फेसबुकका संस्थापक विश्वकै 'सञ्चार शक्तिशाली'

लन्डन (एजेन्सी), श्रावण ११ - फेसबुकका संस्थापक मार्क जुकेरवर्ग सबैभन्दा सञ्चार क्षेत्रका सबैभन्दा शक्तिशाली व्यक्ति भएका छन् । गार्जियनले वाषिर्क रूपमा प्रकाशित गर्दै आएको सय शक्तिशाली व्यक्तिको सूचीमा सन् २०११ मा मार्क पहिलो स्थानमा आएका हुन् ।
टि्वटरका सहसंस्थापक ज्याक डोर्से सञ्चार क्षेत्रमा शक्तिशाली व्यक्तिको सूचीको दोस्रो स्थानमा आएका छन् । यसले सामाजिक संजालसम्बन्धीका साइटको शक्ति बढेको देखाएका छन् । यी सामाजिक सन्जालको उच्च प्रयोगले यसअघि अगाडि रहेका पुराना सूचना प्रविधिमा सफल व्यक्ति एप्पलका स्टेभ जब्स र माइक्रोसफ्टका मालिक स्टेपभ बाल्मर पछि परेका छन् ।गार्जियनले प्रविधि क्षेत्रमा विज्ञहरू, जनसम्पर्कमा काम गरिरहेका व्यक्ति र सञ्चार माध्यमको सहयोगमा यो सूची तयार गरेको हो । सामाजिक सन्जालका संस्थापकले पहिलो २ स्थानमा रहेको अवस्थामा टि्वटरका स्पेटफेन फ्राइ भने एक सयको सूचीबाटै बाहिरिएका छन् ।
सूचीमा विकिलिक्समा जुलियन असान्जको स्थानमा अघिल्लो वर्षको भन्दा माथि आएको छ । सन् २०१० मा ५८ स्थानमा रहेको असान्ज सन् २०११ मा ३२ स्थानमा उक्लिएका छन् । गत नोभेम्बरबाट अमेरिकाको कूटनीतिक गोप्य कागजातलाई चुहाउन सफल भएपछि उनको स्थान नाटकीय रूपमा माथि पुगेको हो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out