दिल्लीमा आशा र खुसी

नयाँ दिल्ली, भाद्र १३ - माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री चुनिएपछि नेपालमा व्यक्त गरिएको जस्तै आशा र खुसीको माहोल भारतमा पनि देखिएको छ ।
उनले अध्ययन गरेको जवाहरलाल नेहरू विश्वविद्यालय जेएनयूका हषिर्त प्राध्यापक तथा विद्यार्थीमात्रै होइन, भारत सरकार, अनुसन्धान संस्था तथा राजनीतिज्ञहरूले पनि प्रमुख कार्यकारी पदमा भट्टराईको चयनपछि नेपालमा शान्ति र संविधान निर्माण प्रक्रियाले गति लिने आशा व्यक्त गरेका छन् । 
'प्रधानमन्त्रीमा भट्टराई निर्वाचित हुनु नेपाली राजनीतिका लागि ज्यादै सराहनीय विकास हो । भट्टराईको व्यक्तिगत छवि पनि राजनीतिक स्थायित्व कायम राख्न सहयोगी हुनेछ,' भारत सरकारको लगानी रहेको अनुसन्धान संस्था इन्स्िटच्युट फर डिफेन्स् स्टडज एन्ड एनलाइसेसका दक्षिण एसियाली विज्ञ अशोक बेहुरियाले भने ।

बेहुरिया जस्तै आशावादी देखिएका सरकारी स्रोतहरूले शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन भट्टराई सरकारलाई जस्तोसुकै सहयोग दिन भारत तयार रहेको बताए । प्रधामन्त्री मनमोहन सिंहले पनि भट्टराईलाई लिखित पत्र पठाउँदै नेपाली जनताको लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्नका लागि सहयोग दिन भारत तयार रहेको उल्लेख गरेका थिए ।
'केही वर्षयताका राजनीतिक घटनाक्रम विवेचना गर्दा, माओवादीलाई पनि साथ नहिँडाई अवरुद्ध प्रक्रिया अघि बढ्न सक्दैन भन्ने भारतले महसुस गरेको छ,' स्रोतले भन्यो ।
त्यो भन्दा एक कदम अघि बढ्दै भारतका परिचित प्राध्यापक एसडी मुनीले ट्वीटरमा लेखेका छन्, 'मधेसी समूहहरूको सहयोगमा भट्टराईलाई प्रधानमन्त्री बन्न दिएर भारतले बुद्धिमत्तापूर्ण काम गरेको छ ।'
नेपालको स्थायित्व माओवादीमा निर्भर रहेको उल्लेख गर्दै उनले थपेका छन्, 'भट्टराईको जित एउटा निर्णायक विन्दु हो । अब उनको प्रमुख प्राथमिकता लडाकुहरूको समायोजनसम्बन्धमा माओवादीले गरेको वाचा लागू गर्नुमा हुनुपर्छ ।'
बेहुरिया र मुनीका भनाइमा सहमति जनाए पनि विभिन्न दलका नेताहरुले भट्टराईको जितलाई भिन्न ढंगबाट विश्लेषण गरेका छन् ।
'पछिल्लो राजनीतिक घटना क्रममा भारतले तटस्थ भूमिका निर्वाह गरेको कुरा भट्टराईको चयनबाट प्रस्ट भएको छ । भारतमाथि लाग्ने गरेको हस्तक्षेपकारी भूमिकाको आरोप यो घटनाले कम गर्नेछ,' नाम नबताउने सर्तमा सत्तारूढ दलका एक जना वरिष्ठ नेताले भने ।
अनुसन्धानदाता बेहुरियाले पनि माओवादीलाई सत्तामा आउन दिन भारत चाहँदैन भन्ने आशंका भट्टराईको जितले हटाएको दाबी गरे । 'यो आंशका अब हटेकाले भारतले नेपालमा थप रचनात्मक भूमिका निर्वाह गर्न सक्छ,' उनले टिप्पणी गरे ।
भट्टराईले निमन्त्रणा पाए, खनालले पाएनन्
नेपालमा नयाँ प्रधानमन्त्री चुनिएपछि भारतीय समकक्षीले फोन वा लिखित पत्रमार्फत बधाई दिने र भारत भ्रमणको निम्तो दिने अघोषित चलन छ । यद्यपि एमाले अध्यक्ष झलनाथ खनाल छ महिनाअघि प्रधानमन्त्री चुनिँदा उनले फोन र पत्रमार्फत बधाई त पाए तर पत्रमा भ्रमणको निमन्त्रणाबारे एक शब्द उल्लेख थिएन ।  फलतः भारत भ्रमण गर्ने व्यग्र चाहना हुँदाहुँदै पनि खनाल नयां दिल्लीको निम्तो नपाई सत्ताबाट बाहिरिने थोरै प्रधानमन्त्रीमा पर्न गए । त्यसविपरीत भट्टराईलाई भने भारतीय प्रधानमन्त्री मनमोहन सिंहले लिखित बधाई सन्देशमा नै भारत भ्रमणको निम्तो दिए ।
जेएनयूमा खुसीको माहोल
यसैबीच भट्टराई प्रधानमन्त्री चुनिएपछि जेएनयूका प्राध्यापकहरूले खुसी व्यक्त गरेका छन् । 'एक ताका क्याम्पसमा आफ्ना साथी रहेका व्यक्ति प्रधानमन्त्री भएको सुन्दा ज्यादै खुशी लाग्यो,' जेएनयुस्थित अन्तर्राष्टिय सम्बन्धका प्राध्यापक कमल मित्र चिनोयले कान्तिपुरसँग भने । उनले भट्टराई दृढ इच्छाशक्तिसहितको अतुलनीय विद्यार्थी भएको सम्झना गरे ।
प्राध्यापकहरूमात्रै नभई विद्यार्थीहरूले पनि भट्टराईको चयनप्रति खुसी जनाएका छन् । ुनेपालीमात्रै नभई विदेशी विद्यार्थीहरू पनि जेएनयूका पुराना विद्यार्थी प्रधानमन्त्री भएको सुन्दा प्रफुल्ल छन्,' पीएचडीमा अध्ययनरत नेपाली विद्यार्थी प्रमोद जयसवालले भने । विद्यार्थीहरूका फेसबुक र ट्वीटर आईडी पनि भट्टराईको जितसम्बन्धी प्रतिक्रियाले भरिएका छन् ।
भारतीय सञ्चारमाध्यमको अनौठो कभरेज
नेपालका घटनाक्रमलाई कमै प्राथमिकता दिने भारतीय सञ्चारमाध्यमले भट्टराईको चयनलाई भने अनौठो स्थान दिए । कतिपय प्रमुख पत्रपत्रिकाका अग्रपृष्ठमा पनि भट्टराईको समाचारले स्थान पायो । केहीले लगभग पूरा पेजको समाचार पनि छापेका थिए । यस्तै, पत्रपत्रिकाहरूले खासगरी नेपाल भारत द्विपक्षीय सम्बन्ध सुधार्न भट्टराई समक्ष रहेका चुनौतीबारे पनि उल्लेख गरेका छन् । 'जेएनयूका विद्वान् नेपालका नयाँ माओवादी प्रधानमन्त्री' शीर्षकमा समाचार छापेको टाइम्स् अफ इन्डियाले लेखेको छ, 'भारतसँगको सम्बन्धलाई लिएर यसअघि नरम देखिए पनि उनको सरकार दक्षिणी छिमेकीप्रति अनुदार छैन भन्ने विश्वास दिलाउन भट्टराईले कडा मेहनत गर्नुपर्नेछ ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out