'ए फर अमेरिका'

काठमाडौं, भदौ २ (नागरिक) - निर्देशक नारायण पुरीले 'ए फर अमेरिका' नामक फिल्म बनाउन लागेका छन्। नेपालीले भोग्दै आएको अमेरिकी जनजीवनमा फिल्म केन्द्रित रहने उनले जानकारी दिए। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्मको घोषणा गर्नुका साथै विषयवस्तुको जानकारी दिएका हुन्।
'युवा पुस्ताको अमेरिका मोह र त्यहाँ रहेकाहरुको जीवनशैली फिल्ममा चित्रण हुनेछ,' अमेरिकामा रहेका कलाकार सरोज खनाल र सारंगा श्रेष्ठको वास्तविकता पनि फिल्ममा देखाइने उनले बताए। 'उनीहरु त्यहाँ जे गर्छन् हामी त्यही खिच्छौं। डकुड्रामा टाइपको हुन्छ,' उनले सुनाए। फिल्ममा राजवल्लभ कोइराला, सन्तोष पन्त, रेखा थापा, केकी अधिकारी अनुबन्धित भएका छन्। गायक भरत सिटौलाले पनि यसमा अभिनय गर्नेछन्।
भदौ अन्तिममा सुटिङ थालिने पुरीले जानकारी दिए। राजवल्लभ र केकीका साथ पहिला अमेरिकाको सुटिङ गर्ने उनको योजना छ। ...उताको काम सकिएपछि नेपालमा सुटिङ गर्छौं,' उनले भने।
'अपवाद', 'पल' र 'मसान'मा छुट्टै भूमिका पाएको स्मरण गर्दै राजवल्लभले विषयवस्तुकै कारण पुरीको फिल्ममा काम गर्न उत्साह जागेको बताए। हिक्मत मियाँ यसका निर्माता हुन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out