सन्तान अग्लो चाहियो, श्रीमति टाढाबाट ल्याउनुस्

वाशिङ्टन । सुन्दा अनौठो लाग्छ सक्छ । तर पोल्याण्डका बैज्ञानिकहरुको दावीअनुसार यदि श्रीमान श्रीमतिको जन्म एकै सहरमा भएको छ भने उनीहरुबाट जन्मने बच्चाको उचाई कम हुने गर्दछ । त्यसैले यदि तपाई पनि अग्लो सन्तान चाहनु हुन्छ भने श्रीमति यस्ता छान्नुस् जसको माइत तपाईको गाउँसहरभन्दा निकै ढाटा होस् ।
पोल्याण्डका बैज्ञानिकहरुले जेनेटिक्समा गरेको अध्ययनअनुसार यदि श्रीमान श्रीमति एउटै सहर वा गाउँका छन् भने उनीहरुको सन्तान तुलनात्मक रुपले टाढा जन्मिएका आमाबाबुबाट जन्मने सन्ताभन्दा कम उचाईका हुन्छन् । यसको कारण जेनेटिक बताइएको छ । शोधका अनुसार अलग अलग क्षेत्रमा जन्मेका आमाबाबुको जीन्समा एकै सहरमा जन्मे जोडीको तुलनामा कम समानता हुने गर्दछ । पोलिस एकेडेमी अफ साइन्सेजका एन्थ्रोपोलजी विभागका दारियुज ड्यानलले यो शोध गरेका हुन् ।
उनका अनुसार जेनेटिक विविधताबाट बच्चाको शरीर अन्य बच्चाको तुलनामा बढी प्रभावी ढंगले काम गर्दछ । ‘लाइभ साइन्सेसमा प्रकाशित अध्ययनमा ड्यानलले यो प्रभाव बच्चामा ६ देखि १८ वर्षकाबीच विकास अवधिमा देखिने गर्दछ । शोधार्थीहरुका अनुसार कुनै बच्चाको उचाई उसको आमाबाबुको उचाई र सामाजिक, आर्थिक स्थितिमा निर्भर रहने गर्दछ । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out