ग्ल्यामर पोखरा

कास्की, अषाढ २५ - टु पिस पहिरनमा फोटोसुट गरेकी तालनगरीकी दीपा कार्की ग्ल्यामरमा केही उदार छिन् । ओहो अलि बढी ग्ल्यामर भएन र पंक्तिकारको वाक्य खस्न नपाउँदै उनले जवाफ फर्काइन्,  'जमाना ग्ल्यामर नै छ त अनि हुनु परेन त ?'बरु यहाँ ग्ल्यामर प्रदर्शन गर्नेहरूको होड बढ्दै छ । बढेको फेसन गतिविधिले यहाँको ग्ल्यामरले राजधानीलाई पनि माथ गरेको छ । पहिरन खोज्दै पहिला जस्तो अहिले राजधानी धाउनु पर्दैन, फेसन डिजाइनर सविता शेरचन भन्छिन्- 'सबै डिमान्ड पोखराले नै पूरा गरिदिन्छ ।' बग्रेल्ती खुलेका बुटिकदेखि उच्चस्तरीय फेसन हाउसले युवायुवतीको चाहना पनि परिपूर्ति गराइदिएको छ । हङकङ, बेलायत अमेरिका बसोबास गर्ने यहाँको जमात बाक्लो छ । उनीहरूले नै यहाँ आएर अझ बढी ग्ल्यामरको टे्रन्ड बसालिदिएका छन् । 'पोखरा ग्ल्यामर फेसनको मामिलामा कहाँको कम हुनु,' मिस्टर कास्की २००२ का दीपक बानियाँ भन्छन्, 'पहिला र अहिलेको पोखराको ग्ल्यामर तुलना गर्न मिल्दैन ।'

केही समययता सुस्ताएको पोखराको मोडलिङ फस्टाउँदै गएपछि ग्ल्यामर पहिरनमा ठाँटिएर हिँड्ने तन्नेरीहरू बढेका हुन् । आम्मै कस्तो पहिरन, सुरुका दिनमा  ग्याल्मर पहिरन गरेर हिँडनेहरू देखेर धेरैले यसरी नै जिब्रो टोक्थे । तर अहिले जमाना बदलिएको छ । 'अहिले समय नै ग्याल्मरको छ,' मोडलिङको संसारमा होमिएकी मोडल एन्जिला थापा भन्दै थिइन्, 'समयअनुसार चलिएन भने त पछि परिहालियो नि ।' हो त, उनले भने जस्तै अहिले पोखरामा ग्ल्यामरको होड बढेर गएको छ । मोडल मात्र होइनन् अन्य  युवायुवतीहरू पनि सेक्सी लुक्सका लागि ग्ल्यामर प्रदर्शन गर्न चुक्दैनन् । पहिला जस्तो छोटो पहिरन गरेर हिँड्दा जिब्रो टोक्ने समय अहिले यहाँ छैन ।
हो त अहिले युवतीहरू मात्र होइन युवाहरू पनि ग्ल्यामर पहिरनको मामिलामा कम देखिँदैनन् । कुनै समय फेसन शोका र्‍याम्पमा उत्रन समेत धक मान्नेहरू आजभोलि जुनसुकै बेला पनि टु पिस पहिरनमा ग्ल्यामर देखाउन पछि हट्दैनन् । यस्तो ग्ल्यामर पहिरन किन भन्ने प्रश्न राख्न नभ्याउँदै फेसनेबल युवतीहरू जवाफ फर्काइहाल्छन्, 'जमाना अनुसार चल्न पनि हिच्चिकचाउनु हुन्छ
त ?' अभिभावकहरूको फराकिलो सोचाइले पनि यहाँको ग्ल्यामर फिल्ड फस्टाउँदै गएको छ । त्यसो त पछिल्लो समयमा यहाँ वेबसाइट मोडलिङको विकासले गर्दा पनि ग्ल्यामर क्षेत्र फस्टाउने मौका पाएको हो । यहाँ चल्तीमा रहेका लभ्लीपोखरा डकटकम, पोखरासिटी डकटकम आदि वेबसाइटहरूले ग्ल्यामर फोटोसेसनलाई महत्त्व दिँदै आएका छन् ।
वेबसाइटको टाउकोमा ग्ल्यामर तस्बिर राखेर आफ्नो व्यवसायको प्रवर्द्धन गरिरहेका छन् । वेबसाइटले पनि ग्ल्यामर क्षेत्र प्रतिको  दृष्टिकोणमा परिवर्तन ल्याइदिएको छ, लभ्लीपोखरा डटकमका ओम लामाले भने, 'ग्ल्यामर फोटोसेसनको आकर्षण बढेको छ । त्यसैगरी यहाँ भइरहने सौन्दर्य प्रतियोगिता  फेसन शो र म्युजिक भिडियो निर्माणको रफ्तारले पनि ग्ल्यामर क्षेत्रको आकर्षणले हरेकलाई तान्दै लगेको छ ।  नगरको चोक होस् या गल्ली, ग्ल्यामर छनक दिने पहिरनको प्रदर्शन गर्नेहरूको संख्या पनि बढेर  गएको छ । 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out