पोस्टपेड, एडीएसएल र आधारभूत फोनको पनि रिचार्जकार्ड

काठमाडौ, श्रावण ११ - नेपाल टेलिकमले पोस्टपेड मोबाइल, एडीएसएल र आधारभूत फोनको समेत रिचार्जकार्ड ल्याउने भएको छ । उपभोक्ताले पैसा बुझाउन टेलिकम कार्यालय वा बैंक धाउनुपर्ने समस्या भोगेको भन्दै कम्पनीले यस्तो गर्न लागेको हो ।
'केही महिनाभित्रै पोस्टपेड मोबाइल र आधारभूत फोनको रिचार्जकार्ड ल्याउँदै छौं,' कम्पनीका प्रबन्ध निर्देशक विश्वनाथ गोयलले भने, 'ग्राहकले पैसा तिर्न टेलिकमको काउन्टरमा आउन नपरोस् भनेर हामीले यस्तो व्यवस्था गर्न लागेका हौं ।' उनका अनुसार यी सेवाको रिचार्जकार्ड पि्रपेड मोबाइलको रिचार्जकार्ड जस्तै बाहिर पसलमा पाउँछ । त्यहाँबाट किनेर उपभोक्ताले सजिलै आफ्नो सेवाको शुल्क तिर्न सक्नेछन् ।यस्तै कम्पनीले कमदरको रिचार्ज कार्डको मागअनुसार इलेक्ट्रानिक पिनलेस रिचार्जकार्ड ल्याउने भएको छ । यसमा दस रुपैयाँदेखि एक हजार रुपैयाँसम्म रिचार्ज गर्न सकिनेछ । एकै ठाउँमा धेरै जम्मा हुँदा आउने नेटवर्कको समस्या सम्बोधन गर्न कम्पनीले यसै वर्ष बीटीएस भ्यान ल्याउने भएको छ । एउटा ग्राहकले लिने सबै प्रकारका सेवाको एउटै बिल उपलब्ध गराउन कम्पनीले कन्र्भजेन्ट बिलिङ सिस्टम ल्याउने भएको छ ।
अन्तर्राष्ट्रिय अन्तर आबद्धताका लागि धेरै नेपाली बसेका मुलुकका दूरसञ्चार कम्पनीसँग सम्झौता भइरहेको र नयाँ कम्पनीसँग पनि सम्झौता गर्ने योजना रहेको उनले बताए । भारत, कतार, मलेसिया, दुबई र बंगलादेशका सेवा प्रदायकसँग सम्झौता भइसकेको र यस आवमा साउदी अरब, सिंगापुर, अस्ट्रेलिया, हङकङ र अमेरिकाका सेवा प्रदायकसँग सम्झौता गरिने उनले बताए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out