दीपिका प्रेमको निसानी मेटाउँदै

मुम्बई (एजेन्सी), भाद्र २ - मन नै बदलेपछि कसको के लाग्छ र ? बलिउड नायिका दीपिका पादुकोणकै उदाहरण लिऊँ । यति बेला उनी आफ्नो प्रेमको निसानी मेटाउने मरिमेट्दै छिन् । सन्दर्भ उनको घाँटीमा कुँदिएको पूर्वप्रेमी रणवीर कपुरको नामको हो । धेरै चर्चा भइरहने यही टाटु अब उनी गलाबाट हटाउन चाहन्छिन् ।
यसका लागि उनले वरिष्ठ प्लास्टिक सर्जनहरूसँग सल्लाह लिइरहेकी छन् । स्रोतका अनुसार केही समययता दीपिकालाई यस टाटुप्रति दिक्क लाग्न थालेको छ । तर उनले रणवीर कपुरको नाममा कोरेकी 'आरके' टाटुलाई अहिलेका प्रेमी सिद्धार्थ माल्याका लागि मेटाउन लागेकी हैनन् । आगामी फिल्मका कारण उनले टाटु हटाउन चाहेको बताएकी छन् ।
उनलाई एक फिल्ममा यस्तो ग्ल्यामरस् भूमिकामा खेल्ने अफर आएको छ, जसमा टाटुले अभिनयप्रतिको विश्वस्नीयतामा बाधा पार्ने उनको ठम्याइ छ । रणवीरसँग सम्बन्धमा रहेको बेला उनले टाटु बनाएकी थिइन् । बे्रकअप हुँदा पनि उनले टाटुसँग कुनै समस्या नरहेको सुनाएकी थिइन् ।
उता रणवीर-दीपिका जोडीलाई एकसाथ बाध्न निर्देशक ऐयान मुखर्जी लागिपरेको समाचार छ । उनले नयाँ फिल्मका लागि आफ्नै घरमा दैनिक भेटघाटको वातावरण सिर्जना गराइदिएका छन । उनले नाम नतोकीकन निर्माण गर्न लागिएको नयाँ फिल्ममा दीपिका र रणवीरलाई एकै साथ काम गराउन यसो गरेका हुन् । सुटिङमा जानुभन्दा पहिले उनीहरूमा काम गर्न सहजता अनुभूति होस् भन्ने उनको भित्री आकांक्षा हो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out