प्रेमले दिन्छ जिउने इच्छा

काठमाडौ, अषाढ ३२ - प्रेमले खुसी मात्र हैन, लामो उमेरसमेत दिन्छ । अनुसन्धानपछि यस्तो देखिएको छ कि मायामा धेरै शक्ति हुन्छ । मायाले मानिसभित्र रोगसँग जुध्ने शक्ति उत्पादन गरिदिन्छ । जब कुनै रोगीलाई कसैबाट मायाको अनुभूति हुन्छ भने उसको शरीरमा यस प्रकारको रसायनिक परिवर्तन हुन्छ, जसले गर्दा रोगसँग लड्ने क्षमता वृद्घ िहुन जान्छ ।अनुसन्धानकर्ताहरूले एउटा अनुसन्धानमा प्रेम र भावनात्मक सुरक्षा बढी मिल्ने व्यक्तिको धमनीमा प्रेम र आत्मीयताबाट वञ्चित व्यक्तिको दाँजोमा अवरोध कम हुने औंल्याएको हो । तर, पेकिङ विश्वविद्यालयका मनोविज्ञान विभागका प्राध्यापक माओ लिहुआ भन्छन्, 'जसलाई हामी प्रेम मान्छौं त्यो हाम्रो  मस्तिष्कको अनुभवबाहेक केही होइन । कसैप्रति आकषिर्त हुँदा जब तन्त्रिका तन्त्रका माध्यमले फेरोमोन्स मस्तिष्कमा पुगेर पिटुटरी ग्ल्यान्डबाट निस्किने हार्मोनको मात्रा बढाउँछ, तब मुटुको चाल बढ्नुको साथै श्वासको गतिसमेत बढ्छ । शरीरमा रगतको सञ्चार तीव्र गतिले हुनुका साथै हत्केलामा पसिना आउँछ  र तिर्खासमेत लाग्छ ।'
अध्ययनले जो व्यक्तिले माया र प्रेमको वातावरण पाउँछ, बाँच्न अवस्था एकदमै कम भएको भए तापनि त्यस्ता व्यक्ति निकै लामो समय बाँचेको तथ्यसमेत बाहिर ल्याएको छ । प्रेमको अनुभूति रोगलाई सन्चो गर्ने मात्र नभएर लामो स्वस्थ जीवनका लागि सिन आवश्यक रहेको अनुसन्धानले औंल्याएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out