नाइटो देखाउन नमानेपछि…!

नाइटो नदेखाइएका आइटम डान्सलाई खल्लो मान्छन् दर्शक । दर्शकको यही मुडलाई बुझेर होला निर्देशकहरु हिरोइनलाई जसरी पनि यस कुरामा कम्प्रोमाइज गरिछाड्छन् । तर, चलचित्र 'जय होस'को आइटम डान्समा हिरोइन सौजन्य सुब्बाले नाइटो देखाउन नमानेपछि निर्देशक र निर्माताले उल्टै कम्प्रोमाइज गर्नुपर्‍यो । नाइटो छोपिएको कस्ट्युम लगाएरै सौजन्यले आइटम नाचिन् ।
हिरोइनले नाइटो देखाउन मिल्दैन भनेपछि सोझा निर्देशक र निर्माताले पत्ताए नै । जिद्दि गराइछाड्ने कुरा पनि भएन । तर, सौजन्यको नखरा केहीदिन पनि टिकेन जतिबेला निर्देशक घनश्याम खतिवडाले नाइटो देखाएर खिचिएका सौजन्यका तस्विर र भिडियोहरु देखे । यतिन्जेलसम्म आइटम डान्सको सुट पनि भैसकेको थियो । 'वास्तवमा हामीले सौजन्यको नखरा बुझ्न सकेनौं, उनको नाइटोमा केही समस्या होला भन्ने ठानेका थियौं तर होइन रहेछ' खतिवडाले भने ।
उक्त गीतको डिमान्ड नै नाइटो देखाउनुपर्ने र बढीभन्दा बढी अंग प्रदर्शन गरेर दर्शकलाई उत्तेजक तुल्याउनुपर्ने थियो । यही कुरालाई ध्यानमा राखेर स्वयम निर्देशक खतिवडाले 'घुमायो-घुमायो मलाई/केले घुमायो/हेर न हेर/मेरो तन बौलायो…' बोलको आइटम गीत पनि लेखेका थिए । शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् । नाइटो नदेखाए फिल्म कमर्सियल बन्दैन भन्दाभन्दै पनि सौजन्यले त्यसो नगरेपछि निकट ठानिएका निर्देशक खतिवडा र सौजन्यको सम्बन्धमा दरार आएको गाइँगुइँ चल्न थालेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out