गृहमन्त्रीको दायाँ-बायाँ 'डन’

बिहान सबेरैदेखि बेलुका अबेरसम्म उनी मन्त्री गच्छदारकै साथमा थिए
नयाँ पत्रिका
काठमाडौं, १२ भदौ 
मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुँदा सबैभन्दा बढी खुसी को भए होलान् ? सोमबार दिउँसोको गतिविधि हेर्दा प्रहरीले 'क' वर्गको डनका सूचीमा राखेका काभ्रेका गणेश लामा सबैभन्दा खुसी देखिन्थे ।
बिहान सबेरैदेखि बेलुका अबेरसम्म उनी मन्त्री गच्छदारकै साथमा थिए । शपथका लागि दिउँसो राष्ट्रपतिनिवास शीतलनिवास पुग्दा लामा गच्छादारसँगै गएका थिए र सँगै र्फकेर सिंहदरबार छिरेका थिए । 
मन्त्रीपरिषद् बैठकका लागि प्रधानमन्त्री कार्यालय पुग्दा उनी सँगै थिए । संसद् बैठकपछि जब गच्छदार पदभार ग्रहणका लागि बेलुका साढे नौ बजे गृह मन्त्रालय पुगे, पिएसओझै उनी पनि सँगै थिए । मन्त्रालयका एक अधिकारीका अनुसार गच्छदार र लामाले मन्त्रालयमा सवा घन्टा बिताए । 

सातपटक पक्राउ परिसकेका र सधैँ प्रहरीको निगरानीमा हुने काभ्रेली समूहका नाइके लामा एकाएक गृहमन्त्रीको सहयोगी बनेको देखेपछि उनका पिएसओहरूसमेत तीनछक परे । लामा मात्र नभई उनका केही सहयोगीसमेत दिनभरि मन्त्री गच्छदारसँगै थिए । गच्छदार 'डन' हरूलाई दायाँबायाँ लगाएर हिँडेकोमा गृह मन्त्रालयकै कर्मचारीले आश्चर्य व्यक्त गरेका थिए । 
'म बिहानैदेखि मन्त्रीज्यूसँग व्यस्त छु,' लामाले साँझ नयाँ पत्रिकासँग भने, 'भोलि राम्रोसँग कुरा गरौँला ।' प्रहरीले सर्वाधिक धनी डनको सूचीमा रहेका लामा सात महिनाअघि गच्छदारको पार्टीमा प्रवेश गरेका हुन् । कोटेश्वरबाट मोटरस्ााइकल जुलुस निकाल्दै करिब एक सय सहयोगीसहित सानेपामा रहेको कार्यालयमा पुगी उनी पार्टी प्रवेश गरेका थिए । लामा फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन् । स्रोतका अनुसार गच्छादार गृहमन्त्री हुने पक्का भएपछि आइतबार बेलुका नै उनले भोजको आयोजना गरेका थिए । राजनीतिक आवरणमा गुन्डागर्दीमा लागेको आरोप खेप्दै आएका गणेश लामा गत ६ साउनमा ठगी अभियोगमा दरबारमार्गबाट पक्राउ परी दुई सातापछि धरौटीमा रिहा भएका थिए । पैसा नभएको खाताबाट २५ लाखको चेक दिई ठगी गरेको अभियोगमा लामा त्यसवेला पक्राउ परेका हुन् । 
टेकुमा रहेको पायोनियर नेपाल प्रालिका सञ्चालक पवन गुप्ताको जाहेरीमा उनी पक्राउ परेका थिए । सडक पिच गर्न प्रयोग गरिने बिटुमिन -अलकत्रा) खरिद गरेबापतको रकम माग्दा गुप्तालाई धम्की दिएपछि उनी पक्राउ परेका हुन् । 
ठेक्कापट्टाको काम गर्दै आएका लामा 'क' वर्गको सिरुवा कन्ट्रक्सनका मालिक हुन् । काभ्रेली समूहका प्रमुख लामा पटक-पटक पक्राउ परी छुट्दै आएका छन् । सुरुताका दीपक मनाङेसँग निकट रहेका उनले मनाङेबाट छुटेर छुट्टै समूह बनाएका थिए । केही वर्षयता रक्तचन्दन तस्करीमा लागेर उनले करोडौँ रुपैयाँ कमाउँदै आएको प्रहरीको दाबी छ । उनको सम्पत्तिबारे प्रहरी र सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ । 
काभ्रेको खहरेपाँगु स्थायी घर भई हाल कोटेश्वर बस्दै आएका लामा ०६१ वैशाखमा मिलन चक्रेलाई खुकुरी हानेको अभियोगमा पक्राउ परेका थिए । त्यसैगरी, ०६३ वैशाखमा ठमेलको गो-गो डान्सबारअगाडि हर्कबहादुर राउतलाई धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेकोमा उनी दोस्रोपटक पक्राउ परेका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out