वैवाहिक सम्बन्धका आधार

स्वामी आनन्द अरूणले आफ्नो पुस्तक 'अन्तरयात्राको प्रेम र विवाह' मा लेखेका छन्- ओशोको विचारमा दुई व्यtmि तबसम्म सँगै बस्नुपर्छ, जबसम्म आपसमा प्रेम, आकर्षण, आदर र विश्वास हुन्छ । यस्तो भएन भने विषाद पैदा हुन्छ । दुईजना प्रेमपूर्वक बस्न सक्दैनन् भने पनि एकअर्काप्रति प्रेम र आदरले धन्यवाद दिँदै विदा लिनुपर्छ ।
यी हरफहरू पढ्दा मलाई दुईजनाको सम्झना आयो, जसलाई म राम्ररी चिन्छु । पहिलो हुन्, इन्जिनियर । अन्तर्राष्ट्रिय स्तरको छात्रवृत्तिको पढाइ सकेर जब उनी नेपाल आइन्, प्रतिष्ठित व्याक्तिको छोरासँग उनको बिहेको कुरा पक्का भयो । निम्तो दिन आउँदा यति खुसी थिइन् कि भन्दै थिइन्- आई एम द लकिएस्ट वन (म सबैभन्दा भाग्यमानी हुँ) । हुनेवाला श्रीमानको बारेमा सोध्यो भने फलानोको छोरा हो भन्थिन् ।
तर जब बिहे गरेको केही दिनमै आधारातसम्म घर नआउने, बाहिरकै रमझममा रमाउने आफ्नो पतिको बानी थाहा पाइन्, उनलाई व्यर्थै बिहे गरेछु जस्तो लाग्यो । असह्य पीडा भएपछि मनको वेदना हामीलाई पोखिन् । माइतीमा आफ्नो बुवालाई फोन गरी मनपरी भनेर उसले अपमान गरेको उनले सुनाउँदा हामीले पनि आफूलाई थाम्न सकेनौं ।
विदेश गएमा बानी सुधि्रएला कि भनेर उनी अहिले विदेश गएकी छिन्, पतिलाई डिपेन्डेन्ट बनाएर । विदेशको बसाइ, पत्नीको डिपेन्डेन्ट भएर जान पाएको, समय परिस्थितिका कारण उनको बानीव्यहोरामा परिवर्तन आउन पनि सक्ला, नआउन पनि सक्ला ।
विद्यालय तहको पढाइ पूरा गरेकी अर्की महिला, जो उमेरले पैंतीस नाघेकी छिन् । पहिलो पत्नीसँग छुट्टसिकेका तर सम्पन्न परिवारको केटासँग उनको बिहे भयो । बिहेपछि थाहा भयो, केटा समलिङ्गी रहेछ । उनले छुट्टनिे निर्णय गरिन् र पारपाचुकेका लागि उनी कानुनी प्रक्रियामा छिन् ।
प्रतिष्ठित अनि सम्पन्न घरपरिवारबाट कुरा आयो भन्दैमा आँखा चिम्लेर बिहे हुनलागेको व्यक्तिको बारेमा राम्ररी थाहा नपाउँदा या नबुझ्दा केटा या केटीलाई यस्तो पर्न सक्छ । योभन्दा राम्रो अवसर आउँदैन, ऐशआरामसाथ बस्न पाउँछ्यौ, उमेर कट्न लागिसक्यो भन्ने जस्ता दबाब महिलामाथि अलि बढी नै पर्ने गर्छ । आफ्नोभन्दा कम आर्थिक र सामाजिक हैसियत भएकाको छोरीलाई बुहारी बनाएर ल्यायो भने छोरामा परिवर्तन आइहाल्छ, बुहारीको जिम्मा हो भन्ने सोचाइ राख्ने पनि हुन्छन् ।
पढाइ-लेखाइ र भिन्न वातावरणमा हुर्किएका कारण सबैको सोचाइ सबै विषयमा एउटै हुँदैन । कुनै विषयवस्तुलाई हेर्ने दृष्टिकोण समान हुनसक्छ, कुनै ठ्याक्क उल्टो हुनसक्छ । कुरा मिलेन भने सोचाइ-बुझाइ नै फरक हुँदै झगडाले ठूलै रूप लिन सक्छ । प्रेम विवाह गरेकी एकजना साथीलाई कामको सिलसिलामा काठमाडौं बाहिर गएर आएपछि पतिले चरित्रमाथि नै प्रश्न गरे । झगडा बढ्दै गएपछि उनीहरू झन्डै-झन्डै छुट्टनिे अवस्थामा पुगेका छन् ।
कतिलाई लाग्न सक्छ, प्रेम विवाहमा यस्तो हुन नपर्ने
हो । एकअर्कालाई पहिलेदेखि नै चिनेजानेको हुनाले उनीहरूबीच विश्वास, प्रेम, आदर हुनुपर्ने हो । मनपरेको बेलामा सबै कुरा मनपर्छ । राम्रो पक्षमात्र देखिन्छ । छोराछोरीको खुसीका लागि आमाबुबा पनि तयार हुन्छन् । ठूला वा परिवारका अन्य सदस्यले सबै कुरा बुझेका हुँदैनन् र बुझ्न आवश्यक पनि ठानिँदैन । प्रेम होस् या मागी विवाह यो सफल त्यो असफल हुन्छ भनेर भन्नसक्ने खास आधार सायदै होला । जसले जस्तो भोग्यो, त्यस्तै भन्छन् । कोही भन्छन्, सही व्यक्ति खोजेर होइन, आफू सही भइदिए विवाह सफल हन्छ । कोही भन्छन्, सफल वैवाहिक जीवनका लागि धेरैचोटी पटक-पटक मायामा पर्न आवश्यक हुन्छ, तर सधैं उही व्यक्तिसँग । कसैको विचारमा मन मिल्नुपर्छ । ।
प्रेम, आकर्षण, आदर र विश्वास एकआपसमा हुनुपर्छ भन्नेमा चाहिँ धेरैको विमति नहोला । प्रेम नभए वास्ता नहुने, आकर्षण नभए अन्य विकल्प खोज्ने, आदर नभए सम्मान नरहने अनि विश्वास नभए शंका हुने भएपछि लामो जिन्दगी सँगै बिताउन पक्कै सजिलो हुँदैन । तर सबै विवाहितको एकअर्काप्रति यी चार कुरा छन् त ? समाजले के भन्ला, आमाबुबामाथि चोट पर्ला, छोराछोरीका लागि भए पनि सहनैपर्छ भनेर सँगै बस्ने पनि छन् ।
कतिलाई लाग्न सक्छ, धनसम्पत्ति नै सबभन्दा आवश्यक र महत्त्वपूर्ण हो । यदि यस्तैै हो भने त मेरो सम्झनामा आइरहेका माथि उल्लेख गरिएका दुवै महिला धरै खुसी र सुखी हुनुपर्ने हो, जसलाई केही कमी थिएन । घर, गाडी, काम गर्ने कामदार सबै थिए । हुन त वैवाहिक जीवन सुखमय हुन्छ कि हुँदैन भनेर बिहेअघि नै चिना देखाउने गरिन्छ । चिनामा राम्रो देखिएको छ भनेर कहिलेकाहीं त पारिवारिक दबाब पर्न सक्छ । यो विश्वासको कुरा हो । यस्तो विश्वास भए पनि नभए पनि बिहे गर्न लागिएको व्यक्तिको चालचलन, कस्तो कुरामा मत मिल्छ, कस्तोमा बाझिन्छ भनेर दुईजना बीच केही समय कुराकानी गर्ने, छलफल गर्ने वातावरण मिलाइदिन पाए राम्रो हुन्थ्यो होला ।
हरेकजसो घरमा आफ्नै खाले समस्या हुन्छन् । विवाहपछि आउनसक्ने सम्भावित अप्ठ्यारा छन् भने पनि यतिसम्म चाहिँ मिलाउन सक्छु र यहाँभन्दा बढीचाहिँ खेप्न सक्दिन भनेर सोच्न सकिन्छ । ताकि आमाबुबा, दाजुभाइ, दिदीबहिनीसँगको वर्षौंसम्मको आत्मीय र मायालु सम्बन्धपछि नयाँ व्यक्तिसँग जिन्दगीभरिका लागि सम्बन्ध सुरुवात गर्ने कि नगर्ने, सही व्यक्ति हो-होइन भनेर निर्णय गर्न सजिलो हुनेछ । अचानोको चोट खुकुरीलाई मात्र थाहा हुन्छ भनेझैं सम्बन्ध बिगि्रएपछि भोग्नुपर्ने मानसिक पीडा र यसले अरूतिर पार्ने नकारात्मक असर भोग्नेलाई मात्र थाहा हुन्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out