थुनुवा युवतीलाई राति कार्यकक्षमा ल्याएर डिएसपीद्वारा 'बलात्कार’

चोरीको आरोपमा श्रेष्ठ थरकी युवती ४ साउनदेखि हिरासतमा थिइन्
नयाँ पत्रिका 
काठमाडौं, २४ साउन 
चोरीको अभियोगमा पक्राउ परेकी एक युवतीलाई आफ्नै कार्यकक्षमा बोलाएर बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) भेषराज श्रेष्ठमाथि छानबिन सुरु भएको छ । श्रेष्ठलाई सोमबार महानगरीय प्रहरी आयुक्तको कार्यालयमा सरुवा गरी छानबिन सुरु गरिएको छ । 
चोरीको आरोपमा श्रेष्ठ थरकी युवती ४ साउनदेखि हिरासतमा थिइन् । मदिरा पिएर लट्ठिएका डिएसपीले गत आइतबार राति १ बजे ती युवतीलाई आफ्नो कोठामा बोलाएर बलात्कार गरेको उजुरी परेको छ । 
'सोधपुछ गर्नु छ उसलाई मेरो कोठामा पठाउ भन्दै' डिएसपी श्रेष्ठले महिला प्रहरीलाई निर्देशन दिएका थिए । थुुनुवा श्रेष्ठ आउनासाथ उनले संवेदनशील अंग चलाई जर्बजस्ती गरेको पीडित युवतीले महिला प्रहरी र अन्य थुनुवालाई बताएकी थिइन् ।
डिएसपी श्रेष्ठले घटना लुकाउन ती युवतीलाई सोमबार बिहान आफ्नो कार्यकक्षमा ढोका थुनेर राखेका थिए । तर, थुनामा रहेका अभियुक्त र डयुटीमा रहेका सबै प्रहरीले घटनाबारे राति नै थाहा पाएका थिए । केही प्रहरीले घटनाको विषयमा एसपी खड्कालाई फोन गरी बिहान २ बजेतिर नै जानकारी गएका थिए ।
प्रारम्भिक सोधपुछमा डिएसपी श्रेष्ठको गम्भीर लापरबाही देखिएपछि सोमबार बेलुका नै उनलाई आयुक्त कार्यालयमा सरुवा गरिएको थियो । उनको ठाउँमा भने आयुक्त कार्यालयका डिएसपी विष्णुबहादुर केसीलाई काज सरुवा गरिएको छ । 
आयुक्त कार्यालयका एसएसपी माधव नेपालको संयोजकत्वमा गठन गरिएको समितिमा डिएसपी सुकदेव न्यौपाने र इन्स्पेक्टर बाबुकाजी गिरी छन् । छानबिन समितिले मंगलबार नै भक्तपुर परिसर पुगी छानबिन सुरु गरेको छ । 
छानबिन संयोजक एसएसपी नेपालले अनुसन्धान पूरा नभई बोल्न नमिल्ने बताए । बलात्कार प्रयास गरेको पुष्टि भइसकेको, तर बलात्कार नै भए/नभएको भने खुल्न नसकेको प्रहरी स्रोतले जनाएको छ । 
स्रोतका अनुसार १७ वषर्ीय ती युवती ४ साउनमा खरिपाटीस्थित कालिका डेरीमा चोरी गरेको आरोपमा पक्राउ परेकी हुन् । डेरीमा तीन लाखको चोरी भएको थियो । चोरीमा उनको संलग्नता पुष्टि भइसकेको र मुद्दा बुझाउने तयारी भइरहेको भक्तपुर परिसरका एसपी नारायणसिंह खड्काले बताए । त्यही अभियोगमा अर्का एक व्यक्ति पनि हिरासतमा छन् ।
डिएसपी श्रेष्ठ करिब दुई महिनाअघि मात्र प्रहरी प्रधान कार्यालयबाट भक्तपुर परिसरमा सरुवा भएका थिए । ५० वर्ष नाघिसकेका उनको सेवावधि पनि करिब दुई वर्षमात्र रहेको स्रोतको भनाइ छ ।
थुनुवा युवतीलाई बलत्कारको आरोपमा डिएसपीलाई निलम्बनको प्रक्रिया सुरु 

काठमाडौ, श्रावण २६ -
महानगरीय प्रहरी आयुक्तको कार्यालयले हिरासतमा रहेकी युवतीलाई बलत्कार गरेको आरोप लागेका डिएसपीलाई निलम्बनको प्रक्रिया अगाडि बढाएको छ ।
युवतीले दिएको बयानको आधारमा आयुक्तले अनुसन्धान समिति गठन गरेको थियो । अतिरिक्त प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले भक्तपुर परिसरका डीएसपी भेषराज श्रेष्ठले पदीय आचरणविपरीत क्रियाकलाप गरेको ठहर भएपछि निलम्बनका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको जानकारी दिए ।
‘छानविन समितिको प्रारम्भिक प्रतिवेदनमा पदीय दुरुपयोग गरेको देखिन्छ, गम्भीर घटना भएकाले श्रेष्ठलाई निलम्बन गर्न प्रधान कार्यालयमार्फत गृहमन्त्रालयमा अनुमति मागिएको छ,’ उनले भने ।
स्रोतका अनुसार समितिले बुझाएको प्रारम्भिक प्रतिवेदनमा श्रेष्ठले युवतीमाथि यौन दुर्व्र्यवहार देखाएको छ । ‘मध्यरातमा हिरासतमा रहेकी युवतीलाई कार्यकक्षमा ल्याउन लगाउनु परिस्थितिजन्य प्रमाणले पुष्टि गरेको छ’ स्रोतले भने ।
महानगरीय प्रहरी परिसर भक्तपुरले युवतीलाई स्वास्थ्य परीक्षण गर्न थापाथलीस्थित प्रसूति गृहमा लगेको छ । बागेश्वरीस्थित कालिका डेरीमा चोरी गरेको आरोपमा पक्राउ परेकी सिन्धुपाल्चोककी युवतीसहित चार जनालाई पक्राउ गरेको थियो । हिरासतमै रहेकी युवतीलाई आइतबार राति १ बजे कार्यकक्षमा बोलाएर दुर्व्र्यवहार गरेको श्रेष्ठमाथि आरोप छ । हिरासतमै रहेकी युवतीको मुद्दा भने बिहीबार अदालतमा पेस हुँदैछ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out