यस्तो अवस्थामा म के गरूँ ?

म सरकारी जागिरमा छु। मेरो उमेर २६ वर्ष पुग्यो। मेरो छोरा एलकेजीमा पढ्दैछ भने श्रीमती एमए पढ्दैछिन्। म भने एक युवतीको प्रेममा  नराम्रोसँग फसेको छु। हामी एक-अर्काका पूरक भैसकेका छौं। यो कुरा मेरी श्रीमतीलाई थाहा छैन। उनी मलाई असाध्यै माया गर्छिन् र  भन्छिन्, म बरु खाने गाँस छाड्न सक्छु, मेरो लोग्नेलाई छाड्न सक्दिनँ, मेरो सिरक अरूले ओढेको देख्न सक्दिनँ। अर्कातिर ती युवती भन्छिन्,  म हजुरका लागि जे पनि गर्न सक्छु, हजुरलाई गुमाउनु परे हजुरलाई मारेर आफू पनि मर्छु। यस्तो अवस्थामा म के गरूँ ?
एल.
तपाईको प्रश्न प्रष्ट भएन। एकातिर तपाईं विवाहित भएर पनि प्रेममा परेको कुरा गर्नुहुन्छ र त्यो कुरा तपाईंकी श्रीमतीलाई थाहा नभएको  जिकिर गर्नुहुन्छ। अर्कातिर तपाईकी श्रीमतीको अन्धो प्रेमको कुरा गर्नुहुन्छ। तपाइर्ंकी श्रीमतीले जे भनेकी छिन् त्यो कुरा उनले तपाईको  विवाहेत्तर सम्बन्धका बारेमा जानकारी नभै भन्न नसक्ने कुरा हो। प्रश्न अनुसार या त तपाईले केहीे कुरा लुकाइरहनु भएको छ या त तपाईकी  श्रीमतीबाट भनिएका भन्ने कुरा काल्पनिक हुन्। जे होस् तपाईं गलत हुनुहुन्छ। घरमा श्रीमती हुँदाहुँदै बाहिर प्रेमिका खोज्ने तपाईको अमर्यादित  व्यवहारले यतिबेला तपाई संकटमा हुनुहुन्छ। जे भयो भयो, आफ्नी श्रीमतीप्रति आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्दै तपाईंको पछि लागेकी  युवतीलाई सम्झाइ बुझाइ त्यागि दिनुहोस्। सक्नुहुन्छ भने राम्रो र योग्य केटा खोजेर घरजम बसाउन उनलाई सहयोग गर्नुहोस्। उनले तपाइर् ंका बारेमा व्यक्त गरेका कुरा भावावेशमा भनेका कुरा पनि हुन सक्छन्। उनको भनाइ र गराईबीच कति सामिप्यता छ त्यो उनको व्यवहार  अध्ययन गर्ने क्रममा तपाईले बुझ्नु भएकै होला तसर्थ आफ्नी श्रीमतीलाई दुःख दिनेभन्दा चाहेर वा नचाहेर तपाईसँग नजिकिएकी प्रे मिकालाई त्याग्नुमै तपाईंको कल्याण छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out