रेखा : मुर्खबाट विद्वान बन्दै !

सँधै रोमान्टिक मुडमा भेटिने रेखा थापा सोमबारको जन्मदिनमा भने नोस्टाल्जिक मुडमा देखापरिन् । अलि बढी नै नोस्टाल्जिक । दाम्पत्य जीवनको यो विन्दुसम्म पनि मातृसुखको अभाव खेपिरहेकी रेखाको अनुहार पढ्दा लाग्थ्यो -उनमा आमा बन्नुको चाहना चरमतातर्फ उन्मुख छ । तर, एक्लै आमा बन्न सकिदैंन भन्ने जैविकशाष्त्र उनलाई राम्रोसँग थाहा छ । र त उनी यसअघि नै पहिली पत्नीबाट सन्तानसुख बोध गरिसकेका पति छवि ओझासँग केही दुःखित देखिन्थिन् ।
'गतवर्षको जन्मदिन मनाउँदा म चाँडै नै आमा बन्ने सोचमा थिएँ । यसले मलाई उत्साहित पनि बनाउँथ्यो । तर, आज ममा कुनै त्यस्तो उत्साह छैन । कारण आमा बन्न म एक्लैले मात्र सोचेर पनि हुँदैन । यसमा दोस्रो व्यक्ति अर्थात श्रीमानको पनि साथ चाहिन्छ । तर, छवि यस कुरामा उत्साहित छैन । किनकी साँच्चै भन्नुपर्दा मेरै उमेरको छविको छोरा छ । उसले पहिलो सन्तान जन्मँदाको खुशि लिइसकेको छ । कुनैदिन म आमा त हुन्छु तर यही दिन हुन्छु भनेर किटान गर्न सक्दिँन । कोखमा सन्तान होस । म पनि गृहणी बन्न पाए हुन्थ्यो । यस्ता कुरा मेरो मनमा नउठेका पनि होइनन् । मैले यस्तो अवसर पाएकी छैन' रेखाको मुहारमा भावकुता पोतियो ।
सोमबार रेखाले जन्मदिन आमासँग मनाइन् । छविले रेखाको जन्मदिनमा शुभकामना पनि दिएनन् । उनी होमप्रोडक्सनको सिनेमा 'रावण'को सुटिङमा ब्यस्त रहे । जन्मदिनमै सुटिङको धपेडीमा खट्नुपरेपछि रेखाले सोचेजसरी जन्मदिन मनाउन पाइनन् । अघिल्लो जन्मदिन नर्लिङ रिसोर्टमा मनाउँदा गोपीकृष्ण मूभिजले रेखालाई विदा पनि दिएको थियो । तर, होमप्रोडक्सन अर्थात पतिबाटै उनलाई त्यस्तो राहत मिलेन जुन कुरा उनको सोचको एकसय असी डिग्री विपरित थियो ।
जन्मदिन त निमित्त कारण मात्र हो । पछिल्लो समय छवि रेखाप्रति त्यति रिल्याक्स लाग्दैनन् । नियमित आकस्मिकताजस्तो ठाकठूक त परिहाल्छ यद्यपी त्यसको असर आमा बन्नुको रहर र जन्मदिनमा देखापरेको छ । आफ्ना समकालिन अभिनेत्रीहरु धमाधम आमा बनिरहेका र बन्ने क्रममा रहेकाले रेखामा पनि त्यो इच्छाका पालुवाहरु पलाउनु अस्वभाविक होइन । अझै सन्चिता लुइँटेललाई गतमहिना दहीच्युरा खुवाएपछि त 'आमा बन्ने पालो रेखाको' भनेर ट्याब्लोइड र ब्रोडसिटले नछापेका पनि होइनन् । तर, रेखाको आमा बन्ने मार्गमा छवि समझदार भैदिएनन् । नेपाली सिनेमाको लोकप्रिय जोडीमा दरारका चिराहरु सुरु हुन थाले ।
जन्मदिनको छेको पारेर रेखाले आफूलाई 'जिन्दगी फिक्का लाग्छ' भन्नु विनाअर्थ आएका कुराहरु होइनन् । 'मुर्खबाट विद्धान बन्दै' गरेकी रेखालाई विद्धान बन्दै गर्दा जीवनका धेरै सुख र आयमबाट जलन पनि हुन थालेको छ जुन उनी क्रमशः परिपक्व बन्दै गरेको संकेत हो । तर, यो परिपक्वतासँगै दाम्पत्यजीवनमा समझदारी समेटिनुपर्छ । नत्र सम्बन्ध भन्ने केवल प्राविधिक कुरा मात्र हो त्यसको स्वरुप जस्तो पनि हुनसक्छ । विश्लेषकहरु भन्छन् -'यदि छवि ओझा रेखालाई आमा बन्न दिने कुरामा सहमत छैनन् भने यो कुरा पक्का हो उनी रेखालाई ब्यावसायिक साधनको रुपमा मात्र प्रयोग गरिरहेका छन् ।' रेखालाई जन्मदिनको शुभकामना !

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out