रोजी हत्या प्रकरण 'पौने दुई लाख दिएर मार्न लगाएँ'

काठमाडौं, साउन २८ (नागरिक)- 'प्रेम सम्बन्धमा असमझदारीपछि आपराधिक समूहलाई १ लाख ७५ हजार रुपैयाँ दिएर रोजी महर्जनको हत्या गर्न लगाएको' मुख्य आरोपी सुभाष उप्रेतीको बयानका आधारमा प्रहरीले दिएको प्रारम्भिक अनुसन्धान प्रतिवेदन मृतकका परिवार र आफन्तले यथार्थपरक नरहेको भन्दै आलोचना गरेका छन्। हत्यारालाई कडा कारबाहीको माग गर्दै सडक आन्दोलनमा उत्रिएका उनीहरूले रोजीको सुभाषसँग प्रेम नरहेको र अपरहणपछि यातना दिएर हत्या गरिएको दाबी गरेका छन्।
सुभाषले बयानमा साउन २० गते बिहान ११ बजे कुपन्डोलबाट मोटरसाइकलमा राखेर ललितपुरको लेले जंगलमा पुगेलगत्तै मोटरसाइकलमै बसेका बेला राजुले रोजीको कन्चटमा गोली हानी रोजीको हत्या गरेको बयान दिए पनि मृतक परिवारले विश्वास गरेका छैनन्।
सुभाषकै प्रारम्भिक बयानका आधारमा रोजीका शव फेला परेको थियो।
साताअघि साथीद्वारा हत्या गरिएकी २१ वर्षीया रोजी महर्जनका आफन्त विरोध प्रदर्शनमा उत्रिएपछि प्रहरीले एसपीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ। समिति संयोजकमा महानगरीय प्रहरी अपारध महाशाखाका एसपी श्यामबहादुर खत्री छन्।
शुक्रबार घटनाबारे विस्तृत अनुसन्धान गर्न महानगरीय प्रहरी आयुक्त कार्यालयले गठन गरेको समितिमा महाशाखाका डिएसपी हृदय थापा, ललितपुर परिसरका डिएसपी उमेशकुमार बस्नेत र प्रहरी इन्स्पेक्टर फिरोज बस्नेत सदस्य छन्।
आयुक्त कार्यालयका प्रवक्ता एसएसपी माधव नेपालका अनुसार हत्यामा संलग्न देखिएका फरार अभियुक्त कुमार तामाङ र राजु लोहारको खोजी गरी पक्राउ गर्ने र हत्याबारे अध्ययन गर्ने जिम्मेवारी समितिलाई दिइएको छ।
उनीहरूले पैसाका लागि हत्या गरेको दाबी गर्दै विस्तृत अनुसन्धानको माग गर्दै विरोधमा उत्रिएका थिए।
फरार अभियुक्त पक्राउ र घटनाको विस्तृत अनुसन्धान माग गर्दै शुक्रबार ज्यापु समाज र रोजीका आफन्तले ललितपुर बन्द गराएका थिए। बन्दकर्ताले १३ वटा सवारीसाधन तोडफोड गरेका थिए। बिहानैबाट प्रभावित ललितपुर क्षेत्र दिउँसो ३ बजे बन्द फिर्ता लिइएपछि खुलेको थियो। प्रहरीले जबर्जस्ती बन्द गराएको र सवारीसाधन तोडफोड गरेको भन्दै ७८ जनालाई नियन्त्रणमा लिएको थियो।
अघिल्लो शुक्रबार बिहान साढे ९ बजे कलेज जान्छु भन्दै कुपन्डोलस्थित घरबाट हिँडेकी रोजीको परिवारलाई बेलुका साढे ७ बजे ३० लाख रकम माग गर्दै एसएमएस आएको थियो। प्रहरीले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार उनको दिउँसो साढे १२ बजेतिरै हत्या भएको थियो।
सोही दिन साढे चार बजेदेखि रोजीको दाइलाई घटनाका अभियुक्त आफैंले एसएमएस गरेको प्रहरी निष्कर्ष छ। दिउँसो रोजीको मोबाइलबाट उनका दाइलाई गरिएकोमा एसएमएसमा आफू फिल्म हेरेर बेलुका सात बजेतिर घर आउने भन्दै आमालाई भनिदिन आग्रह गरिएको थियो।
साउन २० गते हराएकी रोजीको पाँच दिनपछि ललितपुरको लेले जंगलमा शव फेला परेको थियो। प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा उनका प्रेमी भनिएका २१ वर्षीय उप्रेती, सहयोगी सचित खड्का र हुसेन राईलाई पक्राउ गरिसकेको छ।
रोजी र सुभाषबीच प्रेम सम्बन्धसमेत नरहेको परिवार र आफन्तको दाबी छ। तर, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार दुईबीच आदान/प्रदान भएका एसएमएस र सुभाषको बयानबाट दुईबीच घनिष्ठ सम्बन्ध देखिन्छ।
मृतकको हातको औंला काटिएकाले अपहरणपछि यातना दिएर हत्या गरेको आफन्तको दाबी छ। एसएसपी नेपालले शवको निरीक्षणमा औंला काटिएको देखिएको बताए। तर, पोस्टमार्टम रिपोर्ट आइनसकेकाले यसै भन्न नसकिने उनले बताए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out