाइएको छ। गंगाको नेपाल आगमनलाई माओवादीभित्र सुजाता कोइरालाको आगमनसँग तुलना गरेर हेर्ने गरिन्छ र खिल्ली उडाइन्छ। भनिन्छ गंगाले आफ्ना पति नारायण प्रधानसँग सम्बन्धविच्छेद गरिसकेकी छिन्। उनी आफ्ना पिता प्रचण्डसँग हिँड्ने गर्छिन् र पार्टीमा शक्तिशाली महिलाका रूपमा चिनिन्छिन्। गंगाले पनि युद्धकालमा आफूलाई सुरक्षित राख्नेबाहेक अन्य कुनै काम गरेकी थिइनन्। त्यस्तै, प्रचण्डकी श्रीमतीको बाहेक अन्य कुनै पार्टी भूमिका निर्वाह नगर्ने सीता दाहाललाई पार्टीको सल्लाहकार बनाइएको छ। माओवादीमा प्रचण्डको चकचकी अलिक बढी नै भएका बेला सल्लाहकार बनाइएकी सीता पछिल्लो समयमा प्रचण्डमाथि निकै हावी भएकी छिन्। उनको आफ्नै लगानी रहेको टेलिभिजन एबीसीमा सीताको जीवनी धाराबाहिक रूपमा प्रस्तुत भइरहेको छ र त्यसमा उनले प्रचण्डलाई प्रचण्ड बनाउनुको श्रेय आफूले लिन खोजेको महसुस दर्शकहरूले गरेका छन्। जे होस्, अहिले सीता दाहाल पनि बलवान् व्यक्तिका रूपमा पार्टीभित्र स्थापित छिन्। युद्धकालमा सबैजसो समय उनले भारतमा बिताएकी थिइन्। भारतमा बसेर आफूलाई सुरक्षित राख्ने भाइ नारायण दाहाललाई प्रचण्डले पार्टीको केन्द्रीय सदस्य र सभासद् बनाइदिएका छन्। नारायण नेवाः राज्य समितिका सचिवसमेत छन्। नारायण दाहालका छोरा समीर दाहाललाई प्रचण्डले स्वकीय सचिव बनाएका छन्। युद्धकालमा कुखुराको अण्डा व्यापार गरेर बसेका समीरलाई राज्य समितिको सदस्य बनाइएको छ र उनलाई पनि शक्तिशाली व्यक्तिका रूपमा पार्टीभित्र लिइन्छ। समीर दाहालकी पत्नी कल्पना विसुराललाई राज्य समिति सदस्य बनाइएको छ र रेडियो नेपालबाट सञ्चालित कार्यक्रम घटना र विचार सञ्चालनको जिम्मेवारी दिइएको छ। नारायण दाहालका भाइ रमण दाहाललाई राज्य समिति सदस्यको जिम्मेवारी दिँदै गणतान्त्रिक मञ्चमा क्रियाशील तुल्याइएको छ। युद्धकालमा रमण दाहाल पनि आफ्नै घरधन्दामा व्यस्त भई जीवन निर्वाह गर्दै थिए। जोखिमपूर्ण युद्धमा आफ्नो ज्यानको पर्वाह नगरी हिँड्ने हजारौं कार्यकर्ता हुँदाहुँदै प्रचण्डले आफ्नै नातेदार र पारिवारिक सदस्यहरूलाई मात्र मौका दिएपछि प्रचण्डलाई आफ्नै पार्टीभित्र गिरिजाप्रसाद कोइरालाको नयाँ अवतारका रूपमा समेत लिन थालिएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out