माओवादीको आय/व्यय ‘अपारदर्शी’

काठमाडौ, श्रावण १८ - माओवादीले आर्थिक हिसाबकिताब पारदर्शी बनाउन अर्थ तथा लेखा बिभागलाई सक्रिय बनाउने निर्णय गरेको छ । पार्टीको आय/ब्यय स्पष्ट नभएको भन्दै पार्टीभित्र चर्को आवाज उठेपछि गत साता सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको आय/व्यय लेखा बिभागलाई बुझाउने निर्णय गरेको हो ।
उपाध्यक्ष मोहन बैद्य र बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहालले आर्थिक हिसाबकिताब पारदर्शी नगरेको भन्दै आपत्ति जनाउँदै आएका छन् । उनीहरुले ‘मनोमानी’ ढंगले पार्टीको आर्थिक श्रोत परिचालन गरेको आरोप लगाएका छन् ।

सचिब सीपी गजुरेलले हालसम्म पार्टीको आय/व्ययको हिसाबकिताब दाहालसंग भएकाले अब अर्थ तथा लेखा बिभागलाई बुझाउने निर्णय भएको बताए । ‘पार्टी केन्द्रको आर्थिक हिसाबकिताब सबै अध्यक्षले चलाउनु भएको थियो’ उनले ईकान्तिपुरसंग भने, ‘केन्द्रीय कमिटीले केन्द्रको सबै हिसाबकिताब अबिलम्ब अर्थ तथा लेखा बिभागलाई बुझाउने निर्णय गरेको हो । अध्यक्षलेनै सबै हिसाबकिताब बुझाउनु हुन्छ ।’ उनले अबदेखि पार्टीमा लेखापरीक्षण गरी केन्द्रीय समितिमा बुझाइने बताए । हालसम्म माओवादीले लेखापरीक्षण गराइएको छैन ।
केन्द्रीय कमिटीले पार्टीको आर्थिक आय/व्यय सामूहिक व्यस्थापनमा लैजाने निर्णय गरेको थियो । अध्यक्ष दाहालले केन्द्रीय कमिटी बैठक सकिएको तीनदिनपछि जारी बिज्ञप्ती  आयव्ययका साथै स्रोत साधनको बिवरण लेखा बिभागलाई हस्तान्तरण गर्ने उल्लेख छ ।
‘पार्टीको आर्थिक आय/व्यय तथा स्रोत/साधनको सामूहिक व्यवस्थापन विधान अनुसार अर्थ तथा लेखा विभागलाई अविलम्ब पार्टीको आर्थिक आय/व्यय तथा स्रोत/साधनको सामूहिक व्यवस्थापन विधान अनुसार अर्थ तथा लेखा विभागलाई अविलम्म हस्तान्तरण गर्ने निर्णय लिइयो’ निर्णयमा उल्लेख छ ।
माओवादीको आर्थिक परिचालन लेखा बिभागले नभई केन्द्रमा अध्यक्ष दाहाल, राज्य र जिल्लामा इञ्चार्जले गर्दै आएका थिए । जसका कारण कतिपय क्षेत्रमा नेताहरु ‘नवधनाढ्य’ बनेको उजुरी पार्टीभित्र पर्दै आएको बेला माओवादीले लेखा बिभागलाई सबै हिसाबकिताब जिम्मा लगाउने निर्णय गरेको हो । उसले पार्टी केन्द्रमा परेका उजुरी त्यत्तिकै थन्काएको छ ।
अर्थ बिभाग प्रमुख भए पनि खास काम गर्ने अवसर नपाएका स्थायी समिति सदस्य अमिक शेरचनले अध्यक्षलगायत सबै नेताहरुले आर्थिक हिसाबकिताब छिट्टै बुझाउनु पर्ने बताए । ‘संसदीय दल, नेताहरुले छिट्टै आर्थिक हिसाबकिताब अर्थ तथा लेखा बिभागलाई बुझाउनु पर्छ’ उनले भने, ‘आर्थिक हिसाबकिताब चुस्ता राख्न केन्द्रीय समितिले यो निर्णय गरेको हो ।’
संविधानसभामा सबभन्दा ठूलो पार्टी भएकोले आर्थिक स्रोत साधनमा माओवादी सबभन्दा ठूलो पार्टी मानिन्छ । गत मंसिरको पालुङटार प्लेनममा बैद्य र भट्टराईले पार्टीको आर्थिक पारदर्शिता नभएको भन्दै दाहालको चर्को आलोचना गरी दस्ताबेजमा उल्लेख गरेका थिए ।
‘आर्थिक क्षेत्र अत्यन्तै डामाडोलको स्थितिमा छ । पार्टीमा एकातिर अर्थोपार्जनका गम्भीर समस्या छन् भने अर्कातिर आयव्ययको लेखाजोखा नै छैन । आर्थिक क्षेत्रमा पारदर्शिता, सामूहिता र लेखाप्रणाली समाप्तप्रायः बन्न गएको छ’ बैद्यको दस्ताबेजमा उल्लेख छ, ‘पार्टीमा एकातिर नवधनाढ्य वर्ग पैदा हुने र अर्कातिर क्रान्तिकारी कार्यकर्ता बाध्यताबस पलायन हुनुपर्ने स्थिति छ ।’
भट्टराईले पनि पार्टीमा आर्थिक अराजकता मात्र होइन भ्रष्टाचार बढेको बताएका थिए । ‘पार्टीमा माथिदेखि तलसम्म व्याप्त आर्थिक अराजकता, भ्रष्टाचार, वर्ग/उत्थानीकरण र विभेदीकरणको अन्त्य गर्न सबै रकम कमिटी मातहतमा राख्ने, सामूहिक निर्णयले खर्च गर्ने र हिसाबकिताब पारदर्शी ढंगले राख्ने व्यवस्था कडाइपूर्वक लागू गरिनुपर्छ’ उनले लेखेका छन्,  ‘अहिले पार्टीमा जुन आर्थिक अराजकता, भ्रष्टाचार, अनियमितता व्याप्त छ र समग्र पार्टी उत्पादनबाट कटेको परजीवी समूहमा रूपान्तरित हुन पुगेको छ, यसको यथाशीघ्र अन्त्य हुनैपर्दछ । एकातिर सभासदहरू किन्न करोडौं खर्च र अर्कोतिर होलटाइमर कार्यकर्ता भोकै र नांगै रहनेस्थिति भएमा पार्टीको सर्वहारा वर्गीय चरित्रको ठूलो उपहास हुनेछ ।’

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out