१ लाख ३० हजार रुपैयाँ लिएर बलात्कार आरोपको उजुरी फिर्ता

दीपा (नाम परिवर्तन) ले गत शनिबार प्रहरीमा 'धनकुटाको एक होटलमा महेश (नाम परिवर्तन) भन्ने व्यक्तिले मलाई जबर्जस्ती बलात्कार गर्‍यो। मैले चिच्याउँदा पनि होटलको मालिकले सुनेको नसुन्यै गर्‍यो, रुँदै बाहिर निस्कँदा के भयो भनेर समेत सोधेन ? उसको पनि यसमा मिलेमतो छ, दुवैलाई पक्रेर आवश्यक कार्वाही गरियोस्' भन्ने जाहेरी दिएपछि आरोपी युवक तथा होटल मालिक दुवैलाई प्रहरी कार्यालयमा ल्याइयो। पक्राउ परेका आरोपी महेशले शारीरिक सम्पर्क भएको स्वीकार गरे पनि जबर्जस्ती गरेको भने स्वीकार गरेनन्। उनले दुवै जनाको राजीखुसीमै शारीरिक सम्पर्क भएको बयान दिएको स्रोतले जनाएको छ। उनले अघिदेखि नै ती युवतीसँग भेटघाट भैरहेको र उनलाई विवाह गर्न आफू राजी रहेको बताए पनि दीपाले नमानेको स्रोतले बतायो। उता होटल मालिकले भने दीपा र महेश दिनको ११ बजे आएर कोठामा बसेको र दुई बजे निस्किएर खाजा खाई सँगै बाहिर गएको बताएका छन्। उनले होटलमा कोही नकराएको र नरोएको पनि दाबी गरे। दुई दिनसम्म प्रहरी हिरासतमा रहेका महेशलाई जसरी भए पनि कारबाहीको भागी बनाउने अडान नछोडेकी दीपाले अन्ततः १ लाख ३० हजार रुपैयाँ लिएर उजुरी फिर्ता लिएको बताइन्छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको तथ्याङ्क हेर्दा बलात्कार र जबर्जस्ती करणीका मुद्दा थोरै परे पनि धेरै मुद्दा गाउँघरमै मिलाइने गरेको प्रहरी निरीक्षक शर्मा बताउँछन्। राजनैतिक दबाब, सामाजिक बन्धन एवं सामाजिक भयका कारण धेरै घटना प्रहरीमा आइनपुग्ने प्रहरी निरीक्षक शर्माको अनुभव छ। आएकामध्ये कतिपय घटना निवेदकको उजुरीपश्चात् पीडितले होसियारी नअपनाउँदा पीडक उम्कने गरेका छन्। शर्माका अनुसार पिडितले प्रहरीमा आउनुअघि नुहाइदिने, कपडा धोएर आउने वा फेरेर आउने, कोरीबाटी गरेर आउँदा निसानी हराएका कारण पीडकहरू उम्कने गरेका छन्। त्यसका अतिरिक्त पिडकले उजुरी दिए पनि सामाजिक डर र दबाबका कारण प्रहरीलाई नै पनि कतिपय मुद्दा चलाउन असजिलो भएको छ। शर्मा भन्छन्- 'पीडकले राम्रोसँग खुट्टा नटेकिदिँदा हामीलाई मुद्दा चलाउन अप्ठेरो हुन्छ।'

यसरी बलात्कारका घटना वृद्धि हुदै जानुमा समाज खुला रूपमा जाने क्रम रहेको तथा दोषीको मनोबल बढ्दै जानु नै मुख्य कारण भएको प्रध्यापक न्यौपानेको ठम्याइ छ। 'कतिपय मानिसमा विकृत मानसिकताले डेरा जमाउँदै लगेको छ।' प्राध्यापक न्यौपाने भन्छन्— 'यस्तो मानसिकता भएकाहरूले सामाजिक रवाफका आधारमा धम्क्याउने, तर्साउने गरेका छन्।' समाजमा उनीहरूको प्रतिष्ठा एवं राजनीतिक साँठगाँठका कारण पीडितहरू पैसा वा अन्य कुनै सर्तमा मेलमिलाप गर्न बाध्य हुन्छन्। यसरी मेलमिलाप गर्दा तत्काल पीडितले पैसा पाए पनि भविष्यमा पीडकहरूको मनोबल बढ्ने हुनाले घटना दोहोरिरहेको न्यौपानेको दाबी छ। प्राध्यापक न्यौपाने यस्ता घटनाको उपचार मेलमिलापबाट भन्दा पनि कानुनी रूपमा खोज्नु नै दीर्घकालीन समाधानको बाटो भएको बताउँछन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out