यसरी फसे झलनाथ

काठमाडौँ । पद बचाउनका लागि चार चार पटक राजीनामा गर्ने घोषणा गरेका प्रधानमन्त्री झलनाथ खनालले अन्ततः बाध्य भएर राजीनामा दिएका छन्। राष्ट्रिय सहमतिका जस्तोसुकै त्याग गर्न तयार रहको बताउने गरे पनि खनालले सम्पूर्ण उपाय लगाएर पद बचाउने प्रयत्न गरेका थिए। तर उनले असफलता टार्न सकेनन्। प्रधानमन्त्री भएर बालुवाटार छिरेको एक हप्ता ननाघ्दै सत्ता उन्मादले अन्धो भएर एमालेका प्रभावशाली नेता केपी ओली र सचिव विष्णुप्रसाद पौडेललाई प्रधानमन्त्री निवास बालुवाटारको गेटबाटै अपमानपूर्वक फिर्ता पठाइदिँदा नै खनालले आफ्नो भाग्य फिर्ता पठाइदिएका थिए। खनाल प्रधानमन्त्री भएपछि उनीमाथि नियन्त्रण जमाउन माअेावादी अध्यक्ष प्रचण्ड, एमाले नेताद्वय केपी शर्मा ओली र वामदेव गौतमबीच त्रिकोणात्मक प्रतिस्पर्धा सुरु भयो।
पार्टीका तर्फबाट सरकारमा सहभागी हुन नाम सिफारिस समेत गरेका ओली खनालको सपथ ग्रहण समारोहमा प्रफुल्ल मुद्रामा उपस्थित भए। त्यसबखत खनालले ओलीसँग हात मिलाएर अंकमाल गरेको दृश्यले संचारमाध्यममा समेत ठाउँ पाएको थियो। तर खनाललाई नियन्त्रणमा लिन वामदेव गौतम सफल भए र ओलीलाई गेटबाटै फिर्ता पठाउन तथा मन्त्रीमण्डल विस्तारमा ओली नेपाल पक्षलाई नामेट पार्न गौतम सफल रहे। परिणाम नेपाल–ओली पक्ष चाहेर पनि खनाललाई सहयोग गर्न सक्ने अवस्थामा रहेन। 
सरकारलाई माधवकुमार नेपाल, केपी ओली र नेपाली कांग्रेसमाथिको प्रतिशोध साँध्ने मञ्चका रूपमा उपयोग गर्ने वामदेव गौतमको शैलीबाट खनाल असावधान रहन पुगे। खनाललाई पानीको लौरो ठान्दै गौतमले पार्टीभित्रका विरोधीहरूलाई त्यसै छाड्न नहुने भनी उक्साइरहे। खनाल निकट रहेका सहयोगीले समेत गौतमको आशयलाई बुझेर प्रधानमन्त्री खनाललाई गौतमको दायराबाहिर निकाल्न सकेनन्। खनाल निकट देखिएका सबै मन्त्री, सल्लाहकार र सरकारी नियुक्ति पाउन मरिहत्ते गर्न थाले। जसले गर्दा खनाल घेराबन्दीमा पर्दै गए र अन्ततः पार्टीका वरिष्ठ नेतासँग समेत उनको सम्बन्ध विच्छेद भयो।
पार्टी निर्णय अनुसार विष्णुप्रसाद पौडेललाई गृहमन्त्री तथा कृष्णप्रसाद सापकोटालाई स्थानीय विकास मन्त्री बनाएको भए पार्टीभित्रबाट खनाललाई सहयोग हुने सम्भावना थियो। तर दुई तिहाइको जोहो गर्ने सपना बुन्दा प्रधानमन्त्री खनाल एमालेकै शत्रु भई माओवादीको खेलौना बने।
एमालेका अन्य नेतालाई सम्मान दिएर उनीहरूमार्फत् नेपाली कांग्रेसलाई स–सम्मान सरकारमा सहभागी हुन आग्रह गरेको भए खनाल सरकार नै राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था थियो। यो अवस्थामा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने सत्तारुढ दलको प्रस्ताव अस्वीकार गर्दा नेपाली कांग्रेस आफै नैतिक रूपमा कजमोर हुन्थ्यो र सरकार पक्षमाथि आक्रमक हुने हैसियत राख्ने थिएन।
निवासमै भेट्न आएका नेता ओलीलाई प्रवेशद्वारबाटै फिर्ता पठाउनुको सट्टा आफ्नो सरकार एमालेकै भएको बोध गराएको भए यो सरकार टिकाउने जिम्मा ओली तथा नेपालको हुने थियो। तर गौतम जस्ता प्रतिशोधले जल्ने र प्रचण्ड जस्ता उपयोगितावादका पारंगत खेलाडीको काँधमा पर्दा खनाल सरकार नेपालको इतिहासमै राजा महेन्द्र र वीरेन्द्रले चुनाव गर्न गठन गर्ने नगेन्द्रप्रसाद रिजालको सरकारपछि सबैभन्दा कम आयुको बन्न पुगेको छ।
आमाले बच्चालाई २५ वर्षमा बल्लतल्ल पूर्ण बनाउँछिन् तर एउटी स्त्रीले एउटा लोग्नेलाई पाँच मिनेटमै बेवकुफ बनाउँछ भन्ने कथन ३० वर्ष लगाएर खनाललाई पूर्वशिक्षकबाट प्रधानमन्त्री बनाउने एमाले र प्रयोग गरेर फ्याँक्न धक नमान्ने माओवादीमा लागू भएको छ। सके एमाले निल्ने नसके विभाजित गराउने नियतका साथ माओवादीले आफूसँग हिमचिम बढाएको खनालले त्यतिबेला पत्तो पाए – जब २७ गते शान्ति प्रक्रियाका लागि ब्रेक थ्रु गर्ने प्रतिबद्धताबाट पछि हटेर माओवादी सक्कली अनुहारमा आयो।
एमालेको मुटुमा काँडाभन्दा घातक बनाएर उक्त पार्टी समाप्त पार्ने सम्भावना देखेर नै माओवादीले खनालमार्फत् लगानी गर्दै आएको थियो। तर प्रधानमन्त्री बनेपछि खनाल माओवादीका ताबेदारीमा प्रस्तुत हुन थालेपछि एमालेका नेता कार्यकर्ताहरूले साथ छोड्दै गए। खनालले उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल मध्ये एकलाई रोज्नु पर्दा पनि पार्टी विभाजन गर्ने खलनायक गौतमलाई रोजे। गौतमको काँध थपाइपछि पार्टीका हरेक कमिटीमा खनाल एकदमै कमजोर बन्दै गए। परिणामतः माओवादीले काँध थाप्नुको औचित्य देख्न छाड्यो अनि खनाल ढङ्ग्रङ्ग पछारिन पुगे।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out