डिस्को दुनियाँ

वाओ, आज त लेडिज नाइट ! गाइज् इट्स टाइम टु डिस्को ।"

रमाइलोमा मात्र सीमित छैन, डिस्कोथेक संस्कृति
जीना गुरुङ, २१, ले फेसबुक स्टाटसबाटै आफ्ना नजिकका साथीलाई डिस्कोथेक जान निम्तो गरनि्। उनी बिहीबारका दिन दरबारमार्गस्थित होटल याक एन्ड यती परसिरमा रहेको प्लाटिनम डिस्कोथेकले युवतीहरूलाई दिने नि:शुल्क प्रवेश अर्थात् 'लेडिज नाइट'बारे बताइरहेकी थिइन्। भर्खरै प्लस टुको पढाइ सकेका जीना, पि्रया, निक्की र रीतालाई 'फ्रेस' हुने बहाना न चाहिएको थियो।
"नियमित त होइन तर मुड चल्यो भने हामी डिस्कोथेक पुग्छौँ, नाच्छौँ। र, रमाउँछौँ," स्कुले जीवनदेखिकै जीनाकी अन्तरंग मित्र रीता भन्छिन्, "डिस्कोले बनाएका नियमभित्र रहेर रमाइलो गर्न जान्नुपर्छ, गज्जब हुन्छ।"
रीताजस्तै 'खाऊ, नाच, साथीहरूसँग घुम तर अरूको दिल नदुखाऊ' भन्ने आदर्श बोकेको तन्नेरी पुस्ता मात्र होइन, व्यस्त र यान्त्रिक जीवनशैलीको दबाब झेलिरहेका पाका उमेर समूहका सहरयिाका लागि डिस्कोथेक मनोरञ्जनको लोभलाग्दो विकल्प हो। अघिल्लो साता एक साँझ सुन्धारास्थित बेबिलोन डिस्कोमा भेटिएका अधबैँसे विष्णु पुरी भन्दै थिए, "डिस्कोथेकमा असुरक्षा हुन्छ, बबाल हुन्छ भन्ने भावना अब हराउँदैछ।"

उपत्यकाका विभिन्न स्थानमा ठूला र कहलिएका झन्डै आधा दर्जन डिस्कोथेक छन्। मिनी डिस्को र निश्चित समयका लागि 'बुक' गरेर खाने-पिउने र नाच्नेे लाउन्जहरू त दुई दर्जनभन्दा बढी छन्। खासगरी पर्यटकीय क्षेत्र ठमेलका कतिपय रेस्टुराँले यस्ता लाउन्ज चलाएका छन्। खासमा अहिले काठमाडौँमा पूर्ण रूपले सुसज्जित पाँचवटा डिस्कोथेक छन् भने लाउन्जहरूको संख्या मात्रै २५ नाघिसकेको छ।

डिस्कोथेकका बीस वर्ष

काठमाडौँको डिस्कोथेक इतिहास लामो छैन। विसं २०४९ मा ठमेलमा खुलेको जोली डिस्कोलाई पहिलोे डिस्कोथेक मानिन्छ। यद्यपि, यसभन्दा पहिले डिस्कोथेककै शैलीमा रमाइलो गर्ने प्रचलन भने नभएको होइन। ड्रमर देव रानाका अनुसार विसं '४० दशकको मध्यतिरै काठमाडौँका तारे होटलहरूमा डिस्को पार्टी आयोजन हुन्थे। तर, अहिलेका जस्ता परष्िकृत र व्यवस्थित भने हुन्नथे। राती १ बजेबाट सुरु हुने त्यस्ता डिस्को पार्टीहरू बिहानको ३ बजेसम्म चल्थे। त्यस्ता धेरै डिस्को-पार्टीमा ड्रम बजाएका राना सम्झन्छन्, "लाइभ म्युजिकमा हातमा मदिरा लिएर नाच्नेहरूमा नेपाली र विदेशीको संख्या बराबरजस्तो नै हुन्थ्यो।" त्यतिखेर यस्तै पार्टीका लागि बैँककबाट डान्सरहरू र ट्रयाकमा गीत गाउने गायकहरू ल्याइन्थ्यो।

सम्भवत: नेपालकै पहिलो डिजे राजुका अनुसार काठमाडौँमा जोलीपछि एभरेस्ट होटलमा सुरुमा पम्किन्ज र पछि ग्यालेक्सी, डाइनेस्टी, क्लब एक्स जोन, रक्स बार र प्लाटिनक डिस्कोथेकहरू खुले। यी प्राय: डिस्कोमा डिजेको भूमिका निर्वाह गरेका डिजे तेन्जिङ् भन्छन्, "त्यतिखेर अहिलेको जस्तो लाइटिङ् सिस्टम र साउन्ड क्वालिटी त थिएन तर मान्छेहरूको सहभागिता भने लोभलाग्दो हुन्थ्यो।" संगीतको तालमा रमाउनेभन्दा मदिराको तालमा झुम्ने मान्छेको संख्या त्यतिखेर अधिक थियो।

०४६ सालमा आएको प्रजातन्त्रले दिएको सामाजिक, आर्थिक र सांस्कृतिक स्वतन्त्रताले समाजमा विस्तारै जरा गाड्दै गयो। व्यक्तिगत स्वतन्त्रता, जीवनशैली र मनोरञ्जनप्रतिको दृष्टिकोण फराकिलो हुँदै आयो। सूचना र सञ्चारले व्यक्तिका रुचि, चाहना र उत्सुकतालाई तीव्र बनायो। त्यसको प्रभाव कुनै न कुनै रूपमा काठमाडौँका डिस्कोथेकमा पनि देखिन थाल्यो। "यहाँ किन पश्चिमा संगीत मात्र बजाउने भनेर विस्तारै नेपाली ब्यान्डका संगीत पनि मिक्सअप गर्न थालियो," डिजे तेन्जिङ् भन्छन्। समाज बदलिँदै आएपछि डिस्कोथेकमा आउने ग्राहक, यहाँ बज्ने संगीत र नाच्ने तरिकाहरूमा पनि बदलाव आयो।

यद्यपि, सुरक्षा, अदक्ष व्यवस्थापनका कारण पुराना डिस्कोथेक बन्द हुने र नयाँ खुल्ने क्रम जारी रह्यो। एभरेस्ट होटलको ग्यालेक्सी डिस्को, अन्नपूर्णको क्लब डाइनेस्टी बन्द भए। त्यसैगरी, लाजिम्पाटमा रहेको कपर फ्लोर र दरबारमार्गको उडल्यान्ड होटलमा रहेको डिस्कोथेक पनि टिकेनन्। तर, यससँगै नयाँ डिस्कोहरू पनि उदाउन थाले।

समाजशास्त्री मृगेन्द्र कार्कीका शब्दमा, आफ्नो अनुशासनको सिमाना आफँैले निर्धारण गनर्ेे, आफ्नो मर्यादा आफैँले निर्धारण गर्ने तथा यौन र मनोरञ्जनको सीमालाई आफैँले निर्धारण गर्ने पुस्ताको जन्मपछि डिस्को संस्कृति मौलाउन थाल्यो। डिस्कोथेकहरू रहरका गन्तव्यभन्दा बढी मनोरञ्जनका सहज विकल्प बन्न थाले।

विदेशका डिस्कोथेक र नाइट क्लबका स्वाद चाखेका नेपालीको काठमाडौँसँगको साइनो बाक्लियो। प्लस टु र कलेजका विद्यार्थी मात्र होइनन्, बैँकर्स र कर्पोरेट हाउसका कर्मचारी पनि डिस्कोमा पुग्न थाले। यसले डिस्कोथेकका नियम र आचरणलाई अवलम्बन गर्नेहरू बढे। बेबिलोन डिस्कोका व्यवस्थापक सुभास लिम्बू भन्छन्, "पहिलेजस्तो डिस्कोमा आउनेहरू झगडा र होहल्ला गर्दैनन्। आफ्नै ग्रुपसँग रमाउनेहरूको संख्या अधिक छ।"

प्रहरी प्रशासन पनि डिस्कोथेकहरूमा हुने अमर्यादित क्रियाकलापमा न्यूनीकरण आएको स्वीकार्छ। दरबारमार्ग वृत्तका प्रहरी निरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार शुक्रबार, शनिबार र अरू बिदाका दिनहरूम्ाा अधिक भीड हुने डिस्कोहरू पहिलेजस्तो झगडाको केन्द्र बनेका छैनन्। भन्छन्, "बाउन्सर र सादा पोसाकका प्रहरीको पर्याप्त उपस्थितिले मात्र होइन, डिस्कोमा रमाउने मर्यादित जमात बढ्नाले पनि यस्तो सम्भव भएको हो।"

डिस्कोथेककै सिको गरेर काठमाडौँका कतिपय रेस्टुराँले पनि मिनी डिस्को सञ्चालन गरेका छन्। तारे होटलहरूमा मात्रै साप्ताहिक रूपमा सीमित रहने डिस्को पार्टीहरू अहिले राजधानीमा डिस्कोथेकहरूले साताभर िनै आयोजन गर्छन्। त्यसका अतिरक्त व्यक्तिगत र संस्थागत रूपमा आयोजन हुने पार्टीहरूमा पनि लाइट, साउन्ड सिस्टम र डिजेको उपस्थितिले झन्डैझन्डै डिस्कोथेकको वातावरण सिर्जना गरििदन्छन्, पार्टी आयोजकहरूले। डिस्को पार्टीहरू आयोजन गर्ने डि्रम्स आइज इन्टरटेनमेन्टका अध्यक्ष सहयोगी प्रधान भन्छन्, "अचेल मानिसहरू डिस्कोलाई तनाव कम गर्न र मनोरञ्जनको विकल्पका रूपमा लिन्छन्।" उनैले पनि बेला बखतमा बैँकर्स र अन्य कर्पोरेट हाउसका कर्मचारीहरूका निम्ति काठमाडौँका डिस्कोथेकहरूका डिस्को पार्टीको आयोजन गर्छन्। यस्ता पार्टीहरू अत्यन्तै अनुशासित र मर्यादित हुने उनको अनुभव छ।

अझ पछिल्ला दिनहरूमा त निजी औद्योगिक कम्पनीहरूले समेत डिस्को पार्टीहरूको प्रायोजन गर्न थालेका छन्। गोर्खा ब्रुअरीलगायतका मदिरा उत्पादक कम्पनीहरूले त डिस्को पार्टीको प्रायोजन नै गर्छन्। अझ कलेज पढ्ने विद्यार्थीहरू त आफ्नो समूहका लागि मात्रै पनि अगि्रम डिस्को बुक गर्छन्। बेबिलोन डिस्कोमा मात्रै हरेक महिना १० देखि १५ वटासम्म यस्ता बुकिङ् हुन्छन्। बेबिलोनका सञ्चालक लिम्बू भन्छन्, "यसरी बुक गर्नेहरू अधिकांश कलेज पढ्ने विद्यार्थीहरू हुन्छन्।"

ठमेलका धेरैजसो लाउन्जहरू मिनी डिस्कोजस्ता छन्। नेपालीभन्दा विदेशी धेरै प्रवेश गर्ने ठमेलको फायर क्लबमा पछिल्ला दिनमा नेपाली तन्नेरी जोडीहरू पनि धेरै पुग्ने गरेका छन्। अधिकांश डिस्कोहरूले डिस्कोलाई मर्यादिन बनाउनका लागि विभिन्न नियमहरू बनाएका छन्। जस्तो: फायर क्लबमा नाच्ने र डि्रङ्क्स गर्ने फरक-फरक ठाउँ छन्। सञ्चालक दावा लामा भन्छन्, "डिस्कोको रङि्भित्र मदिरा पिउन र धुम्रपान गर्न हामीले बन्देज लगाएका छौँ।" १६ वर्षमुनिकालाई प्रवेश निषेध गरिएको उनको डिस्कोमा हाफ पाइन्ट र चप्पल लगाएर छिर्न पाइँदैन। यस्तै नियम दरबारमार्गमा रहेको आई क्लब, प्लाटिनम डिस्को र बेबिलोनमा पनि छ।

पुतलीसडकमा रहेको क्युब क्लबमा हरेक शुक्रबार र शनिबार कलेज पढ्ने तन्नेरीहरूको भीड लाग्छ। सञ्चालक निरेश शाहीका अनुसार डिस्कोमा आउने अधिकांश प्लस टुका विद्यार्थीहरू हुन्छन्। यहाँ विभिन्न 'थिम' राखेर डिस्को पार्टीहरू सञ्चालन हुने गरेका छन्, जस्तो: लेडिज एन्जल पार्टी, ड्रेस थिम पार्टी, मास्क पार्टी।

यी त हुँदै भए, अझ काठमाडौँबासीले कुनै जमघट, समारोह, उत्सव र पर्वमा आफूले चाहेको स्थानमै डिस्कोको रमाइलो अनुभव बटुल्न सक्छन्। डिस्को पार्टीको आयोजन गर्दै आएका पार्टी नेपालका सञ्चालक श्री गुरुङ भन्छन् "डिस्को सहरयिा समाजका निम्ति अनिवार्यजस्तै भइसक्यो।" पार्टी नेपालले मात्रै मासिक तीन-चारवटा डिस्को पार्टीको आयोजन गर्छ। यस्ता आयोजक अरू पनि छन्। यतिसम्म कि, यस्ता आयोजकहरूले मोफसलका सहरमा समेत डिस्को पार्टी आयोजन गर्छन्। काठमाडौँका अतिरक्त पोखरा, धरान, चितवन, बुटवलमा पनि डिस्को पार्टीहरूको आयोजन हुने गरेका छन्। काठमाडौँको पहिलो जोली डिस्कोदेखि डिजेको भूमिका निर्वाह गरेका डिजे तेेन्जिङ् पछिल्ला दिनमा मासिक २० भन्दा बढी डिस्को पार्टीका लागि अनुबन्धित भइरहेका छन्। भन्छन्, "डिस्कोप्रेमीहरू मोफसलमा पनि बढिरहेका छन्।"

राजधानीलगायत देशका ठूला सहरहरूमा डिस्को संस्कृति मौलाउँदै जान थालेपछि यसको लगानी पनि बृहत् बनेको छ। १०/१५ लाख रुपियाँदेखि झन्डै तीन करोड रुपियाँसम्मको लगानीका डिस्कोहरू सञ्चालनमा छन्। जेठ तेस्रो सातादेखि पोखरामा सञ्चालनमा आएको ओजन नाइट क्लब एक करोड रुपियाँको लगानीमा मोफसलमा खुलेको ठूलो लगानीको डिस्कोथेक हो। पोखरामा यसका अतिरक्त प्याराडिसो क्लब, क्लब एसियाना सञ्चालनमा छन्। यस्ता डिस्कोहरूमा बेलाबेलामा लाइभ कन्सर्टदेखि डे-पार्टीसम्म आयोजन हुन्छन्।

डिस्कोप्रेमीहरूको संख्यात्मक विस्तार हुँदै गर्दा डिस्कोथेकहरू परम्परागत मात्रै भएर रहन सक्दैनन्। उनीहरू पनि सुसज्जित हुने प्रतिस्पर्धामा छन्। २८ वटा स्िपकर र ४० हजार वाटको साउन्ड सिस्टम रहेको दरबारमार्गको आई क्लबमा मुभिङ् हेड लाइट -घुमिरहने ठूला बत्ती) मात्रै १६ वटा छन्। बैँककको इन्सोमेनिया डिस्कोको आन्तरकि डिजाइनबाट प्रभावित बताउने यस डिस्कोथेकका सञ्चालक स्टालिन शेरचन भन्छन्, "यसको नक्सा नै बैँककका इन्जिनियरले बनाएका हुन्।" त्यस्तै पाँचतारे होटल याक एन्ड यतीमा रहेको प्लाटिनम डिस्कोमा १० हजार वाटको साउन्ड सिस्टम, क्लोज सर्किट क्यामरासहितको सुविधा छ।

चार वर्षदेखि पाँचतारे होटल याक एन्ड यतीमा प्लाटिनम डिस्को सञ्चालन गररिहेका निरेश श्रेष्ठका अनुसार डिस्कोमा आउने तन्नेरीहरूको आचरण र व्यवहार पनि क्रमश: परविर्तन हुँदैछ। केही वर्ष पहिलेसम्म मदिरा र स्त्रीको खोजीमा डिस्को जाने भन्ने मान्यता पछिल्ला वर्षमा क्रमश: भत्किँदै गएको अनुभव छ निरेशको। भन्छन्, "सहरयिा र शिक्षित पुस्ताको डिस्कोप्रतिको बढ्दो आकर्षणका कारण यस्तो सम्भव भएको हो।" हिजोआज अधिकांश डिस्कोथेकमा जानेहरू गर्लफ्रेन्ड वा ब्बाइफ्रेन्डसँग भेटिन्छन्। त्यसो त आफ्नै समूहमा मस्ती गर्नेहरूको संख्या पनि डिस्कोथेकहरूमा सानो हुँदैन। आई क्लबका सञ्चालक शेरचन भन्छन्, "हामीकहाँ रमाइलोसँगसँगै शारीरकि अभ्यासका लागि नाच्न आउनेहरू पनि त्यत्तिकै छन्।"

सामान्यतया बेलुकी ७-८ बजेदेखि सुरु हुने काठमाडांैँका डिस्कोहरू मध्यरातीसम्म चल्छन्। सुरक्षाको कारण देखाउँदै १२ बजेपछि डिस्को सञ्चालन गर्न नपाइने कानुनी प्रावधानका कारण डिस्कोथेकहरू १२ बजेपछि सुनसान हुन्छन्। १० वर्षभन्दा लामो समयदेखि डिस्कोथेकको सञ्चालन अनुभव बटुलेका प्लाटिनम डिस्कोका म्यानेजर निरेश थापाको अनुभवले डिस्को सहरयिा सम्भ्रान्त परिवारका तन्नेरीमा मात्रै सीमित रहेन। केही वर्षअघिसम्म केटाहरूको मात्रै बाहुल्य रहने डिस्को क्लबहरूमा हिजोआज युवतीहरूको संख्या पनि उत्तिकै देखिन्छ। ब्बाइफ्रेन्डका साथमा आउने युवतीका अतिरक्त समूहगत र एकल रूपमा आउनेको संंख्या पनि कम रहँदैन। व्यवस्थापक थापा भन्छन्, "डिस्कोथेकमा रमाउनेहरूमा केटीहरू पनि कम छैनन्।" हरेक दिन प्लाटिनम डिस्कोमा एक सयदेखि १ सय ५० जनासम्मको सहभागिता रहन्छ। यस्तो संख्या शुक्रबार र शनिबारको दिनमा भने झन्डै चार सयसम्म पुग्ने गर्छ।

संगीत, मदिरा र यौन   

डिस्कोप्रतिको आकर्षणलेे नेपाली समाजमा पश्चिमा संगीत र फेसन स्टाइललाई पनि भित्र्याएको छ। सुरुवाती समयमा भारतीय र अंग्रेजी रेट्रो संगीत र थोरै मात्रामा नेपाली पप र अंग्रेजी हिपहप म्युजिक बज्ने गर्थे डिस्कोथेकहरूमा। पछिल्ला दिनमा बलिउड र हलिउडका फास्ट ट्रयाकका गीतहरूका अतिरक्त डिस्कोथेकमा इलेक्ट्रो हाउस, रेक हाउस, टेक्नोजस्ता पाश्चात्य संगीतको बाढी नै लागेको छ। त्यसका अतिरक्त नेपाली, बलिउड हिट नम्बरहरू र रििमक्स गीतहरू त छँदैछन्। विदेशीहरूलाई लक्षित गरेर प्लाटिनमले हरेक बुधबार 'ल्याटिन नाइट' नै आयोजन गर्ने गर्छ। डिजे राजु भन्छन्, "फास्ट बिटका अंग्रेजी गीतहरूको लोकपि्रयताका पछाडि डिस्कोथेकहरूको भूमिकालाई कम आँक्न मिल्दैन।"

डिस्कोथेकहरू फेसनका पनि केन्द्र हुन्। यसै पनि डिस्को जाने अधिकांश 'डे्रस कन्सस' नै हुन्छन्। युरोप र अमेरिकामा सार्वजनिक भएको कपडा एक साता नहुँदै काठमाडौँमा आइपुग्छ। फेसन डिजाइनर तरुनिका महतो भन्छिन्, "डिस्कोथेक धाउने अधिकांश तन्नेरीहरूमा क्याजुअल र नृत्यमैत्री पोसाकहरू लगाएर डिस्कोथेक र पार्टीमा जाने प्रवृत्ति छ।" युवतीहरूबीच कक्टेल ड्रेस, मिनी वा माइक्रो स्कर्ट र टफहरू डिस्कोथेक फेसनमा चलेका पहिरनहरू हुन्।

डिस्कोथेकको रमाइलोमा मदिरासँगै रम्नेहरू पनि हुन्छन्। अधिकांश 'टिनएजर'का निम्ति डिस्कोथेक मदिरा स्वादको पहिलो पाठशाला हुने गरेको छ। डिजे राजुको अनुभवमा डिस्कोथेकमा बज्ने संगीतको गतिले मदिराको खपत कति हुन्छ भन्ने निर्धारण गर्छ। भन्छन्, "फास्ट बिटको संगीतले मदिरा खपतलाई झन्डै ६० प्रतिशतले बढाएको हाम्रो अनुभव छ।" जस्तो: बानेश्वरका मृदुल पाण्डे, २१, ले पहिलोपटक मदिराको स्वाद डिस्कोथेकमै चाखेका हुन्। ८ कक्षा पढ्दा पहिलोपटक डिस्कोथेक पुगेका मृदुललाई पहिलो बसाइ नै यति रोमान्टिक लाग्यो कि त्यसपछि डिस्कोथेक धाउने उनको बानी नै बस्यो। हरेक साता दुईदेखि तीनपटकसम्म डिस्कोथेक धाउने पाण्डेले काठमाडौँका सबै डिस्कोथेक चहारेका छन्। त्यहाँ धाएरै उनले 'गर्लफ्रेन्ड'हरू बनाएका छन्। तर, उनकै भाषामा ती सबै अस्थायी हुन्। भन्छन्, "नाच्ने र यसो रमाइलो गर्ने। हल्का मदिरा लगाएपछि केटी साथीको व्यवहारमा समेत परविर्तन देखिन्छ। आखिर उनीहरूको पनि चाहना हुन्छ, रमाइलो गर्ने।" पहिलोपटक 'सेक्स'को अनुभवको अवसर पनि पाण्डेलाई यही माहोलले जुराइदिएको रहेछ। मृदुलसँगै क्युब क्लबमा भेटिएका पुतलीसडकका रोशन कार्की भन्छन्, "म्युजिक र डि्रक्सको कम्बिनेसनको मज्जा डिस्कोथेकमा बाहेक अन्यत्र पाइँदैन।" उनको पनि डिस्कोथेक धाउने एउटा तन्नेरी समूह छ, जहाँ युवती साथीहरू पनि छन्। भन्छन्, "केवल रमाइलोका लागि भए पनि हामीलाई हाम्रा सीमाहरू थाहा छन्।"

एसिई कलेजमा बीबीए पढ्दै गरेका राजदीप गौतम, २१, को अनुभवमा डिस्कोथेक भनेको स्वतन्त्रताको अनुभव गर्ने ठाउँ हो। नियमित डिस्कोथेक धाउने गौतम आफ्नो अभिभावकको अनुमतिमा डिस्को जान्छन् र समयमै घर र्फकन्छन्। उनका कतिपय साथीहरू यस्ता पनि छन्, जो अभिभावक निदाएपछि पर्खालबाट हाम फालेर पनि डिस्कोथेक पुग्छन्। भन्छन्, "डिस्कोथेकका क्रेजीहरू जस्तोसुकै परििस्थतिमा पनि मनोरञ्जन लिन छोड्दैनन्।" सामान्यतया डिस्कोथेक जानेहरूले एकपटककमा औसत २ हजार ५ सयदेखि ३ हजार रुपियाँसम्म खर्च गर्ने गर्छन्, जसको अधिकांश हिस्सा मदिरामा खर्च हुन्छ।

च्यानल नेपालका कार्यक्रम सञ्चालक पासाङ योञ्जन लामा डिस्कोथेकहरूबाटै लाइभ कार्यक्रम 'फ्राइडे फिभर' चलाउँछन्। कार्यक्रमको एकवर्षे लामो यात्रामा उनले काठमाडौँका सबै डिस्कोथेकहरू चहारेका छन्। डिस्कोथेक धाउने कैयन् तन्नेरीसँग कुरा गरेका छन्। भन्छन्, "डिस्कोथेक धेरैका निम्ति प्रेमको बाटो हुँदै सेक्ससम्म पुग्ने प्रस्थानविन्दु भएको छ।" ध

(आवरण तस्बिर : लक्ष्मीप्रसाद ङाखुसी)

डिस्को अनुभव

नकिम शाह, ४७. मनोरञ्जन उद्यमी

हाम्रो समयमा डिस्को जानुको सान नै बेग्लै हुन्थ्यो। तन्नेरी उमेरमा लामो समय विदेश बसेको हुनाले पनि मलाई डिस्को जान मन पथ्र्यो। त्यतिखेर हामी एभरेस्ट होटलमा रहेको पम्किन्ज डिस्को जान्थ्यौँ, जो पछि नाम परविर्तन गरेर ग्यालेक्सी डिस्को भएको थियो। डिस्को जाने हामी साथीभाइको एउटा समूह थियो। हामी त्यतिखेर रातको १० बजे डिस्को जान्थ्याँै र १ बजेसम्म बस्थ्यौँ।

डिस्को जानुलाई समाजले पचाइसकेको थिएन। डिस्को जाने भएकै कारण कतिले हामीलाई आवारासम्म भन्थे। त्यतिबेला पनि साथीहरूले घरघरमा पार्टी आयोजन गर्थे। हामी संगीत र मदिराको सुरुमा नाच्थ्यौँ। सन् १९८७ देखी १९९२ सम्म म नियमित डिस्को गएँ। त्यतिखेरको फ्राइडे नाइटमा डेढ-दुई सयको उपस्थिति हुन्थ्यो। तिनताक डिस्को अत्यन्तै अनुशासित थिए, अहिले त झगडाको घर भएको सुनिन्छ। हिजोआज पनि डिस्को पार्टीहरूमा रमाइलो गर्छु। तर, डिस्कोथेकहरू चहार्न भने मन लाग्दैन।

भोला थापा, ६४, पर्यटन व्यवसायी

म नाच्न मन पराउँछु। काठमाडौँका प्राय: डिस्कोथेकहरू मैले चहारेको छु। २०-२१ वर्षको उमेरमा खुबै डिस्को गइयो। हरेक महिनाजसो डिस्को जान्थेँ। त्यतिखेर लाजिम्पाटका कपर फ्लोर र एभरेस्ट होटलमा रहेको डिस्कोथेक प्राय: मेरो अड्डा थियो।

केटाहरूको मात्रै संख्या धेरै हुन्थ्यो। एकाध केटा गर्लफ्रेन्ड लिएर जान्थे। एउटी केटी देखेपछि सबै जनाले त्यहीमाथि आँखा लगाउँथे। तर, अहिले अवस्थाा ठीक उल्टो छ। अहिले त डिस्कोमा केटा र केटीको संख्या बराबर नै जस्तो हुन्छ।

डिस्कोमा नेपालीहरूको संख्या अत्यन्तै थोरै थियो। त्यसबेला डिस्कोमा बज्ने म्युजिक अनुसार नाच्नका लागि पनि सीप लगाउनुपथ्र्यो तर अहिले त्यस्तो छैन। डिस्कोमा जानेहरू जो पनि जसरी पनि नाच्न सक्छन्। हिजोआज म डिस्कोथेक त जान्नँ तर निजी पार्टीमा हुने डिस्कोहरूमा भने सामेल हुन्छु।

पासाङ योन्जन लामा, २५, टीभी कार्यक्रम प्रस्तोता

भर्खर टिनएज (किशोरवय)मा प्रवेश गरेका धेरै तन्नेरीहरू ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड बनाउनकै निम्ति सुरुमा डिस्कोथेक जान्छन्। अनि जाँदाजाँदै उनीहरू त्यहीँको वातावरणमा रमाउँछन्। धेरैका निम्ति डिस्कोथेक मदिरा र धुम्रपान गर्ने पहिलो अवसर पनि हो। यही स्वतन्त्रताले गर्दा उनीहरूलाई डिस्कोथेक पि्रय लाग्छ। डिस्कोथेक धेरैका निम्ति प्रेमको बाटो हुँदै सेक्ससम्म पुग्ने प्रस्थानविन्दुसमेत हो। अधिकांशले डिस्कोथेकबाटै केटीको मोबाइल नम्बर उछिट्याउँछन् र सम्बन्ध स्थापित गर्छन्।

सीसीटीभी -क्लोज सर्किट क्यामरा) र कडा सुरक्षा व्यवस्था भएका कारण पनि धेरैजसो किशोरकिशोरीहरू डिस्कोभित्र नियम मान्न बाध्य छन्। त्यही भएर पहिलेजस्तो त्यहाँ केटीहरूलाई 'सेक्सुअल ह्यारेसमेन्ट' गर्नु अब सम्भव छैन। तर, सहमतिमै अस्थायी नै भए पनि प्रेमसम्बन्ध राख्न चाहनेहरू भने प्रसस्तै भेटिन्छन्। अहिलेको पुस्ताले डिस्कोलाई खुसीमा झुम्ने, नयाँ साथी बनाउने र अलग्गै दुनियाँको स्वाद चाख्ने अवसरका रूपमा सदुपयोग गररिहेको छ।

कार्यक्रम निर्माणका क्रममा मैले डिस्कोथेकमा केटाहरूभन्दा केटीहरू बढी मात्तिने गरी पिएको देखेको छु। पहिलेपहिले केटाहरू धेरै पिएर मात्तिन्थे भने अहिले केटीहरूले उछिनेका छन्। यसो भन्दैमा सबै जना मात्तिनेे गरी पिउँछन् भन्ने पनि होइन। तर, मदिराको स्वादै नचाख्ने भने कमै हुन्छन्। अक्सर केटीहरू वाइन र टकिलामा रम्छन्। सके केटी पट्याउने, नसके स्पर्श मात्रै भए पनि गर्ने चाहना डिस्को जाने धेरै किशोरहरूको हुन्छ। मेरो अनुभवमा झन्डै ४० प्रतिशत किशोरकिशोरीहरूलाई डिस्कोले प्रेम गर्ने अवसर जुराइदिन्छ। भलै त्यस्तो प्रेम स्थायी र अस्थायीजस्तो पनि हुनसक्छ।

मोफसलमा मोह

पोखरा र धरानजस्ता फेसन र मनोरञ्जनको दुनियाँमा अगाडि रहेका सहरहरूमा डिस्को व्यवसाय सुरु भइसकेको छ। यहाँका तन्नेरीहरू मात्रै होइनन्, प्रौढ र व्यवसायीका निम्ति पनि डिस्को नौलो रहेन। उनीहरूले डिस्कोमा झुम्न मात्रै सिकेका छैनन्, पश्चिमा फेसन र पश्चिमा संगीतको स्वाद चाख्नसमेत सिकेका छन्।

१५ वर्षअघि खुलेको क्लब एसियाना पोखराकै पहिलो डिस्को मानिन्छ। भारतीयहरूले सञ्चालन गरेको यही डिस्कोले नै हो पोखरेलीलाई डिस्कोको स्वाद चखाएको। कुनै समय पोखराको मनोरञ्जनको दुनियाँलाई धानेका डान्स, दोहोरी र पवहरूमा यतिखेर हिजोको जस्तो आकर्षण छैन। संख्यात्मक रूपले थोरै नै भए पनि खुलेका डिस्कोथेक र बारम्बार आयोजन भइरहने डिस्को पार्टीहरूमा पोखरेलीहरू रमेका देखिन्छन्।

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा आन्तरकि र बाह्य पर्यटकलाई लक्षित गरी क्लब प्याराडिसो, क्लब ओजोन र क्लब एसियाना डिस्को सञ्चालनमा छन्। यिनले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजन गर्ने मात्र होइन, काठमाडौँबाट लाइभ ब्यान्ड र डिजेहरू बोलाएर कार्यक्रम गर्दै आएका छन्। प्याराडिसो डिस्कोथेक शुक्रबार र शनिबार मात्रै सञ्चालन हुन्छ भने बाँकी सातामा सातै दिन। "सुरुमा टिनएजर्स मात्रै आउँथे तर अहिले भने २०/२५ वर्षभन्दा माथिका बढी छन्," आठ वर्षदेखि सञ्चालित प्याराडिसोका सञ्चालक गोपी भट्टराई भन्छन्, "अब त छोराछोरी लिएरै पनि आउँछन्।" डिस्कोका ग्राहक विशेष गरी विदेशमा बसेर फर्किएका नेपाली बढी छन्। त्यसपछि स्थानीय युवा उद्यमी तथा व्यवसायी, बैँकर्स, कर्मचारी। पोखराका अधिकांश डिस्कोमा शुक्रबार र शनिबार भीड लाग्ने गर्छ।

प्याराडिसोले मंगलबार बेलुकी लेडिज नाइट भनेर सञ्चालन गररिहेको छ। लेडिज नाइटमा अधिकांश २५ देखि ३५ वर्ष उमेर समूहका युवतीको उपस्थिति रहने गर्छ। डिस्कोथेकहरूले प्रवेश शुल्कमा क्यान बियर, ककटेल, मकटेलजस्ता पेय पदार्थ नि:शुल्क दिन्छन्। पोखराका अधिकांश डिस्कोमा बियरको खपत बढी छ।

यसै पनि सप्ताहन्त मनाउने नेपालीहरूको संख्या बढिरहेको छ र तिनमा पनि अधिकांश पोखरा नै जान चाहन्छन्। यही कारणले शनिबार दिउँसो पनि खोल्ने तयारी गररिहेको छ क्लब ओजोनले। नौ महिनाअघि मात्र खुलेको यो डिस्को पोखराकै आधुनिक डिस्को भएको सञ्चालक महेन्द्र गुरुङ बताउँछन्।

पोखरेली मात्र होइन, डिस्कोथेकको मोहमा धरानेहरू पनि कम छैनन्। प्रत्येक महिनाजसो हुने डिस्को पार्टीहरूको आयोजन यसैका उदाहरण हुन्। सुविधासम्पन्न डान्स बार र थिम पार्टी धरानका लागि नौला रहेनन्।

इटहरी, विराटनगर, दमकसम्मका पार्टी 'क्रेजी'हरू धरान आउँछन्। प्रत्येक साँझ सुरु हुने पार्टीमा २० देखि ५५ वर्षसम्मका मानिस रमाइलो गर्न आउने गरेको फ्युजन क्लबका सञ्चालक ललित राई बताउँछन्। तीमध्ये महिलाहरू ३५ प्रतिशतजति हुन्छन्। डिस्कोथेक नै नभए पनि धरानमा हुने अधिकांश नाइट पार्टीहरूमा डिस्कोथेककै झल्को आउँछ।

धरानका अधिकांश डिस्को पार्टीहरू फेसन मोडलिङ् र कोरयिोग्राफीमा निकै अगाडि देखिन्छन्। ओटु पब वारकी सञ्चालक रीता आले मगर भन्छिन्, "कक्टेल र मक्टेलसँगै नाच्नुको मज्जा नै बेग्लै छ, ग्राहकलाई।"

लालप्रसाद शर्मा/पोखरा,

प्रदीप मेन्याङ्बो/धरान


पुरानो पुस्ताविरुद्ध नयाँ पुस्ता

खासगरी प्रजातन्त्र स्थापनापछि राजधानीमा पश्चिमा शैलीका होटल तथा रेस्टुराँहरू खुल्न थाले। यससँगै राजधानीमा डिस्को परम्पराको सुरु भएको मान्न सकिन्छ। उदार राजनीतिक व्यवस्था र काठमाडौँमा जग्गाको किनमेल सुरु भएपछि यस्तो परम्परा अझै विस्तार हुन पुग्यो। टेलिभिजन, रेडियो, पत्रपत्रिकाको संख्यात्मक वृद्धिले डिस्को परम्परालाई थप मलजल गर्‍यो।

त्यसो त पञ्चायतकालमा पनि दरबारभित्र संगीत र नृत्य नभएका होइनन्। तर, त्यसको आफ्नै मौलिक शैली थियो। प्रजातन्त्र स्थापनापछि स्वतन्त्रताको अनुभव गरेको नेपाली समाजमा पश्चिमा शैलीका संस्कारहरू भित्रिए। डिस्को परम्परा पनि त्यसकै एउटा उपज हो। विसं ०४६ पछिका हरेक राजनीतिक परविर्तनले नयाँ आर्थिक अवसरहरू जन्मायो। त्यस्ता अवसरहरूले समाजको तल्लो तहसम्म आर्थिक पहुँचको विस्तार गर्‍यो। सहरीकरणको तीव्र विस्तार र विदेश जानेहरूको संख्यात्मक वृद्धिले मनोरञ्जनका निम्ति पैसा खर्चनेहरूको संख्या बढाउन मद्दत पुर्‍यायो।

गजल रेस्टुराँ, दोहोरी, क्याबिन रेस्टुराँ हुँदै काठमाडौँमा डिस्कोथेकहरूको जन्म भएको हो। चर्को पश्चिमा संगीत, लाइट इफेक्ट र मदिराको मस्तीमा झुमेर मनोरञ्जन लिने परम्पराको विरोधमा पुरानो पुस्ता नउभिएको होइन। तर, स्वतन्त्रता र मनोरञ्जनको नयाँ आयामको खोजीमा रहेको नयाँ पुस्ताले पुरानो पुस्ताको विरोधका बाबजुद पनि आफ्नो नवीन शैलीलाई पछ्याइरह्यो।

विदेशी दूताबासहरूको संख्यात्मक वृद्धि र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको नेपाल आगमनले गर्दा काठमाडौँको सहरयिा समाजले विस्तारै पश्चिमा समाजका सांस्कृतिक मान्यताहरूको सिको गर्न थाल्यो। अझ पछिल्ला वर्षहरूमा त अमेरिका, बेलायत र अस्ट्रेलियालगायतका देशहरूका पढ्न जाने नेपाली युवा पुस्ताको बढ्दो संख्या, इन्टरनेटको देशव्यापी पहुँचले पनि डिस्को नेपाली समाजका निम्ति नौलो कुराभन्दा चासोले जन्माएको जीवनशैली बन्न पुगेको छ।

प्लाटिनम डिस्को, दरबारमार्ग

लगानी    तीन करोड रुपियाँ

क्षमता    पाँच सय

औसत ग्राहक    चार सय

प्रवेश शुल्क    सात सय रुपियाँ

बेबिलोन डिस्को, सुन्धारा

लगानी    ३० लाख रुपियाँ

क्षमता    चार सय

औसत ग्राहक    एक सय

प्रवेश शुल्क    पुरुषलाई ३ सय ५० र महिलालाई २ सय ५० रुपियाँ



आई क्लब, दरबारमार्ग

लगानी    साढे दुई करोड

क्षमता    एक हजार

औसत ग्राहक    १ सय ५०

प्रवेश शुल्क    पुरुषलाई एक हजार र महिलालाई पाँच सय रुपियाँ

क्युब दी क्लब, पुतलीसडक

लगानी    ४० लाख रुपियाँ

क्षमता    छ सय

औसत ग्राहक    तीन सय

प्रवेश शुल्क    छ सय रुपियाँ

फायर क्लब, ठमेल

लगानी    १ करोड ४० लाख रुपियाँ

क्षमता    ३ सय ५०

दैनिक ग्राहक    १ सय ५० जना

प्रवेश शुल्क    दुई सय र तीन सय रुपियाँ

प्याराडिसो क्लब, पोखरा

लगानी    १ करोड ५० लाख

क्षमता    चार सय

ग्राहक    तीन सय

प्रवेश शुल्क    तीन सयदेखि पाँच सय

ओजन डिस्को, पोखरा

लगानी     १ करोड

क्षमता    २ सय ५०

दैनिक ग्राहक    १ सय ५०

प्रवेश शुल्क    नि:शुल्क

एसियाना डिस्को, पोखरा

लगानी    ९० लाख

क्षमता     २ सय ५०

दैनिक ग्राहक    पचास

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out