‘मोबाइल प्रयोगले ब्रेन क्यान्सर हुन्न'

न्युयोर्क- विश्व स्वास्थ्य स्रगठनले मोबाइल फोनको अत्याधिक प्रयोगले ब्रेन ट्युमर हुन्छ भन्ने रिर्पोट सार्वजनिक गरेको एक महिना नबित्दै एक अर्को अध्ययनले त्यसको खण्डन गरेको छ। इन्टरनेसनल कमिसन अन नन आइनिजिङ रेडियन्ट प्रोटेक्सन्स कमिटीले अन्तराष्ट्रिय मोबाइल प्रयोगकर्ताबीच गरेको अध्ययनले फरक परिणाम दिएको जनाएको छ। २० वर्षदेखि मोबाइल चलाइरहेका मानिसमा गरिएको अध्ययनले स्वास्थ्य संगठनले भन्दा फरक रिपोर्ट दिएको हो।

यो अध्ययनलाई इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर रिभ्युले भनेको छ, ...मानिसको स्वास्थ्यमा प्रविधिको नकारात्मक प्रभाव हुनसक्छ तर ४ अर्ब ६० करोड मोबाइल प्रयोगकर्ताले मोबाइल छाडिहाल्नुपर्ने अवस्था भने आएको होइन। कुनै पनि अध्ययनले मोबाइलकै कारण ब्रेन क्यान्सर भएको पुष्टि गर्न सकेको छैन।'
मोबाइलले मानिसको शरीरमा पारेको असरबारे अध्ययन गर्नु आफैमा कठिन काम हो। मोबाइल नहुँदा पनि मानिसमा क्यान्सर हुन्थ्यो। त्यसैले विश्व स्वास्थ्य संगठनको रिपोर्ट विवादमा घेरिएको छ। मोबाइल फोन प्रयोग गर्नेहरुबारे बेलायत, स्विडेन, अस्ट्रेलिया र अमेरिकी विज्ञहरुको टोलीले अध्ययन गरेको थियो। उनीहरुले मोबाइलबाट निस्कने फ्रिक्वेन्सी रेडिएसनबारे अध्ययन गरेर यस्तो निचोड निकालेका हुन्।
अध्ययन गर्न जुटेको अन्तराष्ट्रिय प्यानलले इन्टरफोन अध्ययन गरेको थियो। जस अनुसार मोबाइल फोन र ब्रेन ट्युमरबीचको सम्वन्धको खोजी गरिएको थियो। कुनै पनि खालको ब्रेन ट्युमर र मोबाइलबीच सम्वन्ध फेला नपरेको लन्डनस्थित इन्स्टिच्युट अफ क्यान्सर रिसर्चका प्राध्यापक एन्थोनी स्वार्डलोले बताए।
जेनेभामा रहेको विश्व स्वास्थ्य संगठनले गत महिनामा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा मोबाइल टावरले फाल्ने रेडिएसनभन्दा मोबाइल सेटबाट निस्कने रेडिएसन खतरनाक हुने देखाएको थियो। (एजेन्सी)

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out