आँटिला तर धरातल छाडेका नेता

आन्तरिक कचिंगलले एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक बस्न सकिरहेको छैन । उक्त पार्टीका लागि मात्रै नभई देशकै लागि निणर्ायक मानिएको सो बैठकका सामु शान्ति र संविधानको मार्गप्रशस्त गर्नैपर्ने ऐतिहासिक कार्यभार छ । तर, माओवादीभित्रका तीन धार र ती धारको नेतृत्व गरिरहेका तीन शीर्ष नेताले साझा धरातल फेला पार्न सकिरहेका छैनन् । किन त ? यस प्रश्नको उत्तर अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’ र उपाध्यक्षद्वय मोहन वैद्य ँकिरण’ तथा बाबुराम भट्टराईको राजनीतिक जीवन र चरित्रको सिंहावलोकन नगरी पाइँदैन । प्रस्तुत छ, माओवादी नेतात्रयको राजनीतिक चरित्र चित्रण :
वि सं २०४६ मा आन्दोलन हुँदै गर्दा २६ चैतको राती राजासँग नेपाली कांग्रेस र वाम गठबन्धनको सम्झौता भयो। २७ गते टुँडिखेलको खुला मैदानमा विशाल सभाको आयोजन गरिएको थियो। सभा चलिरहँदा भीडमा केही मान्छेले 'राजा, कांग्रेस र वाम गठबन्धन मुर्दावाद !, यो सम्झौता धोका हो।' नेपाल कम्युनिस्ट पार्टी -मशाल), केन्द्रीय समिति लेखिएको त्यो पर्चा बाँड्नेहरूलाई भीडबाट आक्रमणको प्रयास पनि भएको थियो। त्यही नेपाल कम्युनिस्ट पार्टी -मशाल)का महामन्त्री थिए, पुष्पकमल दाहाल अर्थात् कमरेड प्रचण्ड। सार्वजनिक रूपमा प्रचण्डको नाम त्यसैबेला सुनिएको थियो।

०४६ सालको आन्दोलनपछि नयाँ जनवादी क्रान्ति, पेरुको जनयुद्ध र कमरेड गोञ्जालोका बारेमा नाराहरू लाग्न थालेका हुन् नेपालमा। अर्धसामन्ती र अर्धऔपनिवेशिक राज्यसत्ताको अन्त्य गरी नयाँ जनवादी सत्ता स्थापना गर्नका लागि जनयुद्ध गर्ने उद्घोष तत्कालीन नेकपा -मशाल)ले गरेको थियो। बहुदल आएको पाँच वर्ष पुग्दै गर्दा प्रचण्डको नेतृत्वमा जनयुद्धको घोषणा गरिएको थियो। ०४७ सालमा एकअर्कालाई गाली गर्ने नेकपा -मशाल), नेकपा -चौथो महाधिवेशन), नेकपा -मसाल), सर्वहारावादी श्रमिक संगठन र जनमुखी पार्टीका बीचमा एकता भएर नेकपा -एकताकेन्द्र) बन्यो। त्यसको महामन्त्री पनि प्रचण्ड भए। एकता महाधिवेशनमा माओवाद, दीर्घकालीन जनयुद्धजस्ता रणनीतिक महत्त्व राख्ने पदावली बहुमतद्वारा पारति गराई पुन: शक्तिशाली पार्टीको महामन्त्री बन्न सफल भए। तर, त्यो पार्टी सशस्त्र जनयुद्ध गर्ने कि नगर्ने भन्ने विवादमा फुट्यो। प्रचण्ड, मोहन वैद्य 'किरण', रामबहादुर थापा 'बादल' र बाबुराम भट्टराईहरूले एकताकेन्द्रको मूलधारलाई नेकपा -माओवादी)का नाममा पार्टी घोषणा गरे, जसको नाम नेकपा -माओवादी) रह्यो। माओवादीको महामन्त्री पनि प्रचण्ड नै भए।

व्यक्तिवाद हावी

०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट उनी पार्टीका शक्तिशाली अध्यक्ष चुनिए। त्यो राष्ट्रिय सम्मेलनले पार्टीको मार्गनिर्देशक सिद्धान्तका रूपमा माक्र्सवाद-लेनिनवाद-माओवाद र प्रचण्डपथ पारति गर्‍यो। पार्टीको मार्गनिर्देशक सिद्धान्तमा नाम जोडिनेमा क्रान्ति सफल भएका रुस र चीनबाहेक पेरुमा गोञ्जालोपछि प्रचण्ड नै हो। त्यसैबेलादेखि प्रचण्डलाई प्रचण्डपथका प्रवर्तकका रूपमा व्याख्या गर्न थालियो।

बहुचर्चित चुनबाङ बैठकले अध्यक्षलाई असीमित अधिकार दिएको थियो। अहिले त्यसरी अधिकार दिनु गलत थियो भन्ने बहस माओवादीभित्र छ। त्यस बैठकमा प्रस्तुत दस्तावेजमा 'जोखिमपूर्ण निर्णय लिन सक्ने हेडक्वार्टर र हेडक्वार्टरको जुनसुकै निर्णयलाई बिनासर्त र दृढतापूर्वक कार्यान्वयन गर्ने पार्टीपंक्ति र फौज तयार गर्न सकिएन भनेे सन्निकट आँधीबेहरीले सबै कुरा चौपट गरििदन पनि सक्छ' भन्ने उल्लेख थियो। यहाँ हेडक्वार्टर भनेको अध्यक्ष भन्ने बुझाइयो। अध्यक्षलाई पार्टी, सेना र मोर्चाको प्रमुख नै बनाइयो। त्यसपर्यन्त प्रचण्ड नेकपा -माओवादी) र पछिल्लो क्रममा एकीकृत नेकपा -माओवादी)का शक्तिशाली अध्यक्ष छन्। १० वर्ष जनयुद्धको नेतृत्व गरेको, त्यही जनयुद्धका कारण राजतन्त्रको अन्त्य भएको माओवादीका तिनै अध्यक्ष प्रचण्डका बारेमा माओवादी पार्टीभित्र र बाहिर पनि अहिले विभिन्न प्रश्नहरू खडा भएका छन्। पार्टीभित्र र बाहिर करस्िमादार, तिलस्मी व्यक्तित्वका रूपमा चमत्कार गर्ने प्रचण्डका बारेमा यथार्थ बुझ्न मान्छेहरूले दिलचस्पी लिइरहेका छन्। प्रत्येक शब्दका मूल्य रहने गरेका प्रचण्डका अभिव्यक्तिप्रति मान्छेहरू अहिले खिसिट्युरी गर्न थालेका छन्। शान्ति प्रक्रियामा प्रवेश गरेपछिका दिनमा उनीबारे तर्कवितर्कहरू उठेका छन्।

दसवर्षे जनयुद्धकालमा प्रचण्डका सन्दर्भमा विभिन्न अड्कलबाजीहरू सञ्चार माध्यमहरूमा आउँथे। कतिसम्म भने जनयुद्धको प्रारम्भका क्रममा प्रचण्ड भन्ने कुनै मान्छे नै छैन पनि भनिने गरिन्थियो। संसदीय पार्टीका केही नेताहरू प्रचण्डलाई आफ्नो अनुकूलतामा कहिले ज्ञानेन्द्र आफैँ हुन् भन्थे त कहिले पारस। कैयौँले त बाबुराम भट्टराई नै प्रचण्ड हो भने। अब प्रचण्ड को हुन्, भनिरहनु पर्दैन।

परििस्थति र अवस्था अनुसार प्रचण्ड बोल्न र लेख्न सक्छन्। उनलाई आफ्नो अनुकूलतामा बोल्ने पनि भनिन्छ। आफ्ना आलोचकहरू उनलाई मन पर्दैन। आलोचकहरूका विरुद्ध जेहाद छेड्ने गरेको आरोपै छ उनीमाथि। ०५४ सालमा उनले एउटा लेख लेखे, नेपाली जनयुद्धका केही वैचारकि समस्याहरू। त्यो पार्टीभित्रका आफ्ना विरोधीहरूलाई ठीक गर्न लेखिएको भन्ने छ। त्यस लेखको एक ठाउँमा भनिएको छ कि 'नेताहरू मर्न सक्छन्, बिग्रन सक्छन्। तर, हजारौँ क्रान्तिकारी उत्तराधिकारी पैदा गर्नु सांस्कृतिक क्रान्तिको मर्म हो।' त्यसैगरी एक ठाउँमा लेखिएको छ, 'मबिना पृथ्वी घुम्दैन भन्नु संशोधनवाद हो।' यी दुवै वाक्यांश बादल र बाबुरामविरुद्ध लेखिएका हुन् भन्ने चर्चा त्यतिबेला थियो। अहिलेका माओवादीका नेताहरू जनताले थाहा पाउने गरी बिगि्रएका छन्। त्यसमा पनि अध्यक्ष प्रचण्डका बारेमा धेरै कुरा उठेका छन्।

केही समयदेखि माओवादी पार्टीभित्र सामूहिक नेतृत्वको कुरा उठिरहेको छ। अध्यक्षमा अतिकेन्दि्रत हुन पुगेको अधिकारको उचित बाँडफाँट गर्नुपर्ने आवाज चर्को छ। कम्युनिस्टहरू सामूहिक नेतृत्वमा विश्वास गर्छन्। सफल क्रान्ति र क्रान्तिकारी सत्ताको सफल प्रयोग सामूहिकताबाट मात्र भएको छ। लेनिनले अक्टोबर क्रान्ति गर्दै गर्दा कार्यविभाजनमा विशेष जोड दिए। स्टालिन, ट्राटस्कीहरू लेनिनको वरपिर िथिए। उनीहरूले सांगठनिक र सैन्य जिम्मेवारी पाएका थिए। माओत्सेतुङ्ले उचित कार्यविभाजन गरेका थिए। चाउएनलाई, ली शाओची, लिन प्याओले सैन्य, सांगठनिक, सत्ताको जिम्मेवारी पाएका थिए। प्रचण्डमाथि माक्र्स, लेनिन, माओसँग आफूलाई दाँज्ने तर उनीहरूको सिद्धान्त व्यवहारमा कार्यान्वयन नगर्ने आरोप छ। पछिल्लो क्रममा माओवादीभित्र उचित कार्यविभाजनसँग जोडेर बहस भएको छ, जो बाहिर पनि आइसकेको छ। भएजति जिम्मेवारी आफैँ लिनु माक्र्सवादसम्मत हुँदैन। त्यसले व्यक्तिकेन्दि्रत भएको मात्रै देखाउँछ।

भनिन्छ, आफ्नो अनुकूलतामा प्रचण्ड जोसँग पनि मिल्न सक्ने र जसका विरुद्ध पनि जान सक्छन्। १० वर्षे जनयुद्धकालमा बाबुरामका विरुद्ध लड्न वैद्यसँग मिलेको र शान्ति प्रक्रियामा वैद्यका विरुद्ध लड्न बाबुरामसँग मिलेको आरोप छ। पार्टीका दस्तावेजहरू अध्ययन गर्दा पनि यी कुराहरू बुझ्न सकिन्छ। यसले उनमा सैद्धान्तिक परपिक्वता नभएको बुझाउँछ। सैद्धान्तिक अडान नभएका कारण जता पनि जानसक्ने प्रवृत्तिको भन्ने गरिन्छ। माओवादीभित्रका गहन बहसका केन्द्रीय कार्यक्रमहरूलाई नियाल्ने हो भने चुनबाङदेखि खरपिाटीसम्म प्रचण्ड बाबुरामसँग मिलेको भन्ने छ।

प्रचण्डमाथि सबैभन्दा ठूलो आरोप उनले आफ्नो वर्गीय धरातल छाडेकामा छ। शान्ति प्रक्रियामा आएपछि सर्वहारावर्गीय आचरणबाट च्यूत हुँदै गएको, परिवार र नातागोताबाट घेरिएको, वर्ग उत्थान भएका कारण जुन उद्देश्यसहित शान्ति प्रक्रियामा पार्टीलाई ल्याइएको थियो, ती उद्देश्यहरू पूरा गर्नुभन्दा पनि जनयुद्धका प्रतिबद्धता छोडिएको छ। उनी सार्वजनिक ठाउँमा नै गैरमाक्र्सवादी पदावली प्रयोग गर्ने भएकाले पनि आलोचित छन्। भौतिकवाद र अध्यात्मवादको 'फ्युजन' गर्नुपर्छ भन्नु, भैँसी पूजाको आरोप लाग्नु यसैका उदाहरण हुन्। जनताको अधिकार स्थापना नभइञ्जेलसम्म क्रान्ति अगाडि बढाइराख्ने प्रतिबद्धता गरे पनि क्रान्ति परत्ियाग गर्न उद्यत छन्। उनको कार्यशैली सवहारावर्गीय छैन। कम्युनिस्ट नेताहरूले जनताको स्तरभन्दा आफ्नो जीवनशैली बनाउनु हुन्न भन्ने मान्यता छ। माक्र्स, लेनिन, माओले त्यसै गरे। लेनिनको फाटेको कोट, माओको ओभरकोट त्यसका उदाहरण हुन्। माओले आफ्ना छोरालाई कोरयिाको युद्धमा जनमुक्ति सेनाका रूपमा लड्न पठाएका, त्यहीँ सहिद भएको र छोराको शव कोरयिामा नै गाड्ने आदेश दिएको अहिले पनि पढ्न पाइन्छ। माओ चीनको राष्ट्रपति, प्राधिकारपूर्ण अध्यक्ष हुँदा पनि आमालाई घरमा नै राखेको, आमाको मृत्युमा एउटा शोकपत्र पठाएको र आफ्नी पि्रय पत्नीको शव गाडेकै ठाउँमा गाड्न लगाएको लेखोट पढ्न पाइन्छ। तर, संसदीय पार्टीका नेताहरूजस्तै आफ्ना परिवार र नातागोतालई च्यापेका छन् अध्यक्ष प्रचण्डले। उनीसँग रहेर काम गरेका मान्छेहरू अहिले उनले लिँदै आएका पछिल्ला विचारसँग सहमत छैनन्। जनयुद्धकालका उनका सहयोगीहरू हितमान शाक्य, सूर्यप्रकाश सुवेदी, जोखबहादुर महरा यसका उदाहरण हुन्।

जनयुद्धकालमा भएको ०५५ सालको चौथो विस्तारति बैठक चर्चित छ। त्यस बैठकले लिएका मुख्य तीनवटा निर्णय चर्चित छन्। पहिलो- आधार इलाकाको निर्माण, दोस्रो- नेतृत्व स्थापना र एकीकृत नेतृत्व र तेस्रो- प्रचण्डको फोटो सार्वजनिकीकरण र उनका भनाइहरूलाई महान् वाणीका रूपमा लेखरचनाहरूमा समावेश गर्नुपर्ने, भाषणमा प्रयोग गर्नुपर्ने। पहिलो र दोस्रो निर्णयमा माओवादीमा खासै विवाद भएको देखिँदैन। तर, तेस्रो- नेतृत्वको केन्द्रीकरण, फोटो सार्वजनिकीकरण र भनाइहरूलाई महान् वाणीका रूपमा प्रयोग गर्न प्रचण्ड आफैँले दबाब दिएका कुराहरू सार्वजनिक भएका छन्। यसले प्रचण्डमा व्यक्तिवाद हावी भएको देखिन्छ। नेतृत्वका बारेमा जनयुद्ध सुरु हुनुभन्दा अघिको गोरखा बैठकमा बहस भएको थियो। नेतृत्व केन्द्रीकरण गरेर मात्र जनयुद्धलाई अगाडि बढाउन सकिन्छ भन्ने तर्क प्रचण्डको थियोे। तर, बैठकमा भीषण वर्गसंघर्षको भट्टीबाट मात्र नेतृत्वको निर्माण हुने भएकाले यसलाई प्राविधिक रूपमा लिन नहुने भन्ने तर्क जबरजस्त उठेकाले त्यसलाई स्थगित गरिएको थियो। तर, चौथो विस्तारति बैठकमा त्यो तर्क पुन: उठ्यो। विस्तारति बैठकमा उपस्थित युवाहरूको सहारामा उक्त प्रस्ताव पारति भएको मानिन्छ।

त्यसपछिको नेपालको राजनीतिमा नै प्रभाव पार्ने दोस्रो चर्चित राष्ट्रिय सम्मेलनलाई लिइन्छ। यसले 'महान् अग्रगामी छलाङ : इतिहासको अपरहिार्य आवश्यकता' नामक दस्तावेज पारति गरेको थियो। चीनमा नयाँ जनवादी क्रान्ति सफल भएपछि पनि चिनियाँ कम्युनिस्ट पार्टीभित्र नव सामन्तवादको उदय भएको थियो। पार्टीभित्रको विकृति र भ्रष्टाचारलाई अन्त्य गर्नका लागि माओले एउटा अभियान सञ्चालन गरेका थिए। त्यसको नाम थियो, 'महान् अग्रगामी छलाङ'। त्यही पदावली माओवादीको राष्ट्रिय सम्मेलनको दस्तावेजमा राखिएको थियो। त्यस सम्मेलनमा विचारहरूको शंृखलाका रूपमा प्रचण्डपथ आएको थियो। कार्यनीति शृंखलालाई विस्तारै विचार वा वादका रूपमा व्याख्या गर्न थालिएको थियो। दोस्रो राष्ट्रिय सम्मेलनले 'संयोजन' पदावली प्रयोग गरेको थियो। माक्र्सवादमा विचारहरूको संयोजन भन्ने हुँदैन। संयोजन भन्ने शब्दको अर्थ त दुईको एकमा विलय हो। लेनिनले जातीय आत्मनिर्णयको अधिकार र वर्गीय मुक्ति आन्दोलनलाई संयोजन गर्ने कुरा उठाए। जातीय मुक्ति आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग एकाकार गर्नुपर्ने आवश्यकताबोध लेनिनबाटै भएको थियो। प्रचण्डद्वारा सशस्त्र विद्रोह अथवा अक्टोबर क्रान्तिको मोडेल र दीर्घकालीन जनयुद्ध अथवा चिनियाँ जनवादी क्रान्तिको मोडेललाई संयोजन गरिएको छ। यसबाट उनमा कम्युनिस्ट क्रान्तिको विकासभन्दा पनि टाकनटुकन गरी मिलाउने काम भएको स्पष्ट हुन्छ।

दुर्बल पक्ष बढी

०६० सालमा रोल्पाको गैरीगाउँमा बसेको माओवादीको केन्द्रीय समितिले 'एक्काइसौँ शताब्दीमा जनवादको अभ्यासबारे' भन्दै प्रस्ताव ल्याएको थियो। त्यो दस्तावेज अहिलेसम्म पारति भएको छैन। त्यस दस्तावेजमा उठाइएका पार्टी, सेना र सत्ताका बारेमा त्यसमा पनि सत्ताको कसको अधिनायकत्वमा रहने भन्ने कुरामा भाइचारा संगठनहरूले विमति राख्दै आएका छन्। यहाँ प्रस्तुत गरएिका अवधारणाहरू क्रान्तिकारी कम्युनिस्ट पार्टीले लिने नीतिभन्दा ठीक विपरीत छन्। क्रान्तिका तीन साधन पार्टी, सेना र संयुक्त मोर्चा -सत्ता)को जुन नीति लिएको थियो, केन्द्रीय समितिको बैठकले लिएको निर्णय वैज्ञानिक रहेको भन्दै अगाडि बढ्दा १० वर्षको जनयुद्धकालमा निर्माण गरिएको जनमुक्ति सेना क्रान्ति सफल नभईकनै विघटन गर्न खोज्नु, स्थानीय र जनसत्ताको विधिवत् अन्त्य गर्नु र जनयुद्धको नै अन्त्यको घोषणा गर्नुले प्रचण्डमा एउटा क्रान्तिकारी सर्वहारा वर्गीय कम्युनिस्टप्रतिको प्रतिबद्धतामा दृढ रहेको देखिँदैन। अहिले माओवादी आन्दोलनमा जेजस्ता समस्या आएका छन्, यी लामो समयदेखि योजनाबद्ध तरिकाले ल्याइएका हुन्।

चुनबाङ बैठकमा सामन्ती राजतन्त्रको अन्त्यका लागि संसदीय पार्टीहरूसँग संयुक्त मोर्चा बनाउनु असाध्यै वैज्ञानिक थियो। तर, त्यसमा समावेश गरिएको दस्तावेजमा राजतन्त्रको अन्त्यपछि स्थापना हुने गणतन्त्रको व्याख्याले आमनेता/कार्यकर्तामा भ्रम सिर्जना गर्‍यो, जसले गर्दा जनवादी क्रान्तिमा प्रतिक्रान्ति हुन थालेको थाहा नपाउने अवस्था बन्दै रह्यो। क्रान्तिको नारा दिँदै प्रतिक्रान्ति नै सकिने अवस्थामा पुग्न थाल्यो।

शान्ति प्रक्रिया सुरु हुनेबित्तिकै केन्द्रीय समितिले पारति गरेको अपि्रल थेसिस, बालाजुको पाँचौँ विस्तारति बैठकमा प्रतिनिधिहरूले संशोधन गरेको दस्तावेज अहिलेसम्म पार्टीभित्र आएको छैन। प्रचण्डलाई मन नपरेको तर पार्टीले पारति गरे पनि उनी त्यो दस्तावेज लुकाउन सक्छन्।

प्रचण्ड जोखिममा हामफाल्न सक्ने मान्छे हुन्। ०४८ सालमा विभिन्न वामपन्थी पार्टीहरूसँग एकता गर्ने हिम्मत गरे। रणनीति नै फरक भएका पार्टीहरूसँग एकता गरेर क्रान्तिकारी वामपन्थीहरूलाई एकताबद्ध गर्न सक्षम भए। यद्यपि, यसमा अन्य जिम्मेवार नेताहरूको पनि महत्त्वपूर्ण भूमिका थियो। माओवाद मान्ने मशाल र माओविचारधारा मान्ने अन्य पार्टीहरूसँग एकता गर्नु सामान्य जोखिम थिएन। त्यही पार्टीलाई जनयुद्धमा होमेर १० वर्षसम्म एकढिक्का भएर सशस्त्र क्रान्ति गर्नु सामान्य कुरा होइन। जनयुद्धकालभर िपार्टीलाई उनले एकताबद्ध बनाए। युद्धकालभर िदेशमा भएका राजनीतिक घटनाक्रमहरूलाई तत्काल विश्लेषण गर्न सक्ने र त्यस अनुसार योजना बनाउन सक्ने क्षमता प्रचण्ड राख्थे।

शान्ति प्रक्रियापछि प्रचण्डप्रति बढी आशंका छ। उनी आफ्नो हितका लागि जे पनि गर्न पछि पर्दैनन्। हिजो जनयुद्धप्रति असहमत हुने, मुख्य विचार नै नमिल्नेसँग एकता गरेर आफ्नो बहुमत बनाउन खोजेको देखिन्छ।

प्रचण्डसँग भेट्ने कुनै पनि नेता/कार्यकर्तालाई उनको बोलीले लट्ठ पारििदन्छ। कार्यकर्तासँग राम्रोसँग भिज्ने, उनीहरूको दु:खसुख सोध्ने उनको बानी छ। योजना सम्पे्रषण गर्दा कार्यकर्तालाई योजनामा होमिनका लागि ढुक्क पार्ने क्षमता प्रचण्डमा छ। त्यसैले १० वर्षको जनयुद्धकालमा कैयौँ कार्यकर्ता उनको नाम लिँदै सहिद भएका छन्। उनका लागि मर्न पनि तयार भएका छन्। वाक्पटुता, ओजपूर्ण प्रस्तुति उनका विशेषता नै हुन्। जनयुद्धकालमा उनका भनाइहरू सबैजसो नेता/कार्यकर्ताले डायरीमा लेख्थे र कण्ठ गर्थे। युद्धकालमा उनीप्रतिको यस्तो क्रेज थियो कि कैयौँ कार्यकर्ताले एकपटक मात्र प्रचण्डलाई देख्न पाए, हात मिलाउन पाए जीवन धन्य भएको ठान्थे।

आफ्ना सहयोद्धाको मृत्युको खबर सुन्दा रुने, विजयको सन्देश सुन्दा खुसी हुने प्रचण्ड जनयुद्धकालमा एउटा वाक्यांश प्रयोग गर्थे, 'रुँदारुँदै हाँसेका छौँ, हाँस्दाहाँस्दै रोएका छौँ।' यो वाक्यांश सबै नेता/कार्यकर्ताले कण्ठस्थ पारेका थिए। त्यस्तै, 'निरन्तर क्रान्ति जनताका लागि उत्सव हो' भन्दै आमजनतालाई क्रान्तिको पक्षमा गोलबन्द गर्न सक्ने क्षमता पनि उनमा छ।

माओले ५१ प्रतिशत कम्युनिस्ट हुने कुरा गरेका छन्। हिजो के गर्‍यो ? कति राम्रो गर्‍यो भन्ने कुराको महत्त्व त हुन्छ। तर, क्रान्तिकारी कम्युनिस्ट हुन जीवनभर सर्वहाराको पक्षमा राम्रो काम गररिाख्नुपर्छ। जीवनको कुनै कालखण्डमा मात्र क्रान्तिकारी भएर पुँग्दो रहेनछ। यसै सन्दर्भमा माक्र्सको एउटा भनाइ असाध्यै महत्त्वपूर्ण छ। माक्र्सले कम्युनिस्ट घोषणापत्र निकाल्दै गर्दा एक जना एथेन्सबासीले प्रश्न गरेछन्, "माक्र्सले के गर्‍यो र म त उसको उमेरमा गुलाबको फूलको परतमा नाच्थेँ।" प्रत्युत्तरमा माक्र्सले भनेछन्, "हिजो तपाईं नाँच्नुभयो? म त्यसको कदर गर्छु। अहिले पनि नाँच्नूस् अनि बल्ल मान्छु।" भनेपछि त्यो मान्छेको मुख बन्द भएछ। त्यसैले अहिले ताल मिलाएर नाच्न जान्नुपर्‍यो। माक्र्सवादले कुनै पनि वस्तुलाई एकको दुईमा हुन्छ भन्छ। त्यसैले प्रचण्ड पनि दुईमा विभाजित छन्। उनका सबल र दुर्बल दुवै पक्ष छन्। तर, सबल पक्ष बढी हुने मान्छे मात्र सफल ठहरिन्छ। ध

-लोहनी एकीकृत नेकपा माओवादी समर्थित शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष हुन् ।)

मैले चिनेका प्रचण्ड

यस पंक्तिकारका एक जना साथी छन्, सुधीर श्रेष्ठ। उनको घर नारायणगढमा छ। एकदिन म उनको घर गएका बेलामा कोठाभित्रबाट एक जना कालो कोट र कालै पाइन्ट लगाएका मान्छे बाहिर निस्किए। उनको ओठमाथि बाक्ला जुँगा थिए। ४० वर्षको आसपासमा पुगेका उनी फुर्तिला देखिन्थे। हामीसँग कुनै प्रतिक्रिया नजनाई उनी सरासर बाहिर निस्किए। हतारहतार सडकमा हिँड्न थाले। मैले सुधीरलाई उनी हो हुन् भनी सोधेँ। सुधीरले उनी नै प्रचण्ड भएको जवाफ दिए। प्रचण्डलाई देख्ने र उनीसँग भेट्ने मेरो साह्रै इच्छा थियो। संयोगवश, देख्न पाएको, त्यो पनि गइसकेपछि प्रचण्ड रहेछन् भन्ने थाहा पाएपछि चुकचुक लाग्यो। प्रचण्ड हुन् भनेर पहिल्यै किन नभनेको भनी म सुधीरसँग निकै रसिाएँ पनि।

०५१ सालतिर एउटा संयोग बन्यो। मोहन वैद्य 'किरण' र हामी एउटै घरमा बस्न पुग्यौँ। वैद्यको त्यो डेरामा प्रचण्ड र रामबहादुर थापा 'बादल' आइरहन्थे। यसै क्रममा प्रचण्डसँग कैयौँपटक भेट हुन्थ्यो। तर, कुराकानी हुँदैनथ्यो। मैले प्रचण्डलाई भरतपुरको सडकमा छाती फुलाएर चुरोट तान्दै हिँडेको धेरैपटक देखेँ। तर पनि खासै कुरा हुँदैनथे। यस्तैमा नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन, चितवनले एउटा वैचारकि पत्रिका निकाल्ने निर्णय गर्‍यो, जसको नाम नयाँ चेतना थियो। म त्यसको सम्पादक बन्न पुगेँ। पहिलो अंकमै प्रचण्ड, किरणको लेख र बाबुराम भट्टराईको अन्तर्वार्ता छापिएको थियो। नयाँ चेतनाको पहिलो अंक काठमाडौँमा छापिएको थियो। माओवादीभित्र त्यो पत्रिका निकै स्थापित पनि थियो। जनयुद्ध सुरु हुँदै गर्दा एकदिन किरणले नयाँ चेतना छिट्टै निकाल्न र त्यसमा विश्वासजीको अन्तर्वार्ता छाप्नुपर्‍यो भने। रेकर्ड गरेर छाप्ने कि लिखित प्रश्न दिएर त्यसको उत्तर लिने भन्ने भयो। प्राविधिक कारणले मौखिक अन्तर्वार्ता लिन सकिएन। हामीले प्रचण्डलाई २९ वटा प्रश्न सोध्यौँ। लिखित प्रश्न दिएको केही दिनपछि साँझको समयमा प्रचण्ड मेरो डेरामै आए। त्यही अन्तर्वार्ता दिन आएका रहेछन्। हामीले खाना खाइसकेका थियौँ। भोलि बिहान चिया पिउन आउँछु भनेर अन्तर्वार्ताको कागज दिएर गए।

अर्को दिन बिहान पत्नी सीतासँग उनी आए। चिया पिउने क्रममा उनले उर्मिला -पंक्तिकारकी पत्नी)लाई एउटा जागिर खोजेर मलाई पूरै समय पत्रिकामा लगाउन सल्लाह दिए। हाम्रो पत्रिका निक्लँदै पनि थियो। ०५२ माघको पहिलो साता हुनुपर्छ। जाडो निकै थियो। एकदिन बिहानै मलाई आफू बसेको कोठामा बोलाए, जहाँ बादल र प्रचण्ड एउटै सिरक ओढेर भुटेको मकै खाँदै रहेछन्। मलाई पनि आफू बसेको खाटमा बस्न भने। आफूहरूले ओढेको सिरक मलाई पनि ओढ्न भने। प्रचण्डले आफू त्यहाँबाट हिँड्न लागेको जानकारी दिँदै मसँग एक सय प्रति पत्रिका मागे। उनले पत्रिका लिएर आफू बाहिर जाने बताए। म तीनछक परेँ। पार्टीको महासचिवले हाम्रो पत्रिका बोकेर हिँड्ने ? उनीप्रति मलाई निकै नै श्रद्धा जाग्यो।

"अब केही दिनपछि यो देशमा जनयुद्ध सुरु हुँदैछ। फेर िभेट हुन्छ कि हुँदैन! हाम्रा नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक, जनता हजारौँको हत्या हुन सक्छ। बेपत्ता होलान्, महिलाहरू बलात्कृत होलान्," प्रचण्डले यस्तै-यस्तै कुरा गरे। एउटा सामान्य कार्यकर्तालाई नेतासँग बस्न पाउनु, उसको हृदयी व्यवहार पाउनु ठूलो कुरा हो।

त्यसको केही समयपछि जनयुद्ध सुरु नै भयो। मेरो पत्रिकामा नियमितजस्तो प्रचण्डका लेखहरू आइरहे। तर, उनीसँग भेट भएन। एकैचोटि ०५८ कात्तिकमा चितवनको डाँडामा दलित राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलामा भेट भयो। एकैचोटि छ वर्षपछि देख्दा उनको शारीरकि बनावट नै परविर्तन भइसकेको रहेछ। ०५२ सालमा पेटभित्र गएको छाती अगाडि उठेको थियो। अहिले त पेट पुट्ट बाहिर आइसकेछ। मोटा जुँगाहरू ओठमाथि थिएनन्, सफाचट थियो। मैले एकैचोटिमा चिन्न पनि सकिनँ। उनले आफैँ 'लोहनी सर !' भनेर बोलाए। उनको वाक्कला असाध्यै थियो र छ। प्रशिक्षण पनि उत्तेजनात्मक हुन्थ्यो। चितवनमा बोल्दै गर्दा भाषणबाट प्रभावित भएर मानिसहरू नारा लगाउँथे। तर, लाग्छ अब यी विगतमा सीमित भइसके।

नभई नहुने र नभए पनि हुने पात्र
मुमाराम खनाल

माओवादी आन्दोलनको २० वर्षे यात्रालाई हेर्ने हो भने त्यसमा एउटा व्यक्ति शीर्षस्थ स्थानमा देखिने छन्। यस अभियानको समग्र कालमा ती व्यक्तिलाई कुन स्थानमा राख्ने भन्ने विवाद पनि चलिरह्यो। माओवादीको सिद्धान्त, राजनीति र आन्दोलनमा उनको शीर्षस्थ भूमिका रहे तापनि सांगठनिक हिसाबले भने उनले माओवादीभित्र कहिल्यै शीर्षस्थान हासिल गर्न सकेनन्। र, आजपर्यन्त माओवादीका लागि उनी नभई नहुने र नभए पनि हुने एउटा विचित्रका पात्र हुन्। माओवादी आन्दोलनको निर्माणदेखि अविछिन्न रूपमा त्यसको शीर्ष नेतृत्वसँगैसँगै आजपर्यन्त आएका एक्ला पात्र पनि हुन्, उनी अर्थात् बाबुराम भट्टराई।

एउटा ग्रामीण सामान्य किसानको पृष्ठभूमि, उच्च शैक्षिक संस्थानबाट उच्च श्रेणीमा उत्तीर्ण वास्तुशास्त्रको इन्जिनियर, एउटा चर्चित पात्र, शान्तिपूर्ण आन्दोलनको अगुवा नेतृत्व, माओवादी आन्दोलनको वास्तविक सिद्धान्तकार तथा माओवादी पार्टीको एउटा नेताका रूपमा बाबुराम भट्टराईलाई मूल्यांकन गर्न कठिन र विवादास्पद दुवै छ। माओवादी आन्दोलनको प्रारम्भिक पृष्ठभूमिदेखि नै बाबुरामको भूमिका महत्त्वपूर्ण रहिआएको कारणबाट माओवादीभित्रको सकारात्मक मात्र होइन, नकारात्मक पक्षका लागि पनि बाबुराम भट्टराईले उत्तिकै जिम्मा लिनु आवश्यक छ।

विघटित चौथो महाधिवेशनको नयाँ ध्रुवीकरण, एकताकेन्द्रको गठन, माओवादी जनयुद्ध, जनयुद्धको शान्तिपूर्ण अवतरण, संविधानसभाको निर्वाचन, गणतन्त्रको घोषणा आदि जस्ता नेपालका अत्यन्तै महत्त्वपूर्ण घटनाक्रमहरूमा बाबुरामको नेतृत्वदायी भूमिका रह्यो तर यी सबै घटनाक्रमहरू चुनौतीपूर्ण मात्र रहेनन्, विवादास्पदसमेत रहे। अहिले माओवादी आन्दोलन आन्तरकि कलहको क्षतिग्रस्त बाटोतर्फ हुइँकिँदै छ। र, त्यो अपेक्षा गरेभन्दा चाँडो दुर्घटना हुने दिशातर्फ कुदिरहेको छ। माओवादीभित्र पदीय बाँडफँाटको लडाइँ जनयुद्धभन्दा चर्कोसँग लडिँदैछ। र, त्यहाँ पनि बाबुराम कमजोर पार्टीका बलिया पात्र छन्। फेर िउनको नाम प्रधानमन्त्रीको पदसँग जोडिएर आउँदैछ। यसै सन्दर्भमा बाबुराम भट्टराईको बहुआयामिक व्यक्तित्वमार्फत माओवादी आन्दोलनलाई नियाल्ने प्रयत्न गरौँ।

पारिवारिक शैक्षिक पृष्ठभूमि

व्यक्तिको पारिवारकि र शैक्षिक पृष्ठभूमिले नै उसको समग्र व्यक्तित्वमा निणर्ायक प्रभाव पाररिहेको हुन्छ। त्यसकारण बाबुराम भट्टराईको पारिवारकि र शैक्षिक पृष्ठभूमिको प्रभाव उनको व्यक्तित्वमा निणर्ायक ढंगमा देखिनु अत्यन्त स्वाभाविक छ। बाबुराम सामान्य मध्यमवर्गीय, अझ निम्नमध्यम वर्गीय किसान परिवारमा जन्मिए। उनको परिवार ज्योतिषी पृष्ठभूमिको थियो। उनले सामान्य रूपमा निम्नमध्यम वर्गीय परिवारमा जन्मिएका अन्य किसानका छोराछोरीले भन्दा राम्रो स्कुलमा पढ्ने अवसर पाए। त्यसको एउटा मात्र कारण उनी पढ्न-लेख्नमा निकै जेहेन्दार थिए। गोरखाको लुइँटेलस्थित मिसन स्कुलमा नपढेका भए सायद हामी उनलाई अहिलेको जस्तो प्राज्ञ र वामपन्थी नेताका रूपमा पाउँदैन थियौँ। त्यसकारण बाबुरामको प्राज्ञिक पृष्ठभूमिका लागि गोरखाको मिसन स्कुलको भर्ना र ०२६ सालको एसएलसीमा बोर्डफस्ट महत्त्वपूर्ण घटनाहरू हुन्। यिनै घटनाले नै उनलाई उनको पारिवारकि पृष्ठभूमिबाट अर्को पृष्ठभूमिमा मोडिदियो।

एसएलसीमा बोर्डफस्ट हुनुले बाबुरामलाई निकै राम्रो शैक्षिक वातावरण प्रदान गर्‍यो। काठमाडौँको अमृत साइन्स कलेजबाट आईएस्सी उत्तीर्ण भएपछि कोलम्बो प्लानको छात्रवृत्तिमा इन्जिनियरङि् पढ्न भारतको पन्जाबस्थित चण्डीगढ युनिभर्सिटीमा गए उनी। आईएस्सी उत्तीर्ण हुँदासम्म पनि उल्लेख्य कुनै राजनीतिक घटनासँग जोडिएनन्। पढाइमा जेहेन्दार र पारिवारकि सदस्यहरू राजनीतिक पृष्ठभूमिमा नभएका कारणले उनलाई त्यतिबेला राजनीतिक चासो रहेन, जो स्वाभाविक पनि थियो। अझ त्यतिबेला विद्यार्थी आन्दोलन पनि निकै कमजोर रहेकाले उनको विद्यार्थीकाल विशुद्ध भएरै बित्यो।

वास्तुशास्त्रमा बीई गरुञ्जेल पनि बाबुराम राजनीतिप्रति त्यति उत्सुक भएको पाइँदैन। तत्कालीन अवस्थामा भारतमा उच्चशिक्षा अध्ययन गर्ने साथीहरूसँग भने सम्पर्कमा रहिरहन्थे। सन् १९७६ तिर दिल्ली आएपछि भने उनको रुचि तीव्र रूपमा राजनीतितर्फ आकषिर्त भयो। त्यसका पनि आफ्नै विशिष्ट कारणहरू छन्। पहिलो, दिल्ली एउटा अन्तर्राष्ट्रिय राजनीतिक केन्द्र मानिन्थ्यो र मानिन्छ। त्यसकारण एउटा सचेत व्यक्ति दिल्लीमा बसेर राजनीति नगर्न कमै सम्भावना हुन्थ्यो। दोस्रो, नेपालमा पञ्चायती व्यवस्थाको १६ वर्षे जवानी चढ्दै थियो। भारतमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूमाथि धेरैको नजर रहन्थ्यो। एसएलसीमा बोर्डफस्ट बाबुराममाथि पनि त्यस्ता आँखाहरू थिएनन् भन्न सकिन्न। अझ बाबुरामजस्तो तटस्थ व्यक्तिमाथि विभिन्न खाले राजनीतिक शक्तिहरूका आँखा पर्नु स्वाभाविक हुन्थ्यो। त्यसैले दिल्लीमा बाबुरामलाई सबैखाले रूपरंग, राजनीतिक र शैक्षिक व्यक्तित्वसँग परििचत हुने अवसर मिल्यो। त्यतिबेलाको बाबुरामको परििचत जमात आजको राजनीतिक जीवनलाई समेत उपयोगी ठहरिएको छ।

बाबुरामको राजनीतिक र वैवाहिक जीवन दुवै दिल्लीबाटै आरम्भ भयो। दिल्लीमा आफ्नो नजिक तुल्याउन खोज्नेहरू मुख्यत: पञ्चायती व्यवस्थाका समर्थक, नेपाली कांग्रेसका समर्थक र वामपन्थी समर्थकहरू थिए। साथसाथै, दिल्लीस्थित कैयाँै कूटनीतिज्ञ, राजनीतिज्ञ र वरष्िठ पत्रकारहरूसँग पनि उनको सम्पर्क र सम्बन्ध बन्यो। यस्ता पात्रहरूमध्ये वेदान्त झा, ऋषिकेश शाह, दुर्गा सुवेदी, प्रदीप गिरी, स्वामी अग्निवेश, एसडी मुनि, प्रकाश करात, मोहनविक्रम सिंह आदि थिए। दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यावारििध थाल्दा नै बाबुराम एउटा वामपन्थी आन्दोलनको समर्थक र कट्टर माक्र्सवादी बनिसकेका थिए। उनको पारिवारकि पृष्ठभूमि हेर्दा उनी माक्र्सवादी बन्नु कुनै अनौठो कुरा होइन। तर, उच्च शैक्षिक पृष्ठभूमि बनिसकेको कारणले उनी माक्र्सवादी बनेकामा कतिपय मान्छेहरू अस्वाभाविक ठान्छन्।

राजनीतिक पृष्ठभूमि

बाबुराम माक्र्सवादी बन्नका लागि दिल्लीको वातावरण पनि जिम्मेवार रह्यो। जवाहरलाल नेहरु विश्वविद्यालय वामपन्थी प्रभावित विश्वविद्यालय मानिन्छ र बाबुरामको पारिवारकि पृष्ठभूमिले दिल्लीको अभिजात वर्गसँग होइन, प्रवासी मजदुर नेपालीहरूको नजिक पुर्‍यायो। उनको उच्च शैक्षिक जीवन माक्र्सवादी विचारबाट प्रभावित हुँदै एउटा परपिक्व वामपन्थी नेताको छविमा पुगेर टुंगियो। त्यसैको परण्िााम थियो, उनको विद्यावारििध शोधपत्र। माक्र्सवादी विचारबाट प्रभावित र त्यसैका आधारमा व्याख्या/विश्लेषण गरिएको उनको शोधपत्र द नेचर अफ अन्डरडेभलपमेन्ट एन्ड रजिनल स्ट्रक्चर अफ नेपाल प्रकाशित पनि छ।

विद्यार्थीकालमा उनले एउटा साझा फोरमका रूपमा अखिल भारत नेपाली विद्यार्थी संघको गठन गरे। उनी त्यसका संस्थापक अध्यक्षसमेत हुन्। यसै फोरममार्फत उनको राजनीतिक जीवनको सुरुवात भयो। यद्यपि, यो संगठनको गठनताका भारतस्थित नेपाली दूताबास र तत्कालीन राजदूत वेदान्त झाको पनि चासो थियो। त्यतिबेला नेपालमा ०३६ सालको आन्दोलनको पूर्वसन्ध्या थियो। त्यस्तो अवस्थामा जन्मिन लागेको र जेहेन्दार तथा प्राविधिक विद्यार्थीहरूको बाहुल्य रहेको संगठनप्रति पञ्चायती व्यवस्थाको निगरानी स्वाभाविकै थियो। प्रारम्भमा यसको गठनप्रति धेरैखाले राजनीतिक शक्तिहरूको आशक्ति पनि थियो। तर, बाबुरामले सबैलाई सन्तुलनमा राखेर संघलाई चौथो महाधिवेशनको राजनीतिसँग एकाकार गराए। तर पनि उनले त्यतिबेला देशभित्रको असहज परििस्थतिमा संघमार्फत विभिन्न राजनीतिक पार्टी र समूहमा रहेका शक्तिहरूको बीचमा पर्याप्त वैचारकि-राजनीतिक मन्थन गराए। ०४२ सालतिर उनी नेपाल फर्के।

अखिल भारत नेपाली विद्यार्थी संघलाई नै बाबुरामले आफ्नो राजनीतिक आमा भन्ने गरेका छन्। संघमार्फत तत्कालीन चौथो महाधिवेशनसँग जोडिएपछि उनी नेपालको कम्युनिस्ट आन्दोलनको पनि अध्येता बने। तर, दुर्भाग्यवश: उनी कम्युनिस्ट बनेको छोटै अवधिमा चौथो महाधिवेशनभित्र पटकपटक विभाजन भयो। प्रत्येक विभाजनमा उनले मोहनविक्रम सिंहलाई साथ दिए। माक्र्सवादलाई संगठनबाट होइन, विचारबाट हेरेका कारणले उनले मोहनविक्रमको विचारलाई साथ दिएको देखिन्छ।

बाबुरामको वामपन्थी पार्टी प्रवेश अरूको भन्दा फरक छ। अन्य वामपन्थी नेताहरूले पहिले संगठनमा आबद्ध भएपछि मात्र माक्र्सवादको सामान्य अध्ययन सुरु गरेको देखिन्छ। बाबुराम भने माक्र्सवादको राम्रो अध्ययनपछि मात्र संगठनमा आबद्ध भएको देखिन्छ। यसै भिन्नताले गर्दा उनी संगठनलाई भन्दा विचारलाई महत्त्व दिने नेता बने। परण्िाामस्वरूप उनी जहिले पनि संगठनमा कमजोर रहे। साथै, प्रारम्भिक चरणमा उनले नेतृत्वदायी भूमिका ग्रहण गर्न पनि त्यति रुचि देखाएनन्।

च्ाौथो महाधिवेशनमा आएको टुटफुट र विभाजनपछि मोहनविक्रमसँग पनि उनको निकै चाँडो मोहभंग भयो। मोहनविक्रमको कुशीनगर प्लेनममा उनलाई केन्द्रीय सदस्य बन्न आग्रह गरिएको थियो। तर, उनले त्यसलाई अस्वीकार गरेका थिए। वामपन्थी आन्दोलनको नेतृत्वदायी भूमिकामा जानुपर्छ भन्ने सोचमा सायद उनी पुगिसकेका थिएनन् तर त्यसैबेलादेखि मोहनविक्रमसँग उनको मतभेद सुरु भयो। र, यो मतभेद पञ्चायतविरोधी आन्दोलनको उत्कर्षसँगै चर्किएपछि एउटै पार्टीमा बस्ने परििस्थति कमजोर बन्दै गयो।

पञ्चायतविरोधी आन्दोलनमा नेपाली कांग्रेस र वाममोर्चाको समानान्तर अग्रगामी धारको नेतृत्व गर्ने अवसर बाबुरामलाई मिल्यो। पञ्चायत ढल्यो र मोहनविक्रमबाट अलग हुँदै नयाँ वामपन्थी आन्दोलनको ध्रुवीकरणको अभियानमा उनी समावेश भए। खासगरी पञ्चायतको अन्त्य र राजतन्त्रात्मक बहुदलीय व्यवस्थापछि नेकपा -माले)ले वामपन्थी आन्दोलनको तीव्र दक्षिणपन्थी ध्रुवीकरणको नेतृत्व लिएर नेकपा -एमाले) बन्यो। त्यस्तो परििस्थतिमा विघटित अवस्थामा रहेका चौथो महाधिवेशनका टुक्राहरूले आफ्नो स्वतन्त्र अस्ितत्व धान्न सम्भव भइरहेको थिएन। त्यसै वस्तुगत अवस्थाले तत्कालीन नेकपा -मशाल, प्रचण्ड समूह), नेकपा -चौम, निर्मल लामा समूह), सर्वहारा श्रमिक संगठन -रूपलाल समूह)को बीचमा एकताको पहल सुरु भयो। व्यक्तिगत रूपमा बाबुराम पनि त्यस एकता प्रक्रियाका समर्थक थिए। उनको प्रयत्न मोहनविक्रमसहित नेकपा -मसाल)लाई पनि एकता प्रक्रियामा सामेल गर्ने रहे तापनि त्यो सम्भव भएन। परण्िाामस्वरूप आफूले नै भित्री नेतृत्व गरेर ०४७ चैतमा मोहनविक्रमबाट अलग हुँदै उनीसहितको एउटा समूह पनि एकताकेन्द्रमा सामेल भयो। र, नेकपा

-एकताकेन्द्र) आफ्नो १० वर्षको कमजोर अवस्थाबाट वामपन्थी आन्दोलनको वैकल्पिक शक्तिका रूपमा विकसित भयो।

माओवादी जनयुद्धको अवधारणा एकताकेन्द्रका रूपमा चौथो महाधिवेशनको ध्रुवीकरणले तयार पारेको हो। एकताकेन्द्रको गठनपछि बाबुराम नितान्त नयाँ भूमिकामा प्रवेश गरे। किनभने, लामो पार्टी जीवन बिताइसकेका भए तापनि उनी पार्टीको नेतृत्व तहमा रहेका थिएनन्। एकताकेन्द्रमा वरष्िठ पोलिटब्युरो सदस्य बनेपछि उनको बौद्धिक व्यक्तित्व एकाएक राजनीतिक नेताका रूपमा बदलियो। एकातिर पञ्चायतविरोधी आन्दोलनका क्रममा उनले निभाएको संयुक्त आन्दोलनको नेतृत्वदायी भूमिकाले उनको नेतृत्व क्षमता स्थापित भइसकेको थियो भने अर्कोतिर वामपन्थी आन्दोलनको ध्रुवीकरणको कुरा उनले ०४५ सालतिरबाटै उठाउन सुरु गरेका कारणले एकता प्रक्रियामा उनको वैचारकि उपस्थिति महत्त्वपूर्ण ठहरयिो। सापेक्षिक रूपमा एकताकेन्द्रभित्र सक्षम नेताहरूको उल्लेख्य उपस्थिति हुन पुग्यो। र, त्यहाँ वैचारकि-राजनीतिक बहसको राम्रो वातावरण बन्यो। त्यस बहसमा बाबुरामको भूमिका महत्त्वपूर्ण बन्न पुग्यो।

खुला र भूमिगत राजनीतिको काल

खुला राजनीतिमा बाबुरामले एकताकेन्द्रको चुनावी मोर्चाको नेतृत्व गरे। एक प्रकारले एकताकेन्द्रको वैधानिक मोर्चा र आन्दोलनको लामो नेतृत्वदायी भूमिकाले उनलाई जनतामा स्थापित हुन मद्दत पुर्‍यायो। तर, त्यही छवि जनयुद्धकालमा विवादास्पद पनि देखियो। राजनीतिक रूपमा बाबुरामले एकताकेन्द्रदेखि माओवादीको वर्तमान अवस्थासम्म पनि पार्टीलाई आफूले चाहेको दिशामा लग्ने सामथ्र्य राख्छन्। उदाहरणका लागि एकताकेन्द्र बन्नुपूर्व नै उनले स्थापित गरेको संयुक्त जनमोर्चामार्फत रणनीतिक चुनाव बहिष्कारको पक्षमा रहेको प्रचण्ड समूहले समेत चुनाव उपयोग गरेको थियो। उच्च शैक्षिक व्यक्तित्व, पञ्चायतविरोधी आन्दोलनको नेतृत्व, संजमोको चुनावी नेतृत्व र त्यसमार्फत गरेका वैधानिक आन्दोलनको नेतृत्वले बाबुरामलाई एउटा चर्चित नेताका रूपमा पार्टीभित्र र बाहिरसमेत स्थापित गरायो।

एकताकेन्द्रभित्र चलेको जनयुद्धसम्बन्धी बहसले निर्मल लामा समूह पार्टीबाट बाहिरयिो। ०५१ सालमा माओवादी पार्टी निर्माण भयो। १ फागुन ०५२ बाट माओवादीको जनयुद्धसँगै बाबुरामको भूमिगत राजनीतिक जीवन आरम्भ भयो। बाबुराम नै खुला राजनीतिमा चिनिएका माओवादी भएका कारणले भूमिगतकालमा उनी बढी चर्चामा आउने विषयले पार्टीमा असहज परििस्थतिको निर्माण गर्‍यो। खुला राजनीतिमा रहँदा पनि बाबुरामको सार्वजनिक व्यक्तित्वको विषय विवादरहित थिएन। तर, पार्टीमा उनीसँग तुलना गर्न सकिने अर्को व्यक्तित्व पनि नभएका कारणबाट उनलाई वैधानिक नेतृत्वबाट च्यूत गर्न गाह्रो थियो। प्रयत्न गरिए पनि उनका विरोधीहरू असफल भएका थिए।

पढाइदेखि आन्दोलनसम्म सफल देखिएका बाबुराम भट्टराईको भूमिगत राजनीतिक जीवनलाई कदापि सफल मान्न सकिन्न। भूमिगत जीवनको प्रारम्भिक कालमा उनलाई संगठन निर्माणका लागि हिँडडुल गर्न निकै गाह्रो थियो। अर्कोतिर, भूमिगत भइसकेपछि उनी नेपालमा बसेर संगठन गर्नसक्ने अवस्थाको पनि अन्त्य भयो। त्यसपछि क्रमश: बाबुरामको सांगठनिक पकड कमजोर हुँदै गयो। उनी पार्टीमा गुट नबनाउने कुरा गर्थे तर पार्टीभित्र डरलाग्दा गुटहरू तयार भइसकेका थिए। राजनीतिको अँध्यारो कुनामा किताब पढेर बसेका बाबुरामलाई नेतृत्व स्थापना र नेतृत्व केन्द्रीकरणको पुष्पकमल दाहाल 'प्रचण्ड'-मोहन वैद्य प्रस्तावले मात्र खंगरंग बनायो। यस्तो कथित नेतृत्व स्थापना र केन्द्रीकरण कुनै सैद्धान्तिक सांगठनिक मान्यता नभएर केवल बाबुराम विस्थापनको भद्दा प्रस्ताव मात्र थियो। तर, जनयुद्धको सुरुवात हुनु नै महान् प्रक्रिया भएको ठानेर मख्ख परेका बाबुरामले आफ्नो पार्टीभित्रको सांगठनिक प्रवृत्ति बुझ्न धेरै ढिलो भइसकेको थियो।

बाबुरामको भूमिगत जीवन अधिकांश रूपमा भारतमा बित्यो। नेपालमा उनको आगमन जनयुद्धकालभर िपाहुनाको जस्तै थियो। जनयुद्धको उथलपुथलकारी समाजसँग उनको प्रत्यक्ष साक्षात्कार निकै कम समय मात्र भयो। त्यस्तो साक्षात्कार पनि अत्यन्तै कडा सुरक्षा घेरामा मात्र। त्यसकारण विशाल बाह्य जगत्सँग निरन्तर संवादमा रहेका बाबुराम सीमित व्यक्तिहरूको सानो घेरामा रहिरहे भूमिगत जीवनमा। आफ्नै खालको अन्तरमुखी स्वभाव र भूमिगत जीवनले उनलाई अझ बढी संकीर्ण र साँघुरो घेरामा खुम्च्यायो। पहिलेदेखि नै उनले सामान्य व्यक्तिसँग सहज संवाद गर्न सक्ने शैली अपनाउन सकेका थिएनन्। त्यसमा पनि नेपाली समाजबाट कटेको भूमिगत जीवनले उनको सामाजिक पक्ष खियाउँदै लग्यो। र, उनले केवल सिद्धान्त, विचार र किताबको परििधभित्र रमाउनैपर्ने वातावरण बन्यो। त्यसले गर्दा विचार र राजनीतिबाट माओवादीलाई बाबुरामले नेतृत्व गर्ने र संगठनबाट प्रचण्डले नेतृत्व गर्ने असहज अवस्था आइलाग्यो।

माओवादीभित्रको विचार र संगठनको नेतृत्व एकै जनाले गर्ने हो भने त्यो पार्टी बाबुरामको नेतृत्वमा जाने निश्चित थियो। विचारमाथि बाबुरामले दाबी गर्ने हो भने उनले त्यसै दिनबाट अर्को पार्टी निर्माण गर्नुपथ्र्यो। त्यसको आभास बाबुरामले चौथो विस्तारति बैठकमा नै पाइसकेका थिए। तर, भूमिगत जीवनभित्र ठूलो लडाइँको जोखिम मोल्ने पक्षमा उनी गएनन्। सामान्य विमतिको ठूलो आँधी आएर आलोकलाई उडाएपछि प्रचण्डको प्रशंसाद्वारा आफ्नो राजनीति ठूलो गेटभित्र आरोपित गर्ने रणनीति बाबुरामले अपनाए। चौथो विस्तारति बैठकमा उनले उठाएको संघर्षको झन्डालाई निरन्तर बोकेका व्यक्तिहरूलाई लावारसि छोडेर प्रचण्डको गुणगानमा पुग्नु नै बाबुरामको असफलता हो। त्यसै दिनदेखि बाबुरामको राजनीतिक संस्कृतिमा विचलन पैदा हुन आरम्भ भएको हो। त्यतिबेलाको माओवादी बलियो माओवादी थिएन। चौथो विस्तारति बैठकमा नेतृत्व केन्द्रीकरणको व्यक्तिवादी सोचविरुद्ध आफ्नो असहमति राखेका बाबुरामले आफ्नो सोचलाई अल्पमतमार्फत निरन्तरता दिएका भए आजको माओवादी र आजका बाबुराम नितान्त भिन्न ठाउँमा हुने थिए।

आखिर माओवादीमा एउटै प्रवृत्तिको अन्तरसंघर्षको पुनरावृत्ति हुुनुमा सबैभन्दा बढी दोषी बाबुराम र उनीसँग जोडिएको भूमिगत जीवन छ। उनले आफ्नो राजनीतिक अडानलाई जहिले पनि प्रचण्डसँग व्यक्तिगत सम्झौताद्वारा टुंग्याए। उनले अप्ठ्यारोमा सहयोग गरेका कुनै पनि व्यक्तिसँग सल्लाह नगरी प्रचण्डसँग गर्ने एकलौटी सम्झौताले उनको संघर्ष केवल आफ्नै लागि हो भन्ने सन्देह उनको पंक्तिभित्र पनि पर्न गयो। त्यसकारण समग्र भूमिगत जीवनमा बाबुरामले पार्टीलाई वैचारकि राजनीतिक नेतृत्व दिएका भए पनि उनको भूमिका कमजोर रह्यो। संगठन र विचारको अन्तरविरोध रहिरह्यो। विचार र राजनीतिलाई समात्नै नसक्ने र प्रवाहित नै नगर्ने संगठनभित्र बसेर बाबुरामले निरन्तर आलोचना मात्र खाए। तर विडम्बना, माओवादी पार्टी संगठनले उनलाई निरन्तर गाली मात्र गरे पनि समग्र पार्टी उनले भनेकै दिशातिर लम्किरह्यो। यसै कुरामा सन्तोष मानेर बाबुरामले आफ्नो भूमिगत जीवनको मूल्यांकन गर्छन् कि ?

माओवादी नेताका रूपमा पार्टीबाहिर बाबुराम भट्टराई जति स्वीकार्य छन्, पार्टीभित्रको पंक्तिमा त्यति नै अस्वीकार्य। प्रचण्डको नेतृत्व त्यसको विपरीत थियो। तर, माओवादीको इतिहासमा कल्पनै गर्न नसकिने वैद्य र भट्टराईको बीचमा भएको एकताले प्रचण्डको बनिबनाउ रहने दुवैथरी राजनीतिक समीकरणहरू भत्किए। परण्िाामस्वरूप बाबुरामलाई कहिल्यै पनि प्रधानमन्त्री बनाउन नचाहेका प्रचण्डलाई ठूलो दबाब पर्न गयो। र, माओवादीमा सम्भवत: पहिलोपटक बाबुराम निकै बलियो रूपमा उदाए। आफ्नो फाइदाका लागि जस्तोसुकै समीकरण बनाउन पनि तयार प्रचण्डजस्तै बाबुराम पनि 'जस्तोलाई तस्तै, ढिँडोलाई निस्तै' भन्नेमा पुगे। यस समीकरणले प्रचण्डलाई कमजोर त बनायो तर आगामी दिनमा उनको असहजता पनि कम हुने देखिँदैन। जेहोस्, माओवादी र बाबुरामको सम्बन्धभित्र एकताभन्दा संघर्षको कथा लामो छ। पहिलोपटक प्रचण्डविरोधी मोर्चाबाट शक्ति हासिल गर्न कस्िसएका बाबुरामको आगामी यात्रा भने अझ चुनौतीपूर्ण देखिन्छ। ध

-खनाल नेकपा माओवादीका पूर्वनेता हुन् ।)

सबल पक्ष

निरन्तर आफूलाई नयाँनयाँ वैचारकि पक्षहरूबाट अद्यावधिक गर्न सक्नु बाबुराम भट्टराईको महत्त्वपूर्ण सबल पक्ष हो। माक्र्सवादमाथि आलोचना गरेका पुस्तक पनि पढेका कारणले उनको माक्र्सवादी अध्ययन सिर्जनशील छ। अझ माक्र्सवादको मुख्य पक्ष राजनीतिक अर्थशास्त्रलाई उनले बुझ्ने र तदनुकूल समाज विकासको विशिष्ट परििस्थतिलाई विश्लेषण गर्ने उनको क्षमता अद्भुत देखिन्छ। माओवादीको जनयुद्धकाल र त्यसको अगाडि होस् वा पछाडि, सबै अवस्थामा बाबुरामले कोरििदएको सैद्धान्तिक सीमाभन्दा पर माओवादी जान सकेन। माओवादीको भीषण अराजक स्कुललाई जस्तो अवस्थामा पनि एउटा निश्चित सैद्धान्तिक र राजनीतिक सीमाले बाँधिराख्न सफल छन् बाबुराम। जसले प्रतिरक्षा गरे पनि माओवादी आन्दोलनमा भएका जुनसुकै घटनाका बारेमा बाबुराम बोल्नैपर्ने परििस्थति निर्माण हुनु बाबुरामको विश्वासको नमुना थियो र छ।

पार्टी संगठनभित्र कसैले लागू गरोस् या नगरोस् तर बाबुरामको कुरालाई जो कसैले पनि अत्यन्तै गम्भीरतासाथ ग्रहण गर्छ। आप्नो सैद्धान्तिक अडान र त्यससँग जोडिएको राजनीतिलाई सटीक विश्लेषणद्वारा तात्कालिक राजनीतिक शक्ति सन्तुलनका आधारमा आफ्नो राजनीतिक सीमा निर्धारण गर्न बाबुराम ज्यादै निपुण छन्। परििस्थतिको मूल्यांकन गर्न र तदनुकूल परििस्थतिलाई आफ्नो पक्षमा ल्याउन उनको पहलकदमी निकै सक्रिय हुन्छ। त्यसकारण माओवादीको राजनीतिक रोडम्याप सधैँ बाबुरामद्वारा निर्धारण हुन्छ। राजनीतिको उतारचढाव र परविर्तित परििस्थतिलाई बुझेर कदम चाल्न सक्नु बाबुरामको सबल पक्ष हो।

बाबुराम अन्य नेताहरूभन्दा सरल देखिन्छन्। खासगरी उनमा उपभोक्तावादी संस्कृति देखिन्न। उनको बाहिरी र भित्री गरी दुईवटा रूप छैनन्। अध्ययन गर्ने उनको बानी प्रख्यात छ। निम्नमध्यम परिवारबाट आएका अधिकांश नेताहरू सत्तामा पुगेपछि आफ्नो परिवारको घेराभित्र कैद हुन्छन्। तर, बाबुराम आफ्नो पारिवारकि घेराबाट टाढै छन्। कमसेकम उनको गोर्खाली परिवार राजनीतिक ब्याज खान उनको नजिक देखिँदैन। जबकि, यस मामिलामा माओवादीका अधिकांश नेताहरू ज्यादै बदनाम छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूलाई विश्वासमा लिएर अगाडि बढ्न सक्ने क्षमता पनि बाबुरामको सबल पक्ष हो। माओवादीको बौद्धिक अनुहार हेर्दा बाबुराम मात्र देख्ने अन्तर्राष्ट्रिय जमात उनको दृष्टिकोणबाहेक अर्को दृष्टिकोणलाई माओवादी दृष्टिकोण मान्नै तयार छैन। यस स्तरको विश्वास जगाउन सक्नु उनको महत्त्वपूर्ण सबल पक्ष हो।

दुर्बल पक्ष

राजनीतिमा कुनै पनि जोखिम नमोलीकन उपलब्धि हासिल गर्न खोज्ने बाबुरामको दुर्बलता एउटा राजनीतिज्ञका रूपमा निकै खट्किलो विषय हो। उनको गरबि र किसानी मानसिकताकै कारणले होला, सहरलाई हेर्दा जहिले पनि उनमा हीनताबोध देखिन्छ। उनको ज्योतिषी परिवारले प्रत्येक काम जोखना हेरेर गर्ने भएकाले सायद त्यसैको प्रभाव परेर होला, परििस्थतिको सही आकलन गरे पनि त्यसका लागि चाहिने साहस उनी समयमै जुटाउन सक्तैनन्। जब समय व्यतीत हुन्छ र परििस्थति भताभुंग हुन्छ, तब मात्र बाबुराम बिगि्रसकेको राजनीतिक समीकरणलाई हेरेर पछुताउँछन्।

जस्तोसुकै सामाजिक परविेशमा सहज संवाद गर्न सक्ने क्षमता बाबुरामसँग छैन। खानेलाउने सवालमा निकै सरल भए पनि राजनीतिमा सामान्य व्यक्तिहरूसँग सहज संवाद नभएको हुनाले सामान्य मान्छेको नजरमा बाबुराम घमण्डी देखिन सक्छन्। उनको वैवाहिक जीवन पनि सहज सामाजिक सम्बन्धको अनुकूल छैन। परण्िाामस्वरूप उनको यस्तो खालको अवगुणलाई उनकी श्रीमतीले समेत पूर्ति गरििदन सक्तिनन्। बरु अझ असहज र विवादित बनाउन मात्र मद्दत गर्छिन्। सामान्य ग्रामीण समुदायबाट पार्टीमा आएका करबि ९९ प्रतिशत नेता तथा कार्यकर्तालाई विश्वासमा लिन बाबुरामले नसक्नुको मुख्य कारण यही हो। कार्यकर्ताको नजरमा बाबुराम नेता हुन् तर साथी होइनन्।

बाबुराम जति सामाजिक हुनुपर्ने हो, त्यसको विपरीत एक्ला छन्। उनका अन्तरंग मित्र कमै छन्। सामाजिक सम्बन्धमा चाहिने जीवन्तता उनमा पटक्कै देखिन्न। राजनीतिमा चाहिने गतिशीलता पनि उनी समयमा देखाउन सक्तैनन्। त्यसकारण उनले जहिले पनि आफूलाई नेतृत्व तहमा नसोचेको हरूवा कुरा गर्छन्। तर, अन्तर्यमा त्यसको लालसा पनि राखिरहन्छन्। यही अन्तरविरोधमा फसेर उनको छवि पार्टीभित्र विवादास्पद बन्छ।

आफ्नो र पराया मान्छे कहिल्यै पनि चिन्न नसक्ने बाबुरामजस्तो विद्वान् पनि यतिविधि कोकल्याँटो हुँदोरहेछ भन्ने उनीबाटै यस पंक्तिकारले थाहा पाएको हो। आफ्नो नजिक आएर प्रशंसा गर्नेप्रति उनको विश्वास हेर्दा बाबुरामको सामन्ती मानसिकता बुझ्न एउटै घटना काफी हुन्छ। उनलेे कहिल्यै पनि आफ्नो वरपिर िआफूलाई सुझाव दिन सक्ने, आलोचना गर्न सक्ने तथा आफ्नोे उत्तराधिकारी बन्न सक्ने व्यक्ति राखेनन्। सधैँ कमजोर स्तरका कार्यकर्ताको माझमा रमाउने बाबुरामसँग कुनै पनि राजनीतिक परििस्थतिमा सांगठनिक योजना भएन। उनले जतिसुकै जनवादको कुरा गरे पनि उनको सामन्तवादले पनि प्रशंसाबाहेक अरू केही रुचाउँदैन। बाबुरामको यो दुर्बल पक्ष हो।

जसको पनि ज्ञान लिनसक्ने व्यक्तिका रूपमा आफूलाई देखाए पनि सारमा बाबुराममा बौद्धिक अहंकार व्याप्त छ। त्यसैको परण्िाामस्वरूप उनी आफूले बाहेक अर्कोले केही पनि जानेको छैन भन्ने ठान्छन्। त्यसैले नै उनी आफ्नो चाकरी नगर्ने र आलोचना गर्नेहरूभन्दा चाकरी गर्ने र कुरीकुरी लागुन्जेल प्रशंसा गर्ने जमातसँगको भेटघाटमा रमाउँछन्। आफ्नै बौद्धिकताबाट थिचिएका उनी वस्तुगत धरातलमा टेकेर राजनीति गर्न सक्तैनन्। उनले नापेर काट्ने कुरा गर्दागर्दै काट्ने औजारमा नै खिया लागिसक्छ। आफ्नै अप्ठ्यारो परििस्थतिमा बाहेक सहयोगी पंक्तिको वास्तै नगर्ने, बचाउ नगर्ने तथा अर्काका बारेमा कहिल्यै नसोच्ने उपयोगितावादी सोच बाबुरामको कमजोर पक्ष हो।

भारत र बाबुराम

माओवादीभित्रको एउटा जमातले बाबुराम भट्टराईको भारतसँगको सम्बन्धलाई सदैव विवादको विषय बनाएको देखिन्छ । तर, बाबुरामबाट त्यसको राम्रोसँग प्रतिवाद भएको पाइँदैन । माओवादीलाई शान्तिको मार्गमा अवतरण गराउन भारतको भूमिका महत्त्वपूर्ण थियो भन्ने तथ्य निर्विवाद छ । त्यसका लागि भारतले माओवादीसँग कूटनीतिक पहल गरेन होला भन्ने कुरा कसैले पत्याउने विषय होइन । तर, माओवादीका कुनै पनि अन्य नेता र बाबुरामसँग पनि राजनीतिक तहमा त्यसबेलामा विश्वसनीय सम्बन्ध थिएन । त्यसकारण माओवादी एजेन्सी तहको सम्बन्धबाट भारतको संस्थापन पक्षसँग एउटा संवादमा पुगेको देखिन्छ । त्यस्तो सम्बन्धलाई पारदर्शी ढंगले बाहिर नल्याउँदासम्म बाबुरामलाई आरोपित गर्ने जमात रहिरहन्छ । तर, माओवादीको मुख्य नेतृत्वसमेत त्यस्तो जमातमा थपिँदासमेत बाबुरामले यस्तो विषयमा प्रभावकारी प्रतिवाद गरेको देखिँदैन । बाबुराम पनि भारतका राजनीतिक नेतामार्फत भन्दा एजेन्सीहरूमार्फत कूटनीतिक सम्बन्ध स्थापित गर्न इच्छुक रहेको बुझिन्छ । बाबुराम र माओवादीको यस विवादले उनको चरित्रमा निकै ठूलो असर गरेको देखिन्छ ।

एमबी धारको धङधङी
नरेन्द्रजंग पिटर

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य राजनीतिमा कमरेड 'किरण' र सांस्कृतिक फाँटमा चैतन्यका नामले चिनिन्छन्। नेपालको कम्युनिस्ट आन्दोलनको पाको पुस्ताका उनी चौथो महाधिवेशन -चौम)को प्रारम्भकालदेखि एकीकृत मसाल, मशाल, एकताकेन्द्र, माओवादी र एकीकृत माओवादीसम्म शीर्षस्थ नेतृत्वमै रहे। केही समयपहिलेसम्म उनलाई माओवादी पार्टीको अभिभावक मानिन्थ्यो। तर, विचार समूहका नाममा गुटीय गतिविधि गर्न थालेपछि भने उनको त्यो 'स्टाटस'मा ह्रास आएको छ। माओवादीभित्र अहिलेको चरम गुटबन्दीमा उनको भूमिका महत्त्वपूर्ण मात्रै होइन, निणर्ायक पनि छ। वैद्य किन यसरी एउटा क्रान्तिकारी पार्टीको अभिभावकबाट गुटको नेतामा स्खलित भए ? यस प्रश्नको उत्तर पाउन उनको राजनीतिक जीवन चियाउनु आवश्यक छ।

पाँचौँ महाधिवेशनबाट मोहनविक्रम सिंह -एमबी)को राजनीतिक लाइन पास त भयो तर लगत्तै उनी चरत्रिसम्बन्धी आरोपमा कारबाहीमा परे। त्यससँगै सुरु भयो, एमबीविरुद्ध भण्डाफोरको अभियान। त्यतिबेला नीति र कार्यक्रम एमबीको भए पनि पार्टीको महासचिव वैद्य थिए। हरेक पार्टीहरू फुट्दा भण्डाफोरलाई भावनात्मक बनाएर कार्यकर्ता तान्ने प्रयास देखिएकै कुरा हो। एमबीविरुद्धको भण्डाफोर अभियानमा पनि त्यस्तै भयो र अन्तत: एमबीले नेकपा मसाल खोलेर विभाजित हुनुपर्‍यो। तर पनि, मशाल र मसालको कार्यक्रम र कार्यदिशामा रहेको फरकभन्दा पनि एमबीको चारिित्रक कुरा उठाएर उनलाई परास्त गर्ने प्रयास भयो। देशभक्त जनतान्त्रिक शक्तिको सरकारका ठाउँमा सम्पूर्ण शक्ति जनतामा हस्तान्तरण भन्ने कार्यनीतिक नारा ल्याए पनि मशाल र मसालको चरत्रिमा खासै भिन्नता थिएन। अर्कोतिर, ०४२ देखि ०४६ सालसम्मका चार वर्षमा आफूलाई सही सावित गराउनुभन्दा पनि ती दुई पार्टीले एकअर्काको कार्यनीतिकै आलोचनामा समय खर्च गरे।

जब कुनै पार्टीसँग कार्यक्रम हुँदैन र वर्गसंघर्षका तत्कालीन कडी थाहा पाउन सकिँदैन, तब आग्रहलाई हाबी बनाएर अर्कालाई होच्याए आफू अग्लो भइन्छ भन्ने सोच आउँछ। हरभिक्त कँडेलले एमबीले शान्ता सिंहलाई लेखेको छोडपत्रलाई प्रचार सामग्री बनाए। अस्वस्थ अन्तरविरोधका बेला वर्गशत्रु पनि साथी हुन्छन् भन्ने भ्रमले पनि काम गर्छ। मशालकालमा पनि त्यस्तै भयो। नेपाली कांग्रेसको सत्याग्रहसँगसँगै नेविसंघको उत्पात पनि बढेको थियो। चितवनको मेघौलीमा मित्रमणि आचार्यको हत्या भइसकेको थियो। रामराजाको बमकाण्डले पञ्चायतको कोप बढेको थियो। अर्कोतिर, वैद्यहरू नयाँ अभ्यास, प्रयोग र भूमिकामा भन्दा हिजोका सहयोद्धाहरूलाई कसरी खुइल्याउने र हुर्मत काढेर उम्दा देखिने भन्नेमा व्यस्त थिए।

बाघे ओढारको तालिम र सशस्त्र युद्धको तिलस्मी चर्चा गरेर '४० को दशकमा एमबीले युवा जोसलाई भजाउने प्रयास गरेका थिए भने वैद्य नेतृत्वको मशाललाई एकीकृत चौथो महाधिवेशन वा एकीकृत मशालभन्दा भिन्न देख्नु अनिवार्य भइसकेको थियो। त्यसैबेला सेक्टर काण्ड भयो। त्यही काण्ड वैद्य नेतृत्वबाट हट्ने नैतिक कारण बन्यो। ०४३ सालमा पञ्चायती चुनाव बहिष्कारका क्रममा असन, इन्द्रचोक, क्षेत्रपाटी र ठमेलको प्रहरी सेक्टरमा तोडफोडलाई नै सेक्टर काण्ड भनिन्छ। त्यो कुनै क्रिया नभई बाघे ओढारको प्रतिक्रियाबाट सिर्जित रुमानी लहड थियो। कुनै तयारी र मार्गचित्रबिना ठोस परििस्थतिको ठोस विश्लेषणको अभावमा गरएिका ती कारबाही अर्थहीन थिए। त्यसको केन्द्रमा वैद्य थिए।

०३८ देखि ०४६ सालसम्मको अवधिमा पनि मशालमा क्रान्तिका ठूलठूला कुरा गर्ने तर व्यवहारमा भने सिन्को नभाँच्ने एमबी प्रवृत्तिको विरोध भइरह्यो। तर पनि, एमबी प्रवृत्तिबाट मशाल मुक्त हुन सकिरहेको थिएन। परण्िाामस्वरूप युवाले हस्तक्षेपमूलक पहलको आवश्यकता महसुस गरेे। ०४६ कात्तिकमा मशालको नेतृत्व परविर्तन भयो। वैद्य मशालको नेतृत्वमा रहँदा क्रान्तिलाई बुझ्ने र व्याख्या गर्ने तरिका तथा त्यसलाई कसरी व्यावहारकि रूप दिने भन्ने प्रश्न बहसका विषय बने। वैद्यबाट मशालको संगठनात्मक नेतृत्व हुन नसकेपछि दुई पात्र विकल्पका रूपमा देखिए, सीपी गजुरेल र पुष्पकमल दाहाल 'प्रचण्ड'। देव गुरुङले लबिङ् गरेका गजुरेलका लागि सिन्धुली प्रकरण बाधक बन्यो भने प्रचण्डलाई वैद्यको समर्थन रह्यो। महासचिवमा आउनेबित्तिकै प्रचण्डद्वारा सबै कम्युनिस्टसँग एकताको अपिल भयो तर वैद्यले सिद्धान्त रक्षाका लागि दक्षिणपन्थीसँग एकता गर्न नहुने प्रस्ताव राखे। क्रान्ति र परविर्तन शुद्धतावादी र वीरहरूद्वारा मात्रै नभई समग्र जनताका अग्रगामी हिस्सालाई समेटेर हुन्छ भन्ने प्रचण्डको सोच थियो भने त्यस्तो सोचले सिद्धान्तको रक्षा हुँदैन भन्ने वैद्यको धारणा थियो। यही थियो प्रचण्ड र वैद्यबीच मतान्तरको पहिलो विन्दु। र, दुवैबीचको पछिल्लो मतभिन्नतामा पनि त्यो दृष्टिगोचर हुन्छ।

प्रचण्ड नेतृत्व एमबी धङधङीबाट मुक्त थियो। त्यस धङधङीबाट मुक्त भएर नै एकता, संघर्ष र रूपान्तरणको विधिलाई आदर्शमा मात्रै नराखी व्यवहारमा पनि लागू गर्ने कार्ययोजना बन्न थाले। त्यसैले एकताले तीव्रता पायो र दीर्घकालीन जनयुद्धले समेत मूर्त रूप पायो। जनयुद्धप्रति असहमत हुनेहरू पार्टी विभाजन गरी एकताकेन्द्रमा संगठित भए। वैद्य सिद्धान्त्ारक्षाकै नाममा ०४८ को चुनाव उपयोग र ०५१ सालको चुनाव बहिष्कारको विपक्षमा रहे। यसको अर्थ हुन्थ्यो, उनी कार्यनीतिलाई रणनीतिको अर्थमा बुझ्थेे र उनीसँग वैकल्पिक योजना हुँदैनथे। अहिलेसम्म पनि सिद्धान्तको रक्षाप्रति उनी अति संवेदनशील छन् तर विकासबिना सिद्धान्तको रक्षा हुन सक्दैन भन्ने विषयमा भने उनी उदासीन देखिन्छन्। एकताकेन्द्र हुँदै माओवादीदेखि एकीकृत माओवादी बन्दासम्म पनि उनमा एमबी स्कुलको धङधङी रहिरह्यो।

हाम्रो उत्पादन प्रणालीको छाप हरेक मानिसमा पर्नु अस्वाभाविक होइन। वैद्य पनि अहम् र स्वत्वको सिकार हुनु स्वाभाविक हो। जब स्वत्व स्वाभिमानमा विकास हुन्छ, त्यो सिर्जनात्मक हुन्छ भने त्यो अहंकारका रूपमा विकसित भयो भने ध्वंसात्मक बन्छ। यहाँसम्म आइपुग्दा वैद्यमा एकातर्फ आफैँले महामन्त्री बनाएको मान्छेले आफ्नै सोच अनुसार काम गरोस् भन्ने चाहना हुनसक्छ भने अर्कातर्फ महामन्त्री छोडियो भन्ने पछुतो पनि हुनसक्छ। त्यसले हीनताबोध र उच्चताबोधको मिश्रति मनोविज्ञान जन्माएको हुनसक्छ। त्यसैको प्रभाव हुनसक्छ, घनघोर युद्धका क्रममा भएको चौथो विस्तारति बैठकपछि उनमा उदासीनता देखियो र साढे दुई वर्ष भारतीय जेलमा रहँदा जनयुद्धको तीव्र वेगबाट उनी टाढिन पुगे। त्यसले गर्दा १० वर्षको जनयुद्धमा उनको प्रत्यक्ष सहभागिताले निरन्तरता पाउन सकेन। युद्धको तीव्रता र क्षणक्षण फेरइिरहेको राजनीतिक अवस्थामा त्यो समय ठूलै अन्तराल पनि हो।

शान्ति सम्झौतापछि वैद्य जेलमुक्त भए। त्यसबेलासम्म धेरै कुरा फेरइिसकेका थिए। भूमिगत राजनीति सकिएपछि खुला र सार्वजनिक प्रशिक्षण दिइरहेको देख्नु उनका लागि अनौठो हुनु स्वाभाविक पनि थियो। पार्टी खुला भएर टेबलसंघर्ष गर्दै नयाँ अवस्थामा पुगिसकेको थियो। युद्धका मोर्चा, तरिका, क्षेत्र र प्रतिद्वन्द्वी फेरएिका थिए। त्यहाँ पौँठेजोरी खेलेर नभई वाक्चातुर्य र कलाबाट लडाइँ लड्नुपर्ने हुन्थ्यो। सन्दर्भ बदलिएको अवस्थामा भारतीय जेलबाट मुक्त भएर नयाँ बानेश्वरमा भव्य स्वागत पाउँदा आश्चर्यको सीमा नरहेको उनको कथन थियो। नयाँ चुनौती थिए, हल गर्ने कुनै बनिबनाउ उत्तर थिएन।

जनयुद्धले सबै जाति, क्षेत्र, लिंग र भेकको महत्त्वाकांक्षा जगाएको थियो। तर, जागेको महत्त्वाकांक्षालाई बदलिएको सन्दर्भमा पार्टीले सकारात्मक व्यवस्थापन गर्न सकिरहेको थिएन। नयाँ सोच अनुसार बाहिर रहेका परविर्तनवादी शक्तिसँग सहकार्य र पार्टी एकता हुने क्रम सुरु भएपछि पार्टीका युद्धकालीन होनहार कार्यकता पछाडि पर्ने र नयाँले अवसर पाउने अवस्था पनि बन्यो। सँगसँगै संगठनको उचित व्यवस्थापन नहुँदा मूल नेतृत्वप्रति आक्रोश पैदा भयो। फुन्टीबाङ बैठकदेखि मुख्यधारका अगुवा कार्यकर्ताको पदोन्नति भएन। त्यसैले पनि मूल नेतृत्वप्रति आक्रोश बढ्नु स्वाभाविक थियो। पार्टी एकताका क्रममा जनयुद्धकालका रमिते, तमासे, धारेहात लगाउनेहरू नेतृत्वमा पुगे तर ट्रेन्चमा भिड्नेहरू पछाडि परे।

माक्र्सवाद विज्ञान हो भने त्यसलाई प्रयोगशालाको भट्टीमा खारेर मात्रै सिद्धान्तको रक्षा र विकास गर्न सकिन्छ। भौतिक विज्ञानको क्षेत्र त न्युटन र आइन्सटाइनबाट बढेर स्टेफन हकिन्ससम्म पुग्यो भने माक्र्सवाद जहाँको तहीँ कसरी रहन सक्छ ? अन्यन्त्रको नक्कल गरेर यहाँ समग्र परविर्तन हुन सक्दैन भन्ने कुरा बुझ्न आवश्यक थियो। क्रान्तिको आयात निर्यात हुँदैन, त्यो प्रयोग गरेर मात्र विकसित हुनसक्छ। हरेक प्रयोग आफैँमा जोखिमयुक्त हुन्छन्। तर, यहाँ उपलब्धिको हिस्सेदार बन्दा अपजसको भारी नबोक्ने र दायित्वबाट पन्छिने नेपाली सामाजिक मनोभावले पनि काम गरेको देखिन्छ।

वैद्य द्वन्द्ववादका व्याख्याता हुन् तर स्वयं कति द्वन्द्ववादी बन्न सके भन्ने प्रश्न विचारणीय छ। कवि र कविता एउटै हुँदैनन्। कविताको जस्तो जिन्दगी कविको हुँदैन। जीवन कविता होइन। घात-प्रतिघात, अक्कर-ठक्कर खाँदै दुर्घटनाबाट बच्दै चुनौतीको सामना गर्दै अगाडि बढ्ने उपन्यासजस्तो हो जीवन। विज्ञानका व्याख्याताहरू स्वयं वैज्ञानिक नभएझैँ सिद्धान्तको व्याख्याता बन्नु र स्वयं सिद्धान्तकार बन्नु फरक कुरा हुन्। क्रान्तिप्रति अटूट रूपमा निष्ठावान् वैद्य आफ्नो समग्र ऊर्जा चिन्तन क्षेत्रमा खर्च गर्छन् तर संगठनात्मक क्षेत्रमा उनमा उदासीनता छ। उनको चिन्तन शास्त्रीय छ तर गतिलाई पछ्याउने विषयमा भने उदासीन। त्यसैले उनका उग्रसमर्थकहरू पनि उनले राजनीतिक र दार्शनिक नेतृत्व गर्न सके पनि संगठनको नेतृत्व गर्न सक्छन् भन्न हिच्किचाउँछन्।

युद्धकालमा प्रचण्ड मात्रै प्राधिकारयुक्त नेता थिएनन्, हरेक स्तरको माओवादी आफूलाई प्राधिकारयुक्त ठान्थ्यो। शान्ति प्रक्रियामा आएपछि पनि माओवादीभित्र त्यो धङधङी रहिरह्यो। परण्िाामस्वरूप, दुस्मनले बुझेको तर पार्टीपंक्तिलाई बुझाउन नसकिएको कार्यनीतिकोे चंगुलमा पार्टी फस्न पुग्यो। त्यसको छाप चितवन, बालाजु, खरपिाटी र पालुङटार बैठकमा देखा परे। अझ पार्टीले सरकारको नेतृत्व पाइसकेपछि त धेरैका महत्त्वाकांक्षाहरू न्ााङ्गो रूपमै प्रकट भए। दलको उपनेता छानिँदा त्यसले तरंग नै ल्यायो भने पहिलो बेन्चबाट अन्तिम बेन्चमा सरेका वैद्य संसद्बाटै बाहिरएि। कतिपयले मन्त्री नपाए आत्महत्या गर्छु भन्नसम्म भ्याए। कतिपयलाई पुराना पाप पखालेर क्रान्तिकारी देखिनुपर्ने थियो भने कतिलाई दोहोरो जीवनशैली छिपाउनु। अक्षमता, लालसा र कुण्ठा लुकाउने र तीव्र महत्त्वाकांक्षा पूरा गर्ने बैसाखी पनि चाहिएको थियो। त्यसका लागि कुनै बेला समग्र पार्टीकै अभिभावक बनेका वैद्यको छत ती सबै पात्र र प्रवृत्तिलाई अपरहिार्य बन्यो। अहिले भने उनको छतमा ओत लिएकाहरूको एउटै उद्देश्य छ, सके प्रचण्डलाई नेतृत्वबाट विस्थापित गर्ने, नसके साइज खुम्च्याएर छाड्ने। शान्ति र संविधानको निणर्ायक क्षणमा पुग्न थाल्दा ठक्कर दिने। त्यसैले अहिले फेर िमाओवादीमा प्रतिक्रियाबाट हाँकिने र बदलाको भावबाट उक्सने एमबी स्कुलको रहलपहल सल्बलाएको देखिन्छ। ध

-पिटर एकीकृत नेकपा माओवादीका केन्द्रीय सल्लाहकार हुन् ।)

कम्युनिस्टका तीन स्कुल

नेपाली कम्युनिस्टहरूका अनेकौँ हाँगाबिंगा भए पनि तीनवटालाई मुख्य स्कुलका रूपमा लिन सकिन्छ। पहिलो, पुष्पलाल श्रेष्ठ, दोस्रो मोहनविक्रम सिंह र तेस्रो प्रचण्ड। नेपालको इतिहास, भूगोल र संस्कृतिको मौलिक अध्ययन गरेर त्यसलाई राजनीतिक अभियानमा ढाल्ने पहल पुष्पलालले नै गरे। तर, उनले वर्गसंघर्षको जुझारु कार्यान्वयनमा पहल गर्न सकेनन्। त्यो धारा कहिले विद्रोहको रूपमा लुम्बिनी किसान संघर्ष, कहिले झापा विद्रोह, कहिले अनिवार्य बचतविरुद्धको संघर्ष, कहिले जुठपानी जुगेडी किसान विद्रोह, त कहिले मुक्तिमोर्चा बन्दै अगाडि बढ्यो। कालान्तरमा बहुदलीय जनवादको धार पनि विकसित भयो, जसमा मदन भण्डारी देखा परे।

दोस्रो स्कुलको नेतृत्व मोहनविक्रम सिंहले गरे। आफूलाई भिन्न देखाउन उनले चौतर्फी रूपमा कम्युनिस्टहरूमाथि नै आक्रमण थाले। आफ्नै संस्थापक र नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा पुष्पलाललाई गद्धार घोषणा गरे र झापा विद्रोहको सकारात्मक पक्ष देख्न सकेनन्। एमबी स्कुल संकीर्ण तर शुद्धतावादको दाबी गर्ने स्कुल बन्न पुग्यो। असहिष्णु र भिन्न विचारलाई आक्रमण गर्न तर्कको प्रयोग गरेर क्रान्तिलाई जटिल, वीरहरू र शुद्धतावादीहरूको खेल बनाइदिए, क्रान्तिकारी देखिनु तर भूमिकाबाट भने जोगिनु एमबी स्कुलका विशेषता रहे। त्यसै स्कुलमा प्रशिक्षित जमात मोहन वैद्य नेतृत्वको मशाल थियो।

तेस्रो स्कुल प्रचण्ड स्कुल हो। कतिपय समस्या हुँदाहुँदै पनि समयको गति मापन गर्न सक्ने, सपनालाई योजनासँग तादात्म्य गर्दै जोखिम उठाउने, सिद्धान्तलाई प्रयोगात्मक तरिकाले विकास गर्ने र आफ्ना एजेन्डामा अरूलाई पनि सहमत गराउने विशेषता हुन् यस स्कुलका। नकारमा पनि सकार र सम्भावनाको खोजी, रणनीतिमा दृढता र कार्यनीतिमा हदैसम्मको लचकता यस स्कुलका विशेषता हुन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out