रुबेललाई महराले भगाए

काठमाडौँ । नेपाल प्रहरीको बहुचर्चित सुडान घोटालाका योजनाकार तथा कल बाइपासका नाइके बंगालेदशी नागरिक रुबेल चौधरीलाई उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले मुलुकबाट भगाएका छन्। अख्तियारले निगरानीमा राख्न प्रहरी प्रधान कार्यालयलाई जनाउ दिइसकेको अवस्थामा गृहमन्त्री महराको संरक्षणमा रुबेललाई बंगलादेश पठाइएको छ। कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुबेलकै योजनामा करिब ३० करोड रूपैयाँको सुडान घोटला गरिएको थियो।

उक्त घोटलाबाट माओवादी अध्यक्ष प्रचण्डले समेत ६ करोड रूपैयाँ बुझेको पत्रपत्रिकाहरुले सार्वजनिक गरिसकेको छ। रुबेललाई नेपालमै राख्दा कांग्रेस महामन्त्री रहेका तत्कालीन गृहमन्त्री कृष्ण सिटौलासँगै माओवादी अध्यक्ष प्रचण्डसमेत तानिने भएकाले रुबेललाई भगाएको उच्च प्रहरी स्रोतले जनाएको छ । सुडान घोटलामा प्रचण्डसँगै कांग्रेसले ५ करोड, सुजताले ३ करोड, सिटौलाले डेढ करोड र तत्कालीन गृहसचिव उमेश मैनालीले ७५ लाख रूपैयाँ बुझेका थिए। प्रचण्ड र सिटौलाबीच गोप्य वार्ता भएलगत्तै बिना रोकतोक रुबेललाई प्रहरीले नै सम्मानजनक रूपमा ढाका उडाएको हो। शंकास्पद व्यक्तिमाथि अनुसन्धान गर्न प्रहरीलाई कसैको निर्देशन चाहिँदैन। त्यसमाथि पनि अख्तियारले निर्देशन दिइसकेको अवस्थामा प्रहरीले रुबेललाई एकचोटि पनि सोधपुछ नगरेको घटनाले प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहसमेत सुडान काण्डमा तानिएका छन्। अभियुक्तलाई गिरफ्तार नगरेको घटनाले आइजिपी शाहसमेत सुडान काण्डका मतियार बनेको प्रहरी स्रोत बताउँछ। प्रहरीहरूको पसिनाबाट जम्मा गरिएको कल्याण कोषको रकमबाट करिब ३० करोड घोटाला भएको अनुसन्धानले पुष्टि गरिसकेको छ। त्यही घोटालाका नाइकेमाथि किन अनुसन्धान भएन? महानिरीक्षक शाहको नियतमाथि गम्भीर प्रश्न उठेको छ। कल बाइपासमा त रुबेलको संलग्नता पटकपटक पुष्टि भइसकेको छ। भिओआइपी कल बाइपासको अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार हालसम्म पक्राउ परेका सबै बंगालदेशीले रुबेलकै निर्देशनमा काम गर्दै आएका थिए। पक्राउ परेकाहरूले पनि बयानमा उक्त कुरा बताउँदै आएका छन्। तर प्रहरीले कल बाइपास सेन्टरबाट कामदारबाहेक सञ्चालकलाई पक्राउ गर्न सकिएको छैन। मण्डिखाटारस्थित सुजताको घरमै बस्दै आएका रुबेलले पहिलेदेखि नै प्रहरी र सेनाका ठूला ठेक्का मिलाएर करोडौं कुम्ल्याइसकेका छन्। सुजाता परराष्ट्रमन्त्री हुँदा पनि उनले एमआरपीको ठेक्कामा निकै चलखेल गरेको भए पनि सफल हुन सकेनन्। सुडान र कल बाइपासको संवेदनशील मुद्दामा प्रहरीले रुबेललाई उन्मुक्ति दिएकोमा आइजिपी शाहप्रति प्रहरी अधिकारीहरू नै रुष्ट बनेका छन्। शाह पनि भ्रष्ट आइजिपीहरूकै सूचीमा दर्ज हुने संभावना बढेर गएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out