चीनलाई गागाको चिन्ता

न्युयोर्क, भाद्र ११ - चीनले अमेरिकी गायिका लेडी गागा, बेयोन्से नावेल्स र केट पेरीलाई आफ्नो संस्कृतिका लागि खतरा मानेको छ, त्यसैले त्यहाँको संस्कृति मन्त्रालयले उनीहरूका गीत डाउन लोड साइटबाट हटाउन आदेश दिएको छ । चीनले खतरा मानेका गीतमा ब्याक स्टि्रट ब्वाइजका गीत पनि छन् ।
चिनियाँ संस्कृति मन्त्रालयका पदाधिकारीले शनिबार त्यस्ता सय गीतको सूची तयार पारेको छ, जसलाई चिनियाँ वेबसाइटले सेप्टेम्बर १५ यता हटाउनुपर्नेछ । अन्यथा ती वेबसाइटले सजाय भोग्नुपर्नेछ । सजाय कस्तो हुनेछ, त्योचाहिँ बताइएको छैन ।
'द एज अफ ग्लोरी' र 'ब्लोडी म्यारी' लगायत लेडी गागाको नयाँ एल्बमका ६ गीत चीनलाई मन परेको छैन । ब्याक स्टि्रट ब्वाइजको 'आई वान्ट इट ड्याट वे' दस वर्ष अगाडि रिलिज भएको गीत हो । तर यसमाथि चिनियाँ पदाधिकारीहरूको आँखा अहिले मात्र परेको छ ।
केही हङकङ र ताइवानी गीतलाई पनि चीनले आफ्नो संस्कृतिविरुद्ध खतरा मानेको छ । चिनियाँ सरकारले लामो समयदेखि आफ्नो राजनीतिक मान्यताभन्दा फरक विदेशी मनोरञ्जनका माध्यममाथि नियन्त्रण गर्दै आएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out