सुनको मूल्य वृद्धिका कारण

बजारमा सुनको मूल्य अनुमानै गर्न नसक्ने गरी बढिरहेको छ। सानो आर्थिक क्षमताले सुन किन्न असम्भवजस्तो भएको छ। सुनको भाउ किन यसरी बढेको हो? सुनको मूल्य वृद्धि गराउने कारक के के हुन्? यसले अर्थतन्त्रलाई के सन्देश दिइरहेको छ? यस्ता जिज्ञासा संसारभर भेटिन्छ। नेपाली जनतामा यो जिज्ञासा छ। सुन प्रत्याभूत गरेरमात्र नोट निष्कासन गर्न सकिने व्यवस्थाले गर्दा सुनको महत्व बढी रहेको देखिन्छ।

प्रति १० ग्राम सुनको मूल्य अहिले करिब ४० हजार पुगेको छ। यस हिसाबबाट एक तोला (११.६६४ग्राम) सुनको मूल्य ४५ हजारभन्दा बढी हुन्छ। अर्थात् १ तोला सुन अब ४५ हजार तिरेर पनि नपाइने भयो। वर्ष दिन अघिसम्म यसको मूल्य करिब २० हजार प्रतितोलाको हाराहारीमा थियो भने पाँच वर्ष अघि १० हजार प्रतितोला जति थियो।
कुनै पनि वस्तुको मूल्य त्यसको उपयोगिता, महत्व तथा माग र आपूर्तिले निर्धारण गर्छ। अर्थशास्त्रको सिद्धान्तअनुसार वस्तुको मूल्य त्यसको माग र आपूर्तिले निर्धारण गर्छ। सुन भन्ने वस्तु कुनै देश, जाति वा धर्म विशेषसँग मात्र सम्बन्धित छैन। धनी, गरिब सबैले सुनको चाहना गर्छन्। यसैले सुनको मूल्य वृद्धि बारेमा चासो पनि सर्वव्यापी छ। यसमाथि बजार र बजार अर्थशास्त्र बारे जिज्ञासा राख्नेका लागि सुनको बढ्दो मूल्यले चिन्ता र आश्चर्य थपिदिएको छ।

उपयोगिताको हिसावले हेर्ने हो भने सुन खासै गुणयुक्त देखिँदैन। यसबाट बास्ना आउँदैन। यो टल्कने पनि होइन। यो खनिज धातु हो जुन शरिरमा लगाउँदा गरुंगो मात्र हुन्छ। कानमा लगाउँदा कानै झोल्लिन्छ भने घाँटी वा औंलामा लगाउँदा डाम बस्ने, घाउ हुने, एलर्जी हुनेजस्ता अप्ठेरो हुन सक्तछ। महत्वको दृष्टिले हेर्दा भने सुन सञ्चय गर्नेहरू प्रायः धनी नै हुने र यसको विनिमय क्षमता पनि बढी भएकाले यसलाई बढी महत्व दिने गरिएको देखिन्छ। महत्व त मानिदिए पछि भइहाल्ने विषय भएकाले सुन यसरी सर्वग्राह्य बन्न पुगेको हो। नभए सुनमा कुनै विशेष लक्षण हुँदैन।

उपयोगिता र महत्व जस्तै बजारमा सुनको मूल्य निर्धारण गर्ने अर्को महत्वपूर्ण कारक यसको उत्पादन लागत (आपूर्ति मूल्य) पनि हो। संसारमा जनसंख्याको अनुपातमा सुनको उत्पादन वृद्धि हुन सकेको छैन। यसैले बढ्दो जनसंख्याको लागि आपूर्ति लचकदार नभएकोले सुनको मूल्य वृद्धि भएको हो। सुन खानीबाट निकालिन्छ। धेरै तलबाट खन्नुपर्ने भएकाले यसको लागि जोखिम र खर्च निकै बढी हुन्छ। त्यति गरेर पनि सुनको ढिक्का निस्कने होइन। साना साना टल्कने र अत्यन्त साना कण माटो ढुंगा, वालुवा आदिसँग मिसिएर आँउछ। कुनै खोला किनारतिर टल्किएको देखिने कण वास्तवमा सुन हुनसक्छ। फरक तिनको स्तरमा हुन्छ। कुनै उच्च र कुनै निम्न स्तरका हुन्छन्। खानीबाट सुनको स्तर हेरेरै निकालिने भए पनि सुन खानी सबै देशमा नपाइने र पाइए पनि निकाल्न खर्चिलो हुने भएकाले यसको लागत बढी हुनेगर्छ। सुन खानीका लागि जमीनबाट १ किलो मीटर सिधा तल जानु (भर्टिकल डिग) सामान्य हुन्छ भने त्यसपछि दाँयाबाँया (होरिजेन्टल डिग) खन्नुपर्ने हुन्छ। खानीको अभ्यास नभएका र खानी नदेख्नेहरूका लागि सुन निकाल्ने प्रक्रिया अचम्मलाग्दो हुन्छ। लेखकले फिलिपिन्समा सुन खानी देखेको थियो। यस्तै, माटो ढुंगाबाट सुन छुट्याउनु र प्रशोधन गर्नु अर्को जटिल र खर्चिलो काम हो। यसका लागि विशेष किसिमको मेसिन र प्रविधिको आवश्यकता पर्छ। यस्तो प्रविधि सुन खानी भएका देशमा नभएको अवस्थामा तिनले सामान्य प्रशोधन गरेर थप प्रशोधनको लागि उच्च प्रविधि भएको देशमा पठाउँछन्। ढुंगा माटोसहित अर्को देशमा पठाउँदा यसको लागत धेरै हुनु स्वाभाविकै हो।

सुनको स्तरकै आधारमा यसको मूल्य निर्धारण हुने गरेको छ। सामान्यतः नेपालीहरू उच्च स्तर २४ क्यारेटकै सुन लगाउन चाहन्छन्। यसैले मूल्य पनि उपल्लो स्तरकै हुने गर्छ। वास्तवमा १८, २०, २२ क्यारेटको सुन प्रयोग गर्ने हो भने त्यही अनुपातमा मूल्य पनि घटी हुन्छ। सुनको शुद्धताको अंश थाहा पाउन १०० लाई २४ ले भाग गरेर आउने अंकमा आफूले उपयोग गर्ने सुनको स्तरले गुणा गर्दा हुन्छ। त्यस्को उत्तर ८० आयो भने सुनको शुद्धता पनि ८० प्रतिशत मानिन्छ र मूल्य पनि करिब ८० प्रतिशतै कायम गरिन्छ। युरोप अमेरिकातिर उच्च गुणस्तरको सुन सम्पत्तिका रूपमा जम्मा गर्ने प्रचलन भए पनि उपयोगको लागि भने न्यून गुणस्तरकै सुन प्रयोग गर्ने चलन भेटिन्छ। साथै, नेपालजस्ता देशमा उच्च गुणस्तरको सुन किन्नुका पछाडि रहेको एउटा कारण समस्या परेका बेलामा सजिलै विक्री गर्नु पनि हो। सामान्यतः सम्पन्न देशहरूमा उपभोग गर्ने प्रयोजनले खरीद गरेको वस्तु बेचेर गर्जो टार्ने चलन नहुने भएकाले र सुरक्षाको दृष्टिले पनि सधैँ सावधान हुनुपर्ने अवस्थाले गर्दा पनि उच्च गुणस्तरको सुन उपयोग गर्ने गरिएको पाइँदैन।

सुन प्रशोधनको निमित्त तेल आवश्यक हुन्छ। अमेरिकाले इराकमा आक्रमण गरेपछि विश्वको तेल बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ५० डलरभन्दा कमबाट ८० डलरसम्म पुगिसकेको छ र यसै वर्ष १०० डलर नाघ्ने अनुमान गरिएको छ। ओपेकको सांगठनिक सुदृढता, अमेरिका र इरान, इराकबचको द्वन्द्व, तीव्र औद्योगीकरणले गर्दा तेलको मागमा भएको वृद्धि एवं तेलका कुवामा पटकपटक हुनेगरेका आगलागीजस्ता कारणले तेलको मूल्यमा निरन्तर वृद्धि भैरहेको छ। यो वृद्धिमा संकुचन आउने लक्षण पनि देखिँदैन। तेलको भाउ पनि सुनको मूल्य वृद्धिको कारण बनिरहेको छ।

विशेषतः २००१ को सेप्टेम्बर ११ मा न्यूयोर्कका जुम्ल्याहा गगनचुम्वी भवनमा भएको आत्मघाती आक्रमणपछि विश्वअर्थतन्त्रको गतिमा रुकावट आएको र लगानीको स्वरूपमा पनि परिवर्तन देखापरेको छ। विश्वकै शक्तिशाली अर्थतन्त्र मानिएको अमेरिकामा पनि आर्थिक मन्दी आएको छ। डलरको भाउ घटेको छ। विश्वकै उच्च व्यापारिक एवं औद्योगिक घरानाका व्यक्तिहरू लगानीलाई निश्चित र सुरक्षित बनाउन सुन किन्न थालेका छन्। यसले गर्दा सुनको माग यसरी एक्कासि आकासिएको हो। मागअनुसार आपूर्ति हुन नसकेपछि मूल्य बढ्न थाल्यो।

'अमेरिकाले हाच्छिउँ गर्‍यो भने बाँकी विश्वलाई निमोनिया हुन्छ' भन्ने कथन सुन मूल्य वृद्धिसँग पनि जोडिएको छ। अमेरिकी बजारमा केही वर्ष पहिले देखिएको मन्दीका कारण अमेरिकी अर्थतन्त्रै तहसनहस हुन थालेको थियो। ठूला लगानी गर्नसक्ने र संभावना भएका देशमा आएको मन्दीले विश्वकै आर्थिक हिसाबले सम्पन्न देशमा प्रत्यक्ष प्रभाव पार्‍यो। एकातिर सुरक्षित लगानीमा प्रश्न उठ्न थाल्यो भने अर्कातिर खराब लगानीका कारणले बैंकहरूमा तरलताको समस्या आयो। यसले रोजगारी, उत्पादन, उपभोग, लगानी र सञ्चयमा समेत प्रतिकूल प्रभाव पार्‍यो। अमेरिकी अर्थतन्त्रमा आएको यस भयंकर आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव नेपालजस्ता देशमा पनि देखिन थाल्यो। कसैकसैले अमेरिकी मन्दीको प्रत्यक्ष प्रभाव नेपालमा नपरेको भन्ने अधकल्चो तर्क गरे पनि मलेसिया, कतारजस्ता देशमा अमेरिकी लगानी घटेर त्यहाँबाट नेपाली कामदार फर्कनु परेको हेर्दा मन्दीको प्रभाव नेपालमा पनि परेको स्पष्ट हुन्छ।
आणविक विवाद पनि सुनको मूल्य वृद्धि गराउने अर्को कारक हो। अमेरिकाले इरानको आणविक हतियार र आणविक भट्टी नष्ट गर्नुपर्ने बारे हालै राख्तैआएको प्रस्ताव र यसको लागि विश्वजनमत बटुल्न गरेको चर्चाले सुनको मूल्य बढाउन मद्दत गरिरहेको विश्लेषण गरिएको छ। संयुक्त राष्ट्र संघले युरेनियम प्रशोधन रोक्न दिएको समय सीमालाई नबढाउने हो भने सुनको मूल्यवृद्धिको अनुमान लगाउन नसकिने तर्क पनि सुनिन्छ।
सुनको मूल्य वृद्धिले नेपाली सुन बजार अत्यन्त प्रभावित भएको पाइन्छ। हुनत, सुनको मूल्य वृद्धिमा नेपालीभन्दा विश्व बजारको प्रभाव बढी हुन्छ। पञ्च धातुका रूपमा गणनामा आउने सुन हिन्दु धर्मअनुसार पवित्र मानिन्छ र सुन पानी छर्किए शुद्ध बनिने विश्वास गरिन्छ। तर लगातारको मूल्य वृद्धिले गरिब तथा विपन्न वर्गमा सुन किनेर राख्ने भनेको आकासको फलजस्तै भएको छ। बिहाबारीमा पनि कमभन्दा कम सुन उपयोग गरिनुपर्ने विषयमा छलफल हुन थालेको छ। तर पनि नवधनाढ्य वर्ग, सहरीकरण र सामाजिक बाध्यताका कारण सुनको माग हुन छोडेको छैन। चाँदीको पनि यही अवस्था छ।

जति नै भोक लागे पनि खान र तीर्खा लाग्दा पिउन नमिल्ने सुनको मूल्य र महत्व किन विश्वभर नै यति धेरै बढेको होला? हीराको मूल्यलाई चाहनाको मूल्य भन्ने गरिन्थ्यो। अब त सुनको मूल्य पनि गरिब र विपन्नका लागि नभएर सम्पन्न र जोखिममुक्त रूपमा निर्धक्कसँग सम्पत्ति सञ्चय गर्नेका लागि सहयोगी हुनपुगेको छ। स्वर्णमानको समयमा सुनकै सिक्का निकालिन्थे र मुद्राको विश्वासमा शंका थिएन। समय प्रवाहसँगै सुनको माग बढेको, मागको अनुपातमा आपूर्ति बढ्न नसकेको, लिन चलाउन असजिलो भएको समेत कारणले कागजी मुद्राको प्रयोग बढ्न थालेको थियो। स्वर्णमानकै समयदेखि सुनलाई सर्वग्राह्य धातुका रूपमा विश्वले नै स्वीकार गरेको हुनाले सुनको महत्व र मूल्य चुलिँदै आएको हो। यसैले सुनको मौद्रिक मूल्य निरन्तर बढ्ने क्रम जारी पनि छ। विश्व बजारकै उद्योग व्यापारको संरचनामा परिवर्तन भएको र पेट्रोलियम पदार्थको उच्च मूल्य वृद्धि भएका कारणले सुनको मूल्य दिनदिनै बढीरहेको पाइन्छ। यसमाथि, विश्वको बढ्दो आतंककारी क्रियाकलापले गर्दा सुनमा सम्पत्ति सुरक्षण गर्न थालिएको हुँदा पनि मूल्य वृद्धिलाई नै सहयोग पुर्‍याइरहेको छ। सानै भए पनि नेपाली सुन बजार मूल्य वृद्धिबाट निकै प्रभावित भइरहेको छ। नेपाली अर्थतन्त्रको लागि यो शुभ लक्षण भने होइन। साथै यसरी बढेको सुनमा पैसा हालेर पुँजीलाई अनुत्पादक बनाउनु हुन्न भने सन्देशमूलक सूचना प्रवाह गर्नु सरकारको काम हुन्छ। सामान्य नागरिकले पनि परम्परागतरूपमा लगाउनैपर्ने अवस्थामा बाहेक जलपी गहना लगाउने वा सुनको प्रयोग घटाउँदै जानेतर्फ सोच्नु वुद्धिमानी हुने देखिन्छ। सुनको मूल्य वृद्धिको अर्थशास्त्रबाट सिक्नुपर्ने पाठ यही हो।
लेखक राष्ट्रिय योजना आयोगका सहसचिव हुन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out