यस्तो अवस्थामा मैले ऊसँग शारीरिक सम्बन्ध राख्नु राम्रो होला ?

म १९ वषर्ीया युवती हुँ। हाल १२ मा पढ्दैछु। म एक २८ वषर्ीय युवकलाई मन पराउँछु। उसले पनि मलाई माया गर्छ। हामीबीच शारीरिक सम्पर्क हुन थालेको दुई वर्ष भयो। उसले मलाई यति सन्तुष्टि दिन्छ कि म त्यसको बयान गर्न सक्दिनँ। समस्या के छ भने न ऊ मसँग विवाह गर्न चाहन्छ, न म नै ऊसँग विवाह गर्न तयार छु। उसको र मेरो गन्तव्य फरक छ। हाम्रो विवाह असम्भव छ। यस्तो अवस्थामा मैले ऊसँग यस्तो सम्बन्ध राख्नु राम्रो होला ?
स.
प्रेमको परिभाषाले तपाइर्ंको समस्यालाई फरक तरिकाले सम्बोधन गर्छ। एकथरी मानिसहरू -यौन स्वास्थ्य विशेषज्ञ) यौनसम्बन्धलाई शरीरको आवश्यकता मान्छन्। उनीहरूको नजरमा यौनसम्बन्धका लागि प्रेम हुनु आवश्यक हुँदैन। शरीरको आवश्यकता पूरा गर्ने यो क्रमले तपाईंको जटिलतालाई बढाउन सक्छ। कतिपय मानिस -प्रेममा नैतिकताको सिमाना खोज्नेहरू) विवाहपूर्वको वा शरीरको आवश्यकताअनुरूप स्थापना गरिएको सम्बन्धलाई पाप सम्झन्छन्। दुवै अवस्था मानिसको सोचाइद्वारा निर्देशित हुन्छ। तपाईंको हकमा तपाईंले अहिले गरिरहनुभएको 'काम' कुन श्रेणीमा पर्छ ? भन्ने कुरा महत्त्वपूर्ण छ। यौनलाई तपाईंले स्वास्थ्यका दृष्टिकोणले लिनुभएको छ भने तपाईंले आफ्ना शारीरिक आवश्यकता सहज रूपमा पूरा गरिरहनुभएको छ। त्यसलाई अन्यथा लिनु हुँदैन र अबका दिनमा त्यस्तो सम्बन्धलाई निरन्तरता दिने वा नदिने भन्ने कुरा तपाईंको निजी र वैयक्तिक अधिकारका सिमाभित्र अटाउँछन्। यद्यपि विवाहपूर्वका यस्ता सम्बन्धबाट उत्पन्न हुने जटिलताका सम्बन्धमा पर्याप्त ध्यान पुर्‍याउनुभएकै होला। रह्यो नैतिक पक्षको प्रश्न, त्यसका पनि आ-आफ्नै परिभाषा छन्। पश्चिमा समाजको कुरा छाडौं, अहिले पूर्वीय समाजमा पनि विवाहपूर्वको यौनसम्बन्धका बारेमा व्याप्त भ्रम र कथित परिभाषाका सिमानाहरू क्रमशः भत्किँदै गएका छन्। यस्तो अवस्थामा तपाइर्ंलाई जे उचित लाग्छ गर्न सक्नुहुन्छ, किनभने वैयक्तिक अधिकारको प्रश्नमा तपाईंलाई कसैले कुनै पनि अवस्थामा थुनछेक गर्न सक्दैन। फेरि पनि म विवाहपूर्वकको सम्बन्ध अनि त्यसले निम्त्याउने सामाजिक तथा स्वास्थ्यसम्बन्धी समस्यामा भने तपाईंलाई सचेत गर्न चाहन्छु, अन्यथा यस्तो सम्बन्धको परिणाम तपाईंले नै भोग्नुपर्ने हुन्छ र तपाईंलाई थाहै छ, यस्ता सम्बन्धमा युवतीहरू बढी प्रताडित हुन्छन्। त्यतिबेला तपाईं अरूलाई दोष देखाएर उम्कन सक्ने स्थितिमा रहनुहुन्न।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out