समिलंगी आनिबानीले निर्देशक दंग !

लेस्बियन हुनु र देखिनु र फरक कुरा हुन् यद्यपी निशा अधिकारी र दिया मास्केले आफूलाई यो भूमिकामा खरो उतारेका छन् । ड्रेसअप, लुक्स र आनीबानीमा समेत काटीकुटी समिलंगी बनेका यी दुइ सुन्दरीको प्रशसा गरेर 'हिउँका फूलहरु' निर्देशक सुवर्ण थापा थाकेका छैनन् । लेस्बियन बनेका यी दुई अभिनेत्रीको अभिनय उनलाई यति मनपर्‍यो कि श्रृङ्खलाबद्ध रिटेकको आवश्यक नै परेन ।
'अभिनय हेर्दा त उनीहरु वास्तविक लेस्बियन जस्तै हुन कि जस्तो पो लाग्यो' शुक्रबार सुटिङबाट ब्रेक लिएका फ्रान्सेली आप्रवासी नेपाली निर्देशकले भने 'हामीले वर्कसपमा जसरी सिकाएका थियौं । त्यो कुरा प्रष्टरुपमा अभिनयमा देखापरेको छ । उनीहरु पात्रको जीवनको नजिक पुगेका छन् ।' अभिनयका लागि निशाले कपाल छोटाएर लेस्बियन लुक्स दिएकी छिन् ।
'मैले पात्रका लागि जुन व्यक्तिहरु छनौट गरेका थिएँ उनीहरुबाट म सन्तुष्ट छु' थापाले भने 'आवश्यकताले इच्छालाई जन्म दिन्छ भनेजस्तै मानव सभ्यताको धेरै पुरानो संवेदनालाई चित्रण गर्न निशा र दिया सक्षम भैरहेका छन् ।' नेपाली तेस्रोलिँगीहरुको संस्था ब्लु डायमन्ड सोसाइटीले पनि चलचित्र निर्माणमा सहयोग पुर्‍याउने बचन दिएपछि निर्देशकको खुशि चुलिएको छ । स्वयम सोसाइटी अध्यक्ष तथा सभासद सुनिलबाबु पन्त डेलिगेटरको भूमिकामा अभिनय गर्दैछन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out