इभा र केटको समलैङ्गिक प्रेम दृश्य

हस्ती नायिकाहरु इभा लोन्गोरिय र केट कास्टिलो समलिङ्गी त होइनन् ? भन्ने हल्लाले अहिले हलिउड निकै तातेको छ । पुरुषप्रति भन्दा पनि यो जोडी एक अर्कासँग नै शारारीक तथा भावनात्मक तवरले आकषिर्त देखिन्छन् । त्यति मात्र हो र, उनीहरु प्रेमपुर्ण किस सिनमा पनि क्यामेराभित्र कैद भएका छन् । यो कहानी हो इभा र केट दुबैको अभिनय रहेको आगामी फिल्म ‘विदआउट मेन’ को ।
जेम्स केननद्वारा लिखित ‘टेल्स अफ दि टाउन अफ विडोज’ नामक उपन्यासमा बन्न लागेको उक्त फिल्ममा दुबै हलिउड नायिकाहरु देखापर्दैछन् । ल्याटिन अमेरिकाको एक गाउँका सबै पुरुषहरुलाई गुरिल्ला क्रान्तिकारीहरुले सैन्य भर्नामा लिएपछि केट गाउँको प्रमुख बन्छिन् । कोहि पुरुष नभएकाले महिलाहरुले नै पुरुषको परम्परागत भूमिका निभाएको फिल्ममा देखाइएको छ । इभा र केटबीचको लभ सिन निकै कामुक रहेको निर्देशक गबि्रएला टाकलिएभिनीले बताएकी छिन् । ‘यो दृश्य कैद गर्न केहि गाहृो थियो । दुबै युवतीहरुहरु केहि आत्तिएका थिए र सुटिङ्कका क्रममा उनीहरु धेरै हासे पनि,’ निर्देशकलाई उधृत गर्दै दि डेली मेलले जनाएको छ ।
महिला दर्शकहरु पोर्न हेर्न नरुचाउने हुदाँ इभा र केटबीचको प्रेम दृश्य अझ सान्दर्भिक र सुन्दर हुने गबि्रएलाको दाबी छ । दुबै नायिकाहरु सुन्दर र आकर्षक देखिएको भन्दै उनले भनिन्, ‘इभा डेसपरेट हाउसवाइभ्समा भन्दा बढी सेक्सी देखिएकी छिन् । प्रहरी अधिकारीको भूमिकामा उनको अभिनय वास्तविक झै देखिन्छ ।’

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out