बलात्कारपछि छ कक्षा पढ्ने किशोरीको हत्या

दिलबहादुर छत्याल, धनगढी, भदौ ९- कैलालीको जनता उच्च मा.वि. कक्षा ६ मा पढ्ने १५ वर्षकी लिलावती रानालाई मामा नाता पर्ने शिक्षक रामविनोद रानाले बलात्कारपछि हत्या गरेको खुलेको छ।
घुम्न जाऊँ भनेर फकाएर गाउँबाट मसुरियास्थित कन्काई होटलमा ल्याएर राति बलात्कारपछि हत्या गरेको अभियुक्त रानाले स्वीकारेका छन्।
खाना खाएर सुत्न गएका उनले होटलको कोठा नं २ मा दोश्रो पटक बलात्कार गर्ने क्रममा हत्या गरेको बताएका छन्।
'मैले दोश्रो पटक जबरजस्ती गर्न खोज्दा उनले प्रतिकार गरिन्। अरुलाई भन्दिन्छु भन्न थालिन्' शुक्रवार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएका उनले भने, 'त्यसपछि घाँटी च्यापेर मैले हत्या गरेको हुँ।'
उनले भने, 'खाना खाएर होटलको कोठामा जाँदा ८ जति बजेको थियो। बिजुली गएकोले अँध्यारो थियो।' किशोरीलाई फकाएर पहिलो पटक शारिरीक सम्पर्क गरेको र सम्पर्क गर्ने क्रममा दुःखेर किशोरी कराएको उनले बताए।
किशोरी परिपक्व उमेरकी नभएकाले पहिलो पटक पनि अभियुक्तले फकाए जस्तो गरेर बलात्कार नै गरेको कैलालीका प्रहरी उपरीक्षक बसन्त पन्तले बताए।
पहिलो पटकको बलात्कारले पीडामा रहेकी किशोरीले दोश्रो पटक पनि बलात्कार गर्दा प्रतिकार गर्दै अरुलाई भनिदिने भनेपछि घाँटी च्यापेर अभियुक्त रानाले किशोरीको हत्या गरेको उनले बताए।
बुधबार राती करिब ९ बजेतिर नै किशोरीको हत्या गरको अभियुक्त रानाले बताएका छन।
घाँटी च्यापेर हत्या गर्दा किशोरी कराएको र कराएपछि मुख च्यापेको उनले बयान दिएका छन्।
भान्जी नाता पर्ने लिलामतीलाई आफ्नै घरमा बोलाएर उनले ट्युसन पढाउने गरेका थिए। नाता पर्ने भएकाले किशोरीका बुबाले पनि विश्वास मानेर आफू घर नभएको बेला छोरीलाई हेरिदिनु भनेर उनलाई भन्ने गरेका थिए।
बुधबार विद्यालयवाट फर्केपछि लिलावती साथीको घर जान भनेर घरबाट हिँडेकी थिइन्। साथी सुमन चौधरीको घर जाने बेला बाटोमा भेट्टाएका अभियुक्त रानाले म पुर्‍याइदिन्छु भनेर मोटरसाइकलमा बस्न लगाएका थिए।
मोटरसाइकलमा बसालेपछि घुम्न जाउँ भनेर लिलामतीलाई फकाएपछि उनी मन्जुर भएकी अभियुक्तले बताएका छन्।
घुम्दै मसुरियामा पुगेपछि रात पनि परिसक्यो, यतै होटलमा बसेर रमाइलो गरौँ भनेर फकाएपछि किशोरी मन्जुर भएकाले होटलमा कोठा लिएर बसेको उनले बयान दिएका छन्।
मसुरियाको पर्वत र कार्की होटलमा कोठा नपाएपछि उनी कन्काई होटलमा बास बस्न पुगेका थिए। आधा केजी मासु किनेर होटलमा बनाउन दिएका थिए। खाना खाइन्जेल दुवै जनाको ब्यवहार आत्मीय जस्तो देखिएको होटलका संचालक अर्जुल लुइँटेलले बताए।
यसअघि ट्युसन पढाउने बेला पनि किशोरी सँग जिस्कने, चुम्बन गर्ने गरेको अभियुक्तले बयान दिएको प्रहरी उपरीक्षक पन्तले बताए।
बुधवार राति नाम र ठेगाना नलेखाई मसुरियास्थित कन्काई होटलम बसेका अभियुक्त किशोरीको हत्या गरेपछि बिहीबार विहान होटलबाट फरार भएका थिए।

बुधबार राति ९ बजेतिर नै हत्या गरेका अभियुक्त रातभरी होटलको कोठामै बसेका थिए।
किशोरको घाँटीमा भित्री लुगा कुसुमको तानाले बाँधेर कसेका थिए। किशोरीको मृत शरिर र्‍याकमा राखेर सिरकले ढाकेर उनले लुकाए। भुईँमा रहेको रगत कपडाले पुछेर सफा गरेको पनि उनले बयान दिएका छन। रातभरी कोठामै बसेर बिहान कसरी भाग्ने र काहाँ जाने, के गर्ने योजना बनाएको उनले बताए।
रातभरी कोठामै बसेका अभियुक्त बिहान ५ बजेतिर होटेल संचालकलाई बिल बुझाएर मोटरसाइकलमा फरार भएका थिए।
प्रहरीले नाम र ठेगाना थाहा नभएको फरार अभियुक्तलाई लुगा र हुलियाको अधारमा अनुसन्धान गरेर पक्राउ गरेको बताएको छ।
किशोरी हराएको भन्दै प्रहरी कहाँ उनका आफन्त पुगेपछि मृतकको पनि सनाखत भएको प्रहरीले बताएको छ।
प्रहरी टोलीले अभियुक्तलाई गदरिया ४ घरबाटै बिहीबार साँझ पक्राउ गरेको थियो।
अभियुक्त जनता उच्च मा.वि.मा लाइब्रेरियनका रुपमा कार्यरत रहनुका साथै अध्यापन गराउने गरेको प्रहरीले बताएको छ।
घरबाट बाहिर कतै पनि नजाने लिला बुधबार साथीकहाँ जान्छु भनेर निस्केको उनका बुबा मन्त्रीराम रानाले बताए। उनको आफन्तले पोष्टमार्टमपछि शुक्रबार बिहान किशोरीको लाश बुझेर लगेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out