रिचार्ज गर्नुहोस् प्रेमजीवनलाई

विवाहको केही समय बितेपछि कुनै समय अत्यन्त रोमान्चक लाग्ने जीवन, समयसँगै निरश र रंगहीन महसुस हुन थाल्छ। जीवनमा प्रेमको रंग भर्ने प्रयास जारी राख्नुपर्छ। यसले नै जीवनको सुखलाई कायम राख्छ।

सँगै खाना खानुपर्छ/बनाउनुपर्छ

साथमा खाना बनाएर खाँदा पनि प्रेम जीवन रिचार्ज हुन्छ। यदि राम्रो कुक हुनुहुन्न भने पनि आफ्नी श्रीमतीलाई सहयोग गरेर उनको कामलाई सहज बनाउँदै आपसी निटकतालाई बढाउन सकिन्छ। जब श्रीमती तरकारी बनाउँछिन्, त्यतिबेला सलाद काट्न सकिन्छ। उनी रोटी र अन्य कुरा तयार पार्छिन् भने डाइनिङ टेबल सजाउन सकिन्छ। सँगै खाना बनाउनु र त्यसपछि सँगै बसेर कुनै रोमान्टिक धुन बजाएर क्यान्डल लाइट डिनरबाट जुन आनन्द प्राप्त हुन्छ, त्यसलाई स्वयंले महसुस गर्न सकिन्छ।

सँगै पढ्नुपर्छ

यस्ता पुस्तक खोज्नुपर्छ, जसमा दुवैको रुचि होस् र त्यसलाई फुर्सद मिलाएर साथमा बसेर पढ्नुपर्छ। राम्रा चुटकिला पढेर एकअर्कासँग ख्यालठट्टा गर्नुपर्छ। सँगै हाँस्नाले आपसी तनाव र समस्या भुल्न सघाउ पुग्छ। एकअर्काको सामीप्यता बढ्नुका साथै रमाइलो पनि अनुभव हुन्छ।

रचनात्मक काम गर्नुपर्छ

गार्डेनिङ, पेन्टिङ जस्ता कार्य सँगसँगै गर्नुपर्छ। एक-अर्कालाई पेन्टिङ गर्ने तरिका बताउनुपर्छ र त्यसको किनारालाई आफैँले सजाउनुपर्छ। साथमा मिलेर फोटो फ्रेम बनाउनुपर्छ र त्यसमा दुवैलाई मनपर्ने तस्बिर राख्नुपर्छ।

बितेका दिन सम्झना गर्नुपर्छ

श्रीमतीलाई उनको माइती लानुपर्छ र दुवै मिलेर आफूलाई मनपर्ने स्थान जस्तै पार्क, म्युजियम, पिकनिक स्पट, पर्यटकीय स्थल आदिको सयर गर्नुपर्छ। यदि छ भने श्रीमतीलाई गाउँको घर लानुपर्छ, आफ्नो वाल्यावस्थाका सम्बन्धमा अवगत गराउनुपर्छ। यी स-साना प्रयासले प्रेम र रोमान्सलाई थप

रोमान्चक बनाउँछ।

सँगै सपिङ गर्नुपर्छ

प्रायः पुरुषलाई सपिङमा रुचि हुँदैन। यदि श्रीमतीसित सपिङ जाने हो भने आफूलाई उनको रुचि-अरुचि जान्ने अवसर प्राप्त हुन्छ र भविष्यमा उनका लागि उपहार किन्न सजिलो हुन्छ।

सँगै काम गर्नुपर्छ

यदि दुवैजना कामकाजी हो र दुवैको कार्यालय समय मिल्छ भने सँगै जिम जानुपर्छ वा घरमै सँगै व्यायाम गर्न सकिन्छ। यसबाट दुवैजना फिट पनि रहन्छन् र यौनजीवन पनि बढी आनन्ददायक हुन्छ।

पिकनिक जानुपर्छ

श्रीमतीलाई सरप्राइज दिन पिकनिक जानुपर्छ। एकअर्काको हात समाएर पार्क वा नदी किनारमा सयरको आनन्द उठाउनुपर्छ। यसो गर्दा कामको थकान र तनाव दुवै हट्छ र दुवैजनाले आनन्द महसुस

गर्न सक्छन्।

खेलको आनन्द लिनुपर्छ

बाल्यावस्थाको स्मरण गर्दै श्रीमतीसित बलिङ, स्केटिङ जस्ता खेलको आनन्द लिन सकिन्छ। यसलाई अझ रमाइलो र चुनौतीपूर्ण बनाउन बाजी लगाउनु उचित हुन्छ। बाजीमा हार्नेले जित्नेलाई टि्रट दिनुपर्छ। यस्ता स-साना कुराले जीवनमा उमंग सञ्चार गर्न र प्रेमलाई गहिराइ प्रदान गर्न सहयोग गर्छन्।

सम्झना सँगाल्नुपर्छ

प्रोफेसनल फोटो स्टुडियोमा गएर सँगै तस्बिर खिचाउनुपर्छ र त्यसलाई फ्रेमिङ गरी शयनकक्षमा सजाउनुपर्छ। उक्त तस्बिर सुखमय जीवनको प्रतीक हुनसक्छ।

रोजिन शाक्य

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out