प्रेम प्रस्ताव अस्वीकार गरेपछि सामूहिक बलात्कार गरी हत्या

 बुटवल, असार २६ (नागरिक)- एक महिनाअघि नवलपरासीको बर्दघाटमा हत्या गरिएकी किशोरी शुभेच्छा चापागाईंको हत्या बलात्कारपछि भएको पत्ता लागेको छ। हत्यामा संलग्न अभियुक्तसँगको बयानका क्रममा हत्या सामूहिक बलात्कारपछि भएको खुलेको हो।
प्रहरीले हत्याका मुख्य नाइके स्थानीय आइटम भनिने अशोक गुरुङसहित ग्रेड भनिने राजु बिक, उनका भाइ देशी भनिने अर्मन सुनार, गोरे भनिने राजकुमार मगर, भान्जे भनिने सुभाष दर्जी र विष्णु सुनारलाई पक्राउ गरेको छ।
नवलपरासी माकर- ४ की १७ वर्षीया चापागाईंको जेठ ३१ गते राति घरको छतमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
प्रहरीका अनुसार राति एक बजे झ्यालको भेन्टिलेसन फोरेर अशोक र राजु शुभेच्छाको कोठाभित्र प्रवेश गरेका थिए। कोठामा प्रवेश गरेका अशोकले प्रेम प्रस्ताव राखे।
शुभेच्छाले प्रेम प्रस्ताव अस्वीकार गरेपछि समातेर उनीहरूले घरको छतमा लगेका थिए। छतमा सामूहिक बलात्कारपछि बेहोस भएकी उनलाई छुरी प्रहार गरी हत्या गरेको अभियुक्तहरूले प्रहरीलाई बयान दिएका छन्।
प्रहरीले रगतले लत्पतिएका अभियुक्तको कपडा, छुरी र लुटिएको शुभेच्छाको मोबाइल बरामद गरेको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out