काठमाडौँ, भदौ ८ । पूर्वप्रधानसेनापति रुक्माङ्द कटवाललाई छिमेकी राष्ट्र चीनले अत्यन्त महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन निम्ता दिएको छ। उक्त निम्ता स्वीकार गर्दै उहाँ मंगलबार चीन प्रस्थान गर्नुभएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयको 'थिङ्क ट्याङ्क'का रूपमा रहेको चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्ट्राटिजिक स्टडिजले कटवाललाई निम्ता दिएको हो। प्राप्त जानकारीअनुसार, सपत्नी निम्त्याइनुभएका पूर्वसेनापति कटवालले चीनमा एक हप्ता बिताउनुहुनेछ।
तिब्बतको ल्हासाबाट सुरु हुने उहाँको भ्रमण बेइजिङ, छेन्दु हुँदै पुनः ल्हासामा आएर टुङ्गिनेछ। राजधानी बेइजिङमा रहँदा उहाँले विभिन्न सरकारी कार्यक्रमहरूमा सहभागिता जनाउनुका साथै एक विशेष कार्यक्रममा नेपालको वर्तमान अवस्थाका बारेमा एक घन्टा बोल्नुहुने कार्यक्रम रहेको छ। यसअघि उहाँ अर्को छिमेकी मुलुक भारतको साइन्टिफिक रिसर्च अन वेदद्वारा आयोजित प्राचीन घटनाहरूको वैज्ञानिक तिथिमिति सम्बन्धमा भएको अन्तर्राष्ट्रिय सेमिनारमा निम्त्याइनुभएको थियो।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago