पुष्पकमल दाहालको फोन गयो, 'हाम्र्रै साथी–भाइ हुन्, छाडिदिनुपर्योक' भनेर..

काठमाडौं, भदौ ४ । कुरा माओवादी अध्यक्ष पुष्पकमल दाहालको 'ब्रेक थु्र' कै हो। राष्ट्रिय राजनीतिमा २८ गते अगाडि नै 'ब्रेक थु्र' गर्ने भनेको बेला एउटा 'ब्रेक थु्र' चाहिँ उनले २७ गते विहानै गराएका रहेछन्, तर राष्ट्रिय राजनीतिमा कुनै साइनो/सरोकार नराख्नेगरी सट्याकसुटुक रुपमा।
घटना गत बिहीबार साँझको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एउटा सुराक पाएपछि टोली नै खटाएर अपरेसन सुरु भयो। ठमेलको ज्याठामा दुई नेपाली र दुई चाइनिज सञ्चालक रहेको पेनलङ नामक चाइनिज रेस्टुरेन्टमा टोली पुग्यो। त्यहाँबाट ११ किलो यार्चागुम्बा मात्र बरामद भएन, बरामदीसागै साहूहरु निरज कोइराला, विश्वनाथ ढुंगाना, चिनियाँ नागरिक सुनयान ह्वा र जोनसोङ ह्वालाई पनि उठायो। अरु पनि केही चिज छ कि भनी रातको समयमा खानतलासी लिदा त्यहीबाट साढे १४ किलो रक्तचन्दन पनि बरामद भयो। बिक्री र पैठारीका लागि पनि अवैध मानिने ती सामानसहित मान्छे पक्राउ परेपछि स्वाभाविक हो कि, पक्राउ परेका व्यक्ति प्रहरी हिरासतमा पठाइए। भोलिपल्ट, अर्थात् २७ गते बिहानै माओवादी अध्यक्ष पुष्पकमल दाहालको फोन गयो, 'हाम्र्रै साथी–भाइ हुन्, छाडिदिनुपर्योक' भनेर। यस्तो फोन गएपछि प्रहरी अधिकारी पनि झस्किए।

२८ गते झलनाथले राजीनामा दिने घोषणा गरेपछि जादूमय शैलीमा 'ब्रेक थ्रु' गर्ने बताएका प्रचण्डले झलनाथको राजीनामा रोक्न कुनै 'ब्रेक थ्रु'  नगरे पनि यो घटनामा भने 'ब्रेक थ्रु' नै भयो। प्रचण्डको फोनपछि प्रहरी संयन्त्र यति फुर्तिका साथ लाग्यो, छिनभरमै बरामदी मुचुल्का तयार भयो, जिल्ला बन कार्यालयका अधिकारी तुरुन्तातुरुन्तै रक्तचन्दन लिन प्रहरीकहाा पुगे र एकैछिनमा पक्राउ परेका व्यक्तिहरु हात्तीसारस्थित वन कार्यालयमा उपस्थित गराइए। यार्चागुम्बाको कुरा कतै निस्किएन। यो ठाउा कोही सर्वसाधारण होस् र मदिरा सेवन गरेको सामान्य बहानामा पुलिसले समातेको नै किन नहोस्, सार्वजनिक मुद्दा चलाएर थुनिन्छ।
कसैले छाडिदिनुपर्यो भनेर दबाब दिएमा बयान गर्नै भ्याइएन जस्ता बहाना प्रहरीले निकाल्छन्। चन्दनकै कुरामा पनि त्यो कहाँबाट आयो, कसरी आयो, किन आयोदेखि लम्बेतान बयान गराइन्छ। र, कम्तिमा २४/२५ दिन खोरमा बस्नुपर्नेमा, प्रचण्डको सिफारिस पुग्नासाथ यी कोइरालाचाहिा भोलिपल्टै वन कार्यालयबाट सामान्य धरौटीमा छुटे। प्रहरीहरुले यी व्यक्तिको पहुँच कसरी प्रचण्डसम्म पुग्यो र उनले तारन्तार फोन गरी तिनलाई छुटाउन दबाब दिए भन्ने कुरा बुझे। प्रहरीले बुझेको कुरा यस्तो रहेछ– निरजका बाबु हुन्, गोपाल कोइराला। उनी उद्योग मन्त्रालयका चल्ताफिर्ता उपसचिव हुन्। साँझपख प्रचण्डलाई कम्पनी दिनुपर्योन भने साथ दिने गतिला पार्टनर पनि रहेछन् उनी। त्यही नाताले रहेछ, प्रचण्डले आफ्ना स्वकीय सचिव समिरलाई नै कुदाएर उनका छोरा तथा छोराका तीनभाइ पार्टनर छुटाउन जोडबल गरेको। यार्चागुम्बा र रक्तचन्दन कारोबारीलाई छुटाउन हाम्रा वरिष्ठ कामरेडहरुले तदारुकता देखाएजस्तै शान्तिप्रक्रिया टुंग्याउन र संविधान ल्याउन पनि उत्तिकै ध्यान लगाइदिए देशले ठूलो गुन मान्ने थियो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out